| पद | पद संख्या | शैक्षिक योग्यता | आवश्यक अनुभव |
| लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक व्यवहार परिवर्तन अधिकृत (GESI & SBC Officer) | १ | लैङ्गिकता, मानविकि, समाजशास्त्रमा स्नातक वा सो सरह उत्र्तीण र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको क्षेत्रमा कम्तिमा ४ वर्ष अनुभव भएको | - कार्यक्रमहरूको लक्ष्य, उद्देश्य, सूचक एवं लक्षित उपलब्धि हासिलको लागि GESI मूलप्रवाहीकरण योजना तथा कार्यक्रम निर्माण सम्बन्धि अनुभव भएको,
- कार्यक्रमहरूको लक्ष्य, उद्देश्य, सूचक एवं लक्षित उपलब्धि बमोजिम तय गरिएको GESI Standalone and GESI Mainstreaming कार्यक्रमहरू कार्यान्वयन सम्बन्धि अनुभव भएको,
- भूमिहीन, साना, सिमान्तकृत तथा महिला कृषक लक्षित समुदायमा महासंघले सञ्चालन गरेको खाद्य तथा पोषण सुरक्षा, कृषक पाठशाला, अधिकारमा आधारित गतिविधिहरूको GESI योजना कार्यान्वयन गर्न टिमलाई प्राविधिक रुपमा सहयोग, सहजीकरण गर्न सक्ने क्षमता भएको,
- परियोजना टीमसँगको समन्वय एवं सहकार्य, प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको साथै GESI दृष्टिकोणबाट मूल्यांकन गर्न सक्ने सीप भएको,
- परियोजनाको लक्षित समुदाय, महासंघका कर्मचारी, संरचनाका पदाधिकारीको क्षमता अभिवृद्धि गर्न GESI सम्बन्धि तालिमहरूको विकास गर्ने र कार्यान्वयनमा सहजीकरण सीप भएको,
- क्षमता अभिवृद्धिमा GESI संवेदनशीलता समावेशको लागि आवश्यक पहल, गतिविधिहरूको सुनिश्चितता गर्न सक्ने महासंघका संस्थागत एवं परियोजनागत गतिविधिहरूमा GESI सिद्धान्तहरूलाई एकिकृत रुपमा समावेश गर्न सक्ने सीप भएको,
- पोषण, खाद्य तथा स्वास्थ्यसँग सम्बन्धित हानिकारक सामाजिक मूल्य मान्यता र अभ्यासका साथै लैंगिक विभेदको पहिचान गरि कार्यक्रमको लक्षित समुह तथा समुदायसँग संवाद, छलफल, पैरवी तथा रिफ्लेक्ट गर्ने ज्ञान तथा सीप भएको,
- GESI असमानतालाई विश्लेषण गर्ने र सीमान्तकृत समूहहरूको अर्थपूर्ण नेतृत्व, सहभागिता र अवसरको लागि स्थानीय सरकारसँग नीतिगत वकालत गर्ने,
- स्थानी सरोकारवाला (महिला, बालबिालका तथा ज्येष्ठ नागरिक , कृषि, स्वास्थ्य शाखा )हरूसँग समन्वय तथा सञ्चार गर्न सक्ने सीप भएको साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका गतिविधिहरू सञ्चालन गर्न सक्ने क्षमता भएको,
- हानिकार सामाजिक व्यवहार परिवर्तन सम्बन्धि विभिन्न सचेतनामूलक कार्य गर्न सक्ने, सूचना, सञ्चार समाग्रीको उत्पादन र उपयुक्त प्रयोग बारे मातहतका कर्मचारीहरूको क्षमता विकास गर्न सक्ने, • GESI Principles, Gender Marker, GESI Policy, Gender Responsive Budget, Gender Analysis मा ज्ञान भएको,
- समुदायको अवस्था र आवश्यकता अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको लागि नवप्रवद्र्धनको प्रयोग गर्न सक्ने,
- GESI, Safeguarding and Accountability मा संवेदनशीलता भएको,
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ४ वर्ष काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिईने ।
|
| क्लिनिकल सहयोग अधिकृत (Clinical Support Officer) | १ | नसिङ्ग विषयमा स्नातक तह उतिर्ण गरी कम्तिमा ३ वर्ष पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कार्य अनुभव भएको | - स्थानीय स्तरमा स्थानीय सरकारहरूको स्वास्थ्य चिकित्सा प्रणाली सम्बन्धि ज्ञान र अनुभव भएको,
- IMAM, CB-IMNCI, SBA, MNH Coaching सम्बन्धि ज्ञान भएको,
- Nutrition-Friendly Local Guidelines, Health Policy, Nutrition Policy, MSNP-III, GESI Policy मा रहेर नेपाल सरकारको स्वास्थ्य तथा पोषण सेवा संम्वन्धि प्रणालीगत व्यवस्थापनबारे जानकार रही आवश्यक सहकार्य तथा बहुक्षेत्रीय समन्वय गरी क्लिनिकल सहयोग गरेको अनुभव भएको,
- पोषण तथा स्वास्थ्य चिकित्सा सम्बन्धी विषयको तालिम, गोष्ठीहरूको तालिम मोड्युल, पाठ्यक्रम तथा सामग्री निर्माण गर्न र कार्यक्रमको सहजीकरण गर्न सक्ने सीप भएको,
- सामुदायिक स्वास्थ्य तथा पोषणमा सुधारमा आधारित गतिविधिहरूको विश्लेषण गर्ने एवं कार्यान्वयन गर्ने अनुभव भएको,
- भूमिहीन, साना, सिमान्तकृत समुदायमा सामाजिक परिचालन एवं पोषणसँग सम्बन्धित गतिविधिहरू संचालन गरेको अनुभव भएको,
- स्थानीय पालिकास्तरमा कृषि, स्वास्थ्य, सरसफाई, शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, वडा स्तरमा समन्वय समिति लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी पोषणको क्लिनिकल सेवाहरू सञ्चालन गर्न सक्ने क्षमता भएको,
- स्वास्थ्य, स्वच्छता एवं पोषणमा आधारित उत्पादनमा संलग्न रही, जीविकोपार्जनका कार्यक्रमहरू संचालनको ज्ञान र अनुभव भएको,
- पोषणका गतिविधिहरूको प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको,
- स्थानीय सरकारसँगको सहकार्यमा सघन रुपमा भूमिहीन, साना, सिमान्तकृत तथा महिला कृषक लक्षित गरी क्लिनिकल गतिविधि सेवाहरू सहजीकरण गर्ने ज्ञान र सीप भएको,
- अधिकारमा आधारीत अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुतामा सघन बुझाई र अनुभव भएको ।
- स्वास्थ्य प्रणाली सुदृढीकरणका बहु आयामिक पक्षहरुको बारेमा जानकारी तथा कार्य अनुभव भएको
- GESI, Safeguarding, Accountability and Health System मा संवेदनशील ज्ञान भएको,
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएकोलाई प्राथमिकता दिईने ।
|
फिल्ड अधिकृत (Field Officer) | ३ | जनस्वास्थ्य , नर्सिङ्ग, स्वास्थ्य सहायक, समाजशास्त्र, विषयमा प्रमाण पत्र तह, वा सो सरह उतिर्ण भई पोषण तथा मातृशिशु स्वास्थ्य वा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा कम्तिमा ३ वर्षको कार्य अनुभव भएको | - स्वास्थ्य संस्था तथा समुदायस्तरमा पोषण तथा मातृशिशु स्वास्थ्य सुधारमा आधारित पोषण विशेष तथा पोषण संवेदनशिल क्रियाकलापहरू सञ्चालनबारे अनुभव भएको,
- भूमिहीन, साना, सिमान्तकृत समुदायमा सामाजिक परिचालन एवं पोषणसँग सम्बन्धित गतिविधिहरू संचालन गरेको अनुभव भएको,
- स्थानीय पालिकास्तरमा कृषि, स्वास्थ्य, सरसफाई, शिक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, वडा स्तरमा समन्वय समिति लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी पोषणको गतिविधिहरू सञ्चालन गर्न सक्ने क्षमता भएको,
- स्थानीय सरकारसँगको सहकार्यमा सघन रुपमा भूमिहीन, साना, सिमान्तकृत तथा महिला कृषक लक्षित स्वच्छ उत्पादनसंग सम्बन्धित गतिविधि सहजीकरण गर्ने ज्ञान र सीप भएको,
- साना किसान लक्षित, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगसँग सम्बन्धित गतिविधि, जीविकोपार्जनका कार्यक्रमहरूमा सहजिकरण गर्ने ज्ञान र सीप भएको,
- स्थानीय उत्पादनमा सहजीकरण, विविधिकृत उत्पादन एवं उत्पादनको बजारीकरणको बारे सहजीकरण सीप भएको
- अधिकारमा आधारित अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य संप्रभुताबारे सघन बुझाई र अनुभव भएको,
- कृषक पाठशालामा आधारित कृषि प्रसार सम्बन्धी अनुभव भएको,
- स्थानीयस्तरमा सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक संजालको प्रभावकारी उपयोग साथै कृषि र स्वास्थ्य एप्सहरू (प्रविधि) प्रयोग गरि सहजीकरण गर्न सक्ने सीप भएको
- समदायस्तर सामदायिक संस्थाहरू, निजिी क्षेत्रहरूसँग समन्वय गरी स्रोत साझेदारीमा सहकार्य गर्ने क्षमता अनभव भएको,
- GESI Principles मा रहेर GESI Policy, NFLG Guideline, MSNP-III अनुसार पोषण कार्यक्रममा GESI लाई समावेश गर्ने अनुभव भएको,
- Event Report, Monthly Report तयार गर्ने र MEAL सँग समन्वय गरी गुणस्तरीय प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको,
- पोषणसँग सम्बन्धित गतिविधिहरुको प्रतिवेदन लेखन, घटना अध्ययन लेखन, प्रभाव मुल्यांकन सीप भएको,
- GESI, Safeguarding and Accountability मा संवेदनशीलता भएको,
- गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि सम्बन्धित जिम्मेवारीमा कम्तिमा ३ वर्ष काम गरेको अनुभव भएको ।
|
खरिद,लजिष्टिक तथा प्रशासन सहायक (Procurement, Logistic and Admin Assistant) | १ | व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र तह उतीर्ण वा सो सरह उर्तीण भई कम्तीमा १ वर्षको कार्य अनुभव | - खरिद, लजिष्टिक, लेखा व्यवस्थापन एवं प्रशासनमा कम्तिमा २ वर्ष अनुभव भएको,
- खरिद प्रकृया, कर व्यवस्थापन, बैंकिङ्ग कारोवार सम्बन्धि ज्ञान भएको,
- सानो नगदी कोष, खरिद प्रणाली तथा लेखा प्रणाली सम्बन्धि ज्ञान भएको,
- खरिद, लजिष्टिक, लेखाको दस्तावेजिकरण एवं प्रशासनिक गतिविधिहरूबारे ज्ञान भएको
- कार्यालयको फाइल, अभिलेख तथा दस्तावेजहरू व्यवस्थितमा ज्ञान भएको,
- बैठक, तालिम, गोष्ठी तथा कार्यक्रम सञ्चालनको व्यवस्थापन गर्न सक्ने
- खरिद, लजिस्टिक तथा प्रशासन सम्बन्धि प्रतिवेदन तयार गर्ने ज्ञान भएको ।
|