कर्मचारी आवश्यकता

Sirjanshil Sanstha Nepal (Creative Institute Nepal ) CIN

Sirjanshil Sanstha Nepal ( Creative Institute Nepal ( CIN ) is a women lead, feminist organization founded in 1998. With its central office located in Tilottama-7, Rupandehi and a contact office in Tarkeshwor-5, Kathmandu, CIN focused on supporting homeless children, adolescents and women in Lumbini province, particularly in the Rupandehi district. The organization works extensively in areas such a gender-based violence, child protection, environmental conservation, and economic empowerment . Additionally, CIN is actively involved in promoting women's health and sexual reproductive health and rights (SRHR).

Details / requirements:

रोजगारीको अवसर (Vacancy Announcement)

प्रकाशन मिति: २० नोभेम्बर २०२६

सिर्जनशील संस्था नेपाल (Creative Institute Nepal – CIN)

रोजगारीको अवसर

सिर्जनशील संस्था नेपाल (CIN) महिला, बालबालिका, किशोरी तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, लैङ्गिक समानता, सामाजिक न्याय, जीविकोपार्जन प्रवर्द्धन तथा सामुदायिक विकासका क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्था हो। संस्थाले स्थानीय समुदाय, सरकारी निकाय तथा सरोकारवालासँग समन्वय र सहकार्य गर्दै समुदायको क्षमता विकास, आर्थिक सशक्तीकरण तथा दिगो विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसै सन्दर्भमा संस्थाद्वारा सञ्चालित परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न देहायका पदहरूमा योग्य, दक्ष, अनुभवी तथा प्रतिबद्ध नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ।

Name of the project: Humanitarian Inclusion, Equity and Community Driven Response (SECURE)

१. समुदायीक सहजकर्ता (Community Facilitators) – ४ जना

कार्यस्थल: रसुवा/नुवाकोट (३ जना) र रुपन्देही (१ जना )

मुख्य जिम्मेवारी तथा कार्यविवरण:

  • परियोजना सञ्चालन हुने समुदायमा घरधुरी तथा समुदायस्तरमा पुगेर कार्यक्रम सम्बन्धी जानकारी तथा सचेतना अभिवृद्धि गर्ने।
  • स्थानीय समुदायका समूह, महिला समूह, युवा समूह, कृषक समूह तथा अन्य सरोकारवालाहरूको पहिचान, गठन, परिचालन र सुदृढीकरण गर्ने।
  • संकट व्यवस्थापन (Crisis Management) सम्बन्धी गतिविधिमा सहजीकरण गर्ने तथा संकटमा परेका व्यक्ति र परिवारको पहिचान गरी आवश्यक सहयोग तथा सेवाका लागि सम्बन्धित निकायमा समन्वय र रेफरल गर्ने।
  • समुदायको आवश्यकता, समस्या तथा जोखिमको पहिचान गरी समाधानका लागि स्थानीय तह तथा सरोकारवालासँग समन्वय गर्ने।
  • समुदाय परिचालन, बैठक, छलफल, अभिमुखीकरण तथा तालिम सञ्चालनमा सहजीकरण गर्ने।
  • महिला, किशोरी, युवा तथा जोखिममा रहेका समुदायको सहभागिता र नेतृत्व विकासमा सहयोग गर्ने।
  • कार्यक्रमका गतिविधि, उपलब्धि तथा चुनौतीहरूको अभिलेख राख्ने र नियमित प्रतिवेदन तयार गर्ने।

आवश्यक योग्यता तथा अनुभव:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा कक्षा १२ (+2) उत्तीर्ण गरेको हुनुपर्ने।
  • सामाजिक परिचालन, सामुदायिक विकास वा सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने।
  • स्थानीय समुदाय, स्थानीय भाषा तथा सामाजिक-सांस्कृतिक परिवेशको राम्रो ज्ञान भएको हुनुपर्ने।
  • संकट व्यवस्थापन, समूह परिचालन तथा समुदायसँग समन्वय गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
  • स्थानीय भाषा बोल्न तथा बुझ्न सक्ने उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
  • सम्बन्धित कार्यक्षेत्रका स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
  • प्रतिवेदन लेखन, सञ्चार तथा समन्वय सीप भएको हुनुपर्ने।

२. जीविकोपार्जन विकास अधिकृत (Livelihood Development Officer) – १ जना

कार्यस्थल: रसुवा/नुवाकोट

मुख्य जिम्मेवारी तथा कार्यविवरण:

  • परियोजना अन्तर्गत जीविकोपार्जन तथा आयआर्जन सम्बन्धी कार्यक्रमहरूको योजना, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन गर्ने।
  • समुदायको आर्थिक अवस्था, आवश्यकता, सम्भावना तथा बजार अवसरहरूको पहिचान गरी उपयुक्त लघु उद्यम (Micro-enterprise) विकासका योजना तयार गर्ने।
  • स्थानीय स्रोतसाधन तथा बजारको सम्भाव्यताका आधारमा उद्यमशीलता र स्वरोजगार प्रवर्द्धन गर्ने।
  • लाभग्राही तथा समूहहरूलाई व्यवसाय योजना, उद्यम विकास, वित्तीय साक्षरता (Financial Literacy) र आर्थिक व्यवस्थापनसम्बन्धी तालिम प्रदान गर्ने।
  • लघु उद्यम स्थापना, सञ्चालन तथा विस्तारका लागि आवश्यक प्राविधिक सहयोग र परामर्श प्रदान गर्ने।
  • समुदायको आवश्यकता र सम्भावनाका आधारमा जीविकोपार्जन विकास योजना (Livelihood Development Plan) तयार तथा कार्यान्वयन गर्ने।
  • स्थानीय सरकार, वित्तीय संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्ने।
  • कार्यक्रमको प्रगति, उपलब्धि तथा सिकाइसम्बन्धी प्रतिवेदन तयार गर्ने।

आवश्यक योग्यता तथा अनुभव:

  • मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन, अर्थशास्त्र, कृषि, उद्यम विकास, ग्रामीण विकास वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने।
  • लघु उद्यम विकास (Micro-enterprise Development), जीविकोपार्जन विकास तथा योजना निर्माणसम्बन्धी क्षेत्रमा कम्तीमा ३ वर्षको कार्य अनुभव भएको हुनुपर्ने।
  • वित्तीय साक्षरता, व्यवसाय व्यवस्थापन तथा जीविकोपार्जन व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
  • व्यवसाय योजना निर्माण, उद्यमशीलता विकास तथा बजार विश्लेषणसम्बन्धी ज्ञान भएको हुनुपर्ने।
  • तालिम सहजीकरण, समुदाय परिचालन तथा प्रतिवेदन लेखनमा दक्षता भएको हुनुपर्ने।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालासँग समन्वय गरी काम गर्न सक्ने क्षमता भएको हुनुपर्ने।

३. लेखा सहायक (Finance/Account Assistant) – १ जना

कार्यस्थल: रसुवा/नुवाकोट

मुख्य जिम्मेवारी तथा कार्यविवरण:

  • परियोजनासम्बन्धी दैनिक आर्थिक कारोबारको अभिलेख तथा लेखा व्यवस्थापन गर्ने।
  • भौचर, बिल, भरपाई, भुक्तानी विवरण तथा अन्य आर्थिक कागजातहरू व्यवस्थित रूपमा राख्ने।
  • आम्दानी तथा खर्चको विवरण तयार गर्ने र नियमित रूपमा अद्यावधिक गर्ने।
  • बैंक कारोबार, बैंक मिलान (Bank Reconciliation) तथा नगद व्यवस्थापनमा सहयोग गर्ने।
  • बजेटअनुसार खर्च भए/नभएको अभिलेख तथा अनुगमन गर्ने।
  • आर्थिक प्रतिवेदन तथा आवश्यक वित्तीय कागजात तयार गर्न सहयोग गर्ने।
  • संस्थाको आर्थिक नीति, प्रचलित लेखा प्रणाली तथा सम्बन्धित कानुनी प्रावधानअनुसार कार्य गर्ने।

आवश्यक योग्यता तथा अनुभव:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन संकायमा BBS वा BBA उत्तीर्ण गरेको हुनुपर्ने।
  • लेखा व्यवस्थापन, बहीखाता (Bookkeeping) तथा आर्थिक अभिलेख राख्न सक्ने ज्ञान भएको हुनुपर्ने।
  • सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
  • कम्प्युटर, विशेषगरी MS Excel तथा लेखा व्यवस्थापनसम्बन्धी सफ्टवेयरको ज्ञान भएको हुनुपर्ने।
  • आर्थिक कागजात व्यवस्थापन, तथ्याङ्क अभिलेखीकरण तथा प्रतिवेदन तयार गर्न सक्ने क्षमता भएको हुनुपर्ने।
  • इमानदार, जिम्मेवार, मेहनती तथा गोपनीयता कायम राख्न सक्ने हुनुपर्ने।

आवेदन प्रक्रिया (Application Process)

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले निम्न कागजातहरू संलग्न गरी आवेदन दिनुहुन अनुरोध गरिन्छ।

१. Updated CV

२. पदका लागि आवेदन दिनुको उद्देश्य तथा आफ्नो योग्यता र अनुभव उल्लेख गरिएको आवरण पत्र (Cover Letter)।

आवेदन दिने अन्तिम मिति: ३० डिसेम्बर २०२६, कार्यालय समयभित्र।

आवेदन पठाउने इमेल: cinbutwal@gmail.com

सम्पर्क संस्था: सिर्जनशील संस्था नेपाल (Creative Institute Nepal – CIN)

छनोट प्रक्रिया (Selection Process)

  • प्राप्त आवेदन मध्ये आवश्यक योग्यता तथा अनुभव पुगेका उम्मेदवारहरूलाई प्रारम्भिक छनोट गरिनेछ।
  • प्रारम्भिक छनोटमा परेका उम्मेदवारहरूलाई अन्तर्वार्ता वा आवश्यकताअनुसार अन्य छनोट प्रक्रियामा सहभागी गराइनेछ।
  • अपूर्ण आवेदन तथा तोकिएको म्यादपछि प्राप्त आवेदनमाथि विचार गरिने छैन।
  • संस्थाले कुनै पनि आवेदन स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ।

LINK: Notice in English

Overview

Category Agriculture, Development Project, Economics, Business Administration, Management
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Nov, 2026
Apply Before 19 Dec, 2026
City Rasuwa, Rupandehi, Nuwakot