कर्मचारी आवश्यकता

Social Rise Help Centre

Details / requirements:

समाज उत्थान सहयोग केन्द्र देवीनगर, पाल्पा, नेपाल

प्रस्तावित “पूर्वखोला आपूर्ती शृङखला परियोजना” का लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशन मितिः २०८३।०८।०१

पूर्वखोला गाउँपालिका तथा हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक सहयेग र यस समाज उत्थान सहयोग केन्द्र देवीनगर, पाल्पाको सहजीकरणमा पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा  सञ्चालन हुने “पूर्वखोला आपूर्ती शृङखला परियोजना” का लागि तपसिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरणः

क) पदः परियोजना संयोजक

पद संख्याः १ (एक) जना

न्युनतम योग्यता र कार्य अनुभवः

  • कृषि तथा समाजशास्त्र विषयमा स्नातक तह उतिर्ण गरी कम्तीमा २ वर्ष कृषि, सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा काम गरेको अनुभव भएको ।
  • प्रस्तावना तथा प्रतिवेदन तयार, योजना तथा बजेट निर्माण सम्बन्धि अनुभव भएको ।
  • परियोजना कार्यान्वयन, अनुगमन तथा मुल्याकंनको अनुभव, ज्ञान र सीप भएको ।
  • साना किसान सवलिकरण तथा उद्यमशिलता साझेदारी कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • कर्मचारी व्यवस्थापन तथा परिचालन, तालिम व्यवस्थापन र सहजिकरण, सम्वन्धी ज्ञान, सीप भएको ।
  • कृषि तथा पशु वस्तुमा आधारित व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा यूवाहरुको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • व्यवसायिक योजना निर्माण सम्बन्धि सीप र अनुभव भएको ।
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र भरपर्दो बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • कृषि बजार प्रणालीमा सलग्न सरोकारवाल पक्षहरुको समन्वय तथा सहजिकरण गर्ने ।
  • कृषि बजारको सम्भाव्यता, अवसर, चुनौती तथा बजारको माग सम्बन्धी अध्ययन र विश्लेषण गर्ने ।
  • स्थानीय सरकार र अन्य सरोकारवालासंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • कम्प्युटर (micro-soft word, excel, power point, internet) सम्वन्धी दक्षता भएको ।

ख) पदः लेखापाल (Accountant)

पद संख्याः १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभवः

  • वाणिज्य शास्त्रमा स्नातक तह उत्तिर्ण गरी कम्तीमा २ वर्षको कार्यानुभव  भएको वा वाणिज्य शास्त्रमा प्रमाण पत्र तह उत्तिर्ण गरी कम्तीमा ३ वर्षको कार्यानुभव  भएको ।
  • लेखाका आधारभूत सिद्धान्तको विषयमा दक्षता भएको ।
  • कम्प्युटर सम्बन्धी दक्षता भएको र लेखा सफ्टवेयर सम्बन्धी ज्ञान तथा सञ्चालन अनुभव भएको ।
  • लेखा प्रतिबेदन तयारी, तथ्याङ्क बिश्लेषण, बजेट निर्माण सम्बन्धी ज्ञान भएको ।
  • स्थानीय सरकारको लेखा प्रणाली, बजेट निकासा तथा फस्र्याैट र सार्वजनिक खरीद प्रक्रिया सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
  • स्थानीय सरकार तथा अन्य सरोकारवालाहरूसंग समन्वय र सहकार्य गरी कार्य गर्न सक्ने ।
  • नियमित तथा आवश्यकता अनुसार परियोजना कार्यक्षेत्र भ्रमण गर्नुपर्नेछ ।
  • दुई पाङ्ग्रे सवारी साधन चालक अनुमति पत्र भएको र कम्तीमा ३० प्रतिशत समयावधि परियोजना क्षेत्रमा दिन सक्ने ।
  • सहकारीको व्यवसायीक योजना निर्माण तथा लेखा प्रणाली सम्बन्धी सहजीकरण गर्न सक्ने सीप भएको ।

ग) पदः कृषि/पशु प्राबिधिक (Agri/Vet technician)

पद संख्याः १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभवः

  • कृषि/पशु विषयमा १०+२ उत्तिर्ण गरी कम्तीमा २ वर्ष सामुदायिक विकासमा कृषि तथा  पशु उपज मुल्य श्रृंखलामा काम गरेको अनुभव भएको ।
  • कृषि तथा पशुको उत्पादन र उत्पादकत्व वृद्धिका साथै बजारीकरणमा प्राविधिक तथा सिर्जनात्मक दक्षता भएको ।
  • कृषक व्यवशाय पाठशाला सञ्चालन गरि तरकारी तथा फलफूल बगैचा सम्वन्धि ज्ञान भएको ।
  • साना किसान सवलिकरण तथा उद्यमशिलता कार्यक्रम सम्बन्धि ज्ञान, सीप र अनुभव भएको ।
  • व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र भरपर्दो बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • उद्यमीहरूको व्यवसायिक योजना निर्माण सम्बन्धी सीप र अनुभव भएको ।
  • दुई पाङ्ग्रे सवारी तथा साधन चालक अनुमति पत्र भएको र परियोजना क्षेत्रमा रहि काम गर्नु पर्नेछ ।

घ) पदः बजार सहजकर्ता

पद संख्याः १ (एक) जना

न्युनतम योग्यताः

  • १०+२ वा सो सरह उत्तिर्ण गरी सामुदायिक विकास तथा बाख्रा, दुध, र तरकारीको मुल्य श्रंखलामा कम्तीमा ३ वर्षको कार्यानुभव भएको । ।
  • स्थानीय सरकार, निजी क्षेत्र, सहकारी तथा साझेदारहरुसँग समन्वय गर्ने ।
  • बजार मूल्य, माग र आपूर्ती सम्बन्धी सूचना कृषक तथा सहकारी सम्म पुरयाउने ।
  • कृषि उपज सकलन तथा प्रशोधन केन्द्रको व्यवसाय सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने ।
  • तालिम सहजीकरण र व्यवस्थापन सम्वन्धि अनुभव तथा ज्ञान सीप भएको ।
  • व्यवसाय तथा उद्यमशिलता विकासमा महिला तथा युवाहरूको सहभागिता र सामाजिक परिचालनमा विशेष दक्षता भएको ।
  • सहकारी, साना किसानहरूका लागि निष्पक्ष र सुधारिएको बजार अवसरहरू प्रदान गर्ने दिगो बजार सम्बन्ध र व्यापार साझेदारीको विकासलाई सहजीकरण गर्ने ।
  • कृषि तथा पशु उद्यमशिलता विकासको माध्यमबाट आयआर्जन गर्न समुदायलाई उत्प्रेरीत गर्न सक्ने भई तोकिएको वडाकार्यालय तथा गाउँपालिकासँग समन्वय गरी कार्य गर्न सक्ने

वाञ्छनीय योग्यताः सबै पदहरूका लागि दुई पाङ्ग्रे सवारी साधन तथा चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ

आवश्यक कागजातहरू

  • पासपोर्ट साईजको फोटो, निवेदन, व्यक्तिगत विवरण (Bio-Data) र शैक्षिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपी ।
  • उल्लेखित कागजात सहितको इच्छुक आवेदकहरूले आफ्नो आवेदन पत्र बुझाउँदा स्व घोषणपत्र र अपेक्षित तलब सहितको आवेदन पत्र समावेश गर्नुपर्नेछ । आवेदन तोकिएको समयभित्र इमेल मार्फत पनि पठाउन सकिनेछ ।

नोटः प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्यादनाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

समाज उत्थान सहयोग केन्द्र, देवीनगर, पाल्पा

पूर्वखोला - ४,  देवीनगर, पाल्पा

ईमेलः srhcnepal@gmail.com

फोन नंः 9847028013, 9857060170

Overview

Category Agriculture + Livestock, Accounting and Finance, Development Project
Openings 4
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 17 Nov, 2026
Apply Before 21 Nov, 2026
City Palpa