कर्मचारी आवश्यकता सम्वन्धी सूचना

Community Development Society (CDS)

Details / requirements:

कर्मचारी आवश्यकता सम्वन्धी सूचना 

दोश्रो पटक प्रकाशित मितिः २०८०।१२।०९ गते

सामुदायिक विकास समाज (CDS) विगत २२ वर्षदेखि जोखिममा परेका समुदायलाई विकासको मूलप्रवाहमा सहभागि हुन सक्षम बनाउन समुदायको सर्वाङ्गिण विकासका लागि सघाउने साथै उनीहरुको प्रतिस्पर्धी क्षमताको विकासका लागि जीविकोपार्जन, स्वास्थ्य तथा सरसफाई, वातावरण संरक्षण, विपद् जोखिम न्यूनिकरण शिक्षा, सामाजिक सुरक्षा तथा समावेशीकरण, समुदायमा आधारित संस्थाको सवलीकरण र संस्थागत दीगो विकासको क्षेत्रमा काम गर्दै आइरहेको छ । यसै सन्दर्भमा यस संस्थाले रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा Pharmaciens Sans Frontiers (PSF), Luxembourg  को आर्थिक सहयोगमा terre des hommes (tdh) Germany मार्फत महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजना  चौथो चरण २०२ अप्रिलदेखि २०२६ डिसेम्वरसम्म संचालनमा हुने भएकोले उक्त परियोजनाको लागि लक्षित समुदाय प्रति विशेष श्रद्धा र सम्मान गर्ने, मेहनती, उत्साही एवं लक्षित समुदायको सेवाका लागि प्रतिवद्ध तपशिल बमोजिम योग्यता तथा अनुभव भएका कर्मचारीहरु आवश्यक परेकाले यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

पदसंख्यामुख्य काम तथा जिम्मेवारीहरुशैक्षिक योग्यता तथा अनुभवतलव सुविधा

स्वास्थ्य कार्यकर्ता     (Health Person)

(निश्चित अवधीको करार)

१००% फिल्ड

  • समुदाय तथा विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्य, पोषण, सरसफाइ, खोप, मातृ शिशु सुरक्षा, आङ्ग (पाठेघर) खस्ने, स्नतपान, स्वच्छ तथा मर्यादित महिनावारी, महामारी, नसर्ने रोगहरु लगायत जनस्वास्थ्य साक्षरता सुधार गर्न छलफल, गोष्ठी, तालिमहरु संचालन एवम् सहजीकरण गर्ने । 
  • स्वास्थ्य तथा सरसफाइ सम्वन्धी छलफल, सचेतना एवं तालिमहरु संचालन गर्ने । 
  • सामुदायिक स्वास्थ्य समस्याहरु बारे सचेतना अभिवृद्धि, तिनको रोगथामका उपायहरु साथै उपलब्ध स्वास्थ्य सेवाहरुको बरेमा सचेतना जगाउने । 
  • विद्यालयमा मेडिकल डेस्क संचालन, प्राथमिक उपचार तालिम साथै तालिम प्राप्त विद्यार्थी र शिक्षकको क्षमता विकासमा सहयोग गर्ने ।  
  • स्वास्थ्य शिविरहरु संचालनका लागि आवश्यक सहयोग गर्ने । 
  • वडा, वडास्तरीय स्वास्थ्य संस्था, विद्यालय लगायत अन्य सरोकारवालाहरुसँग आवश्यक समन्वयन गर्ने ।
  • मान्यता प्राप्त शिक्षण संस्थावाट PCL Nursing उत्तिर्ण गरी नर्सिङ काउन्सिलमा दर्ता भएको वा Certificate in General Medicine or Health Assistant उत्तिर्ण गरी एनएचपीसीमा दर्ता भएको । 
  • ३ वर्षको कार्य अनुभव । 
  • MS अफिस प्याकेज सम्वन्धि राम्रो ज्ञान ।
  • संचार समन्वय कौशल ।
  • सवारी साधान (दुई पांग्रे) चलाउन सक्ने । 
संस्थाको नियम वमोजिम

आवेदन दिने प्रक्रिया 

  • ईच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुले आफ्नो आवेदनको साथमा नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी, अनुभव खुल्ने कागजातहरु र व्यक्तिगत विवरण (Bio-Data) सहित १५ चैत्र २०८० अर्थात (२८ मार्च २०२४) वेलुका ५:०० बजेसम्म संस्थाको कार्यालय मन्थली नपा–१, रेडक्रस मार्गमा रहेको कार्यालयमा वा इमेल मार्फत cdsvacancy@gmail.com मा पेश गर्न सकिनेछ । 
  • प्रारम्भिक छनौट सूचीमा परेका आवेदकलाई मात्र लिखित तथा मौखिक अन्तरवार्ताका लागि वोलाइनेछ । साथै लिखित र मौखिक अन्तरवार्ताको मिति, समय र स्थान बारे फोन तथा ईमेल मार्फत जनकारी गराइनेछ ।
  • रीतपूर्वक नआएको र तोकिएको समय भित्र प्राप्त हुन नआएको आवेदन स्विकृत गरिने छैन । साथै आवेदन स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार स्वयं संस्थालाई हुनेछ ।

सामुदायिक विकास समाज विविधता, समावेशिता र समानतामा विश्वास गर्ने भएकोले महिला, दलित, मधेशी तथा सीमान्तकृत आदिवासी जनजातिहरुलाई आवेदनका लागि उत्प्रेरित गर्न चाहान्छ ।

सामुदायिक विकास समाज

कर्मचारी छनौट समिति

मन्थली नगरपालिका–१, रेडक्रस मागर्, मन्थली

फोन नं ०४८–५४००५४

Overview

Category Development and Project, Development / NGO
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 22 Mar, 2024
Apply Before 28 Mar, 2024
City Ramechhap