कर्मचारी आवश्यकता सम्बन्धि सूचना ।।।
प्रथम पटक प्रकासित मिति: २०८२ कार्तिक १२ गते
बहुउद्देश्यीय विकास समाज (MPDS) डडेल्धुरा २०५५ सालमा स्थापना भएको गैरसरकारी संस्था हो । यस संस्थाले विभिन्न दातृ निकायको सहयोगमा सुदुरपश्चिम प्रदेशका जिल्लाहरूमा स्वास्थ्य, शिक्षा, कृषि तथा जिविकोपार्जन, खाद्य तथा पोषण सुरक्षा, जलवायू परिर्वतन तथा अनुकुलन, विपत जोखिम न्यूनीकरण,सामाजिक परिचालन, आय आर्जन, सिप विकास, मानव अधिकार, जनवकालत, वाल अधिकार, महिला सशक्तीकरण, सुशासन, पारदर्शिता, पशु विकास, खानेपानी,सरसफाई तथा स्वच्छता (WASH), क्षमता विकास, मानवीय सहायता, राहत र प्रतिकार्य, पूर्वाधार विकास, HIV तथा टिबी रोकथाम, मलेरिया रोकथामको क्षेत्रमा काम गर्दै आएको छ ।
हाल UNICEF Nepal संगको साझेदारीमा यस संस्थाद्वारा सुदुरपश्चिम प्रदेशका डडेल्धुरा, दार्चुला, कैलाली, डाटी र बाजुरा जिल्लाका तपसिल बमोजिमका पालिकाहरुमा संचालन हुन गईरहेको Institutional Capacity Strengthening for Safe Schools and Climate Change Mitigation and Adaptation actions in schools का लागि तपसिलका कर्मचारीहरु आवश्यक भएकाले सूचना प्रकासित भएको मितिले १० दिन भित्र योग्यता पुगेका ईच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वानका लागि सूचना प्रकासित गरिन्छ ।
तपसिल
| १. पद | Comprehensive School Safety Lead Facilitator |
| पद संख्या | ४ (चार) डडेल्धुरा- १ जना, डोटी र वाजुरा-१ जना, कैलाली -१ जना र दार्चुला-१ जना |
| कार्यक्षेत्र | अजयमेरु गाउपालिका डडेल्धुरा, नौगाड गाउपालिका र महाकाली नगरपालिका दार्चुला, बडीकेदार र बोगटान गाउपालिका डोटी, खप्तड छेदेदह गाउपालिका बाजुरा, भजनी नगरपालिका, कैलारी तथा मोहन्याल गाउपालिका कैलालीका ९ स्थानीय तह अन्तरगत कार्यक्रम लागू भएका सामूदायिक बिद्यालयहरू । |
| न्यूनतम योग्यता, ज्ञान, सीप, कार्य अनुभव, र प्रतिवद्धता | - मान्यता प्राप्त शिक्षण संस्थावाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तिमा २ वर्षको सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको
- पालिकाको स्थानीय प्राथमिकता दिइनेछ ।
- स्थानीय सरकार तथा अन्य सरोकार निकायसंग समन्वय र सहकार्य गर्न सक्ने ।
- आफुले सम्पन्न गरेको क्रियाकलापहरूको प्रतिवेदन लेखन सीप भएको ।
- ईमेल,ईन्टरनेट सम्बन्धी आधारभूत ज्ञान भएको ।
- मुख्य जिम्मेवारी
- बृहत विद्यालय सुरक्षा र जलवायु परिवर्तन अनुकुलन सम्बन्धी शिक्षक तालिम संचालनको लागि आवश्यक सहयोग गर्ने ।
- सम्बन्धित पालिकाको शिक्षा युवा तथा खेलकुद शाखासंगको समन्वयमा शिक्षा कलष्टरको बैठक बसी कार्ययोजना बनाउन तथा अद्यावधिक गर्न सहयोग गर्ने ।
- पालिका र विद्यालयसंगको समन्वयमा विद्यालयस्तरीय इको क्लव गठन रपुर्नगठन गर्न सहजीकरण गर्ने ।
- बृहत विद्यालय सुरक्षा र जलवायु परिवर्तन अनुकुलन क्रियाकलाप प्रवर्धनको लागि इको क्लवको क्षकता बिकासको लागि कार्ययोजना बनाउन सहयोग गर्ने ।
- बालक देखि बालक, बालक देखि परिवार र बालक देखि समूदायको अवधारणामा इको क्लवको कार्ययोजना अनुरुपको परिचालन सुनिश्चित गर्ने ।
- विद्यालय स्तरीय जोखिम नक्सांकन गर्ने र पालिकासंग आवश्यक संचार, समन्वय गर्ने ।
- विपद तथा लैगिंक समावेशी फोकल शिक्षकसंगको समन्वयमा बृहत विद्यालय सुरक्षा सम्बन्धी शिक्षक, अभिभावक सचेतना सम्बन्धी कार्यक्रम गरी प्रतिवेदन पेश गर्ने ।
- Comprehensive School Safety Facilitator हरुलाई मासिक कार्ययोजना बनाउन सहजीकरण गर्ने ।
- बृहत विद्यालय सुरक्षा सम्बन्धी पालिकाका योजना तथा क्रियाकलापहरूमा सहभागी हुने ।
- प्रधानाध्यापकको पालिकास्तरीय बैठकमा सहभागी हुने तथा हरित विद्यालय प्रवर्धन सम्बन्धी छलफलमा आधारित कार्ययोजना निर्माण गर्न सहयोग गर्ने ।
- सम्बन्धित फोकल शिक्षकहरूसंग अन्तरक्रिया,समिक्षा बैठक संचालन गर्न पलिकलाई सहयोग गर्ने ।
- पालिकास्तरीय विपद जोखिम व्यवस्थापन योजना तथा विद्यालय सुधार योजना अध्यावधिक गर्न आवश्यक प्राबिधिक सहयोग गर्ने ।
- परियोजनाको योजना अनुसार परियोजन प्रबन्धकको योजना अनुसार आवश्यक काम गर्ने ।
- मासिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने र सोको आवधिक प्रतिबेदन पेश गर्ने ।
- विद्यालयस्तरमा भूकम्प तथा आगलागी सम्बन्धी ड्रिल तथा पूर्वतयारी अभ्यास संचालन गर्न सहयोग गर्ने ।
- विद्यालय सुरक्षा र विद्यालयमा जलबायु परिबर्तन अनुकुलन तथा न्यूनीकरणका अभ्यास लागि सस्थागत क्षमता विकास परियोजनासंग सम्बन्धित तथ्यांक , सूचना संकलन गर्न विद्यालय तथा पालिकासंग सम्पर्क तथा समन्वय गर्ने ।
|
| २. पद | Comprehensive School Safety Facilitator |
| पद संख्या | ७ जना (दार्चुला - १ जना , डोटी - २ जना, बाजुरा -१ जना, कैलाली - ३ जना) |
| कार्यक्षेत्र | अजयमेरु गाउपालिका डडेल्धुरा, नौगाड गाउपालिका र महाकाली नगरपालिका दार्चुला, बडीकेदार र बोगटान गाउपालिका डोटी, खप्तड छेदेदह गाउपालिका बाजुरा, भजनी नगरपालिका, कैलारी, मोहन्याल गाउपालिका कैलालीका ९ स्थानीय तह अन्तरगत कार्यक्रम लागू भएका सामूदायिक बिद्यालयहरु । |
| न्यूनतम योग्यता, ज्ञान, सीप, कार्य अनुभव, र प्रतिवद्धता | - मान्यता प्राप्त शिक्षण संस्थावाट प्रविणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी कम्तिमा १ वर्षको सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको
- स्थानीयलाई प्राथमिकता दिइनेछ ।
- स्थानीय सरकार तथा अन्य सरोकार निकायसंग समन्वय र सहकार्य गर्न सक्ने ।
- आफुले सम्पन्न गरेको क्रियाकलापहरुको प्रतिवेदन लेखन सीप भएको ।
- ईमेल, ईन्टरनेट सम्बन्धी आधारभुत ज्ञान सीप भएको ।
- दुई पांग्रे सवारी साधन चलाउन सक्नेलाई प्राथमिकता ।
|
| मुख्य जिम्मेवारी | - बृहत विद्यालय सुरक्षा र जलवायु परिवर्तन अनुकुलन सम्बन्धी शिक्षक तालिम संचालनको लागि आवश्यक सहयोग गर्ने ।
- सम्बन्धित पालिकाको शिक्षा युवा तथा खेलकुद शाखासंगको समन्वयमा शिक्षा कलष्टरको बैठक बसी कार्ययोजना बनाउन तथा अद्यावधिक गर्न सहयोग गर्ने ।
- पालिका र विद्यालयसंगको समन्वयमा विद्यालयस्तरीय इको क्लव गठन रपुर्नगठन गर्न सहजीकरण गर्ने ।
- बृहत विद्यालय सुरक्षा र जलवायु परिवर्तन अनुकुलन क्रियाकलाप प्रवर्धनको लागि इको क्लवको क्षकता बिकासको लागि कार्ययोजना बनाउन सहयोग गर्ने ।
- विद्यालयस्तरीय जोखिम नक्सांकन गर्ने, प्रअ तथा विद्यालयलाई सहजीकरण गर्ने ।
- विपद तथा लैगिंक समावेशी फोकल शिक्षकसंगको समन्वयमा बृहत विद्यालय सुरक्षा सम्बन्धी शिक्षक, अभिभावक सचेतना सम्बन्धी कार्यक्रम गरी प्रतिवेदन पेश गर्ने ।
- इको क्लवहरुको कार्ययोजना कार्यान्वयन गर्न सहजीकरण गर्ने ।
- बालक देखि बालक, बालक देखि परिवार र बालक देखि समूदायको अवधारणामा इको क्लवको कार्ययोजना अनुरुयपको परिचालन सुनिश्चित गर्ने ।
- आफ्नो मासिक कार्ययोजना बनाई कार्यक्रम व्यवस्थापकलाई पेश गर्ने ।
- मासिक प्रतिबेदन प्रमुख सहजकर्ता मार्फत कार्यक्रम व्यवस्थापकलाई पेश गर्ने ।
- बृहत विद्यालय सुरक्षा सम्बन्धी पालिका योजना तथा क्रियाकलापमा सहभागी हुने
- परियोजना प्रबन्धक तथा अधिकृतको योजना अनुसार आवश्यक सहयोग गर्ने ।
- विद्यालयस्तरमा भूकम्प तथा आगलागी सम्बन्धी ड्रिल तथा पूर्व तयारी अभ्यास संचालन गर्न सहयोग गर्ने ।
- विद्यालय सुरक्षा र विद्यालयमा जलबायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका अभ्यास लागि सस्थागत क्षमता विकास परियोजनासंग सम्बन्धित तथ्यांक संकलन गर्न विद्यालय तथा पालिकासंग सम्पर्क तथा सूचना आदान प्रदान गर्ने ।
|
कार्यअवधि: ८ महिना
पारिश्रमिक: परियोजनाको नियमानुसार
आवश्यक कागजपत्रहरु: निवदेन सहितको वैयक्तिक विवरण (Updated CV), नेपाली नागरिकताको प्रतिलिपी, शैक्षिक योग्यता र कार्य अनुभवको प्रतिलिपीहरू
दरखास्त पेश गर्ने तरिकाः
तोकिएको मापदण्ड पुगेका ईच्छुक आवेदकहरूलाई निवेदन र वायोडाटा सहित आवश्यक कागजपत्रहरू मिति २०८२ कार्तिक २१ गतेसम्म संस्थाको ईमेल vacancy.mpds2020@gmail.com मा पठाउन हुन अनुरोध गरिन्छ । योग्यता पुगेका सिमान्तकृत तथा लक्षित समुदायका व्यक्ति, दलित,जनजाति,महिला तथा एच.आई भि संक्रमितलाई विशेष प्राथमिकता दिइनेछ । छोटोसूचीमा सफल भएका आवेदकहरूलाई मात्र अर्को प्रक्रियाको लागि सूचना गरिनेछ ।
कर्मचारी पदपूर्ति समिति
डडेल्धुरा