कर्मचारी आवश्यकता
Details / requirements:
कर्मचारी आवश्यकता
प्रकाशित मितिः २०८२/२१/०१
रातौली युवा क्लब (RYC) –
रातौली युवा क्लब (RYC), महोत्तरीमा २०४७ वि.सं. मा स्थापित, एक मुनाफारहित गैरसरकारी संस्था हो। यो संस्था मधेश प्रदेशका ग्रामीण युवाहरूको सशक्तिकरणमार्फत समग्र समुदाय विकासमा योगदान पुर्याउने उद्देश्यले काम गर्दै आएको छ। आत्मनिर्भरता, आपसी सहयोग, र सामाजिक उत्तरदायित्वमा आधारित यसले स्थानीय प्रतिभा परिचालन गरी आर्थिक, सामाजिक, सांस्कृतिक, र भौतिक विकास प्रवर्द्धन गर्दछ। संस्थाले दलित, जनजाति, महिला, मुस्लिम, बालबालिका, अपाङ्गता भएका ब्यक्ति र विपन्न समुदायका लागि मानवअधिकार, शिक्षा, स्वास्थ्य, खानेपानी, र जीविकोपार्जन सुधारमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले सामाजिक विकृति, भेदभाव, अज्ञानता, अस्वस्थता, र वातावरणीय समस्या हटाउँदै सहभागी र लोकतान्त्रिक प्रक्रियाबाट विकासलाई प्रवर्द्धन गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याउदै आएको छ।
FCA सँगको साझेदारीमा, RYC ले “युवा तथा सामाजिक रूपमा पिछडिएका समुदायका लागि आर्थिक अवसर सुदृढीकरण र दिगो उद्यम विकास” परियोजना महोत्तरी र धनुषा जिल्लामा कार्यान्वयन गर्दैछ। यस परियोजना अन्तरगत एक जना प्रशासन र वित्त अधिकृत पदको कर्मचारी आवश्यक भएकोले इच्छुक तपशिल्को योग्यता पुगेका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन पेश गर्नु हुन सुचित गर्दछौं।
१. विज्ञापन सम्बन्धी विवरण
विज्ञापन नं १२-२०८२/०८३
पदः प्रशासन र वित्त अधिकृत
संख्याः १ जना
स्थानः जनकपुरधाम ७ जिरेमाइल,धनुषा
२. प्रमुख जिम्मेवारीहरू
१. दैनिक वित्तीय लेनदेन (रसिद, भुक्तानी, भत्ता, petty cash) व्यवस्थापन र नियमित अभिलेख अद्यावधिक गर्नु र संस्थागत नीति र दाता मापदण्डअनुसार सही र अद्यावधिक लेखा अभिलेख राख्नु।
२. भौचर, वित्तीय विवरण तयार पार्नु र मासिक बैंक/क्यास मिलान गर्नु, बजेट तयारी, खर्च निगरानी, वित्तीय रिपोर्टिङ, र कोष अनुरोधमा सहयोग गर्नु।
३. आन्तरिक र बाह्य अडिटका लागि कागजात तयार र समन्वय गर्नु।
४. कर, PAN/VAT, र अन्य कानुनी आवश्यकतासँग सम्बन्धित अनुपालन सुनिश्चित गर्नु।
५. वित्तीय प्रणाली, आन्तरिक नियन्त्रण, र रिपोर्टिङ प्रक्रिया सुदृढ गर्नु।
६. RYC कार्यक्रम समन्वयक र FCA फोकल पर्सनसँग समन्वय गर्दै वित्तीय रिपोर्ट समयमै पेश गर्नु र बजेटको प्रभावकारी कार्यान्वयनमा योगदान पुर्याउनु।
७. दैनिक प्रशासनिक सञ्चालन व्यवस्थापन, फाइल, कर्मचारी अभिलेख, सम्पत्ति, र सूची अद्यावधिक गर्नु।
८. खरीद प्रक्रिया (PR, कोटेशन, तुलनात्मक विवरण, PO, सम्झौता) पारदर्शी ढंगले गर्नुका साथै HR प्रक्रियामा सहयोग गर्नु, जस्तै: भर्ती, विदा व्यवस्थापन, HR कागजात आदि।
९. तालिम, बैठक र अन्य कार्यक्रमहरूको आयोजना र व्यवस्थापन: स्थल, आवास, कार्यक्रम टोलीसँग समन्वय गर्दै फील्ड अनुगमन, सुधार सुझाव र रिपोर्ट तयार गर्नु।
१०. कार्यक्रम लागत व्यवस्थापन र वित्तीय प्रक्रिया: लागत अनुमान तयार पार्न, स्वीकृति र खरीद प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न, कार्यक्रमपछि बिल, प्रमाणित र अभिलेख राख्ने जिम्मेवारी।
३. आवश्यक योग्यता, अनुभव तथा दक्षता
शैक्षिक योग्यता: मान्यता प्राप्त शिक्षण संस्थाबाट वित्त (Finance), लेखा (Accounts), व्यवस्थापन (Management) वा सो सरहको विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको।
कार्य अनुभव: लेखा, वित्त, प्रशासन तथा खरिद-आपूर्ति व्यवस्थापन (Procurement) को क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएको (गैर-सरकारी संस्थामा कार्य गरेकोलाई प्राथमिकता दिइनेछ)।
प्राविधिक ज्ञान: प्रचलित लेखा प्रणाली, वित्तीय प्रतिवेदन (Financial Reporting), नेपालको कर नियम (Taxation) तथा कानुनी प्रावधानहरूको गहिरो ज्ञान भएको।
तालिम तथा कार्यक्रम व्यवस्थापन: विभिन्न तालिम, गोष्ठी तथा परियोजनाका कार्यक्रमहरूका लागि आवश्यक लजिस्टिक तथा प्रशासनिक व्यवस्थापनमा अनुभव भएको।
कम्प्युटर दक्षता: MS Office (विशेषगरी Excel मा सूत्रहरूको प्रयोग), PowerPoint र लेखा सफ्टवेयर (FAMAS वा सो सरह) चलाउन पूर्ण रूपमा दक्ष।
सञ्चार तथा समन्वय सीप: सहकर्मी, साझेदार संस्था, सरकारी निकाय र सेवा प्रदायकहरूसँग प्रभावकारी रूपमा लिखित तथा मौखिक सञ्चार र समन्वय गर्न सक्ने क्षमता भएको।
प्रतिवेदन तथा बजेटिङ: बजेट निर्माण, बजेट ट्र्याकिङ (Budget Tracking) र वित्तीय विश्लेषण गर्न सक्ने तथा नेपाली र अंग्रेजी दुवै भाषामा स्तरीय प्रतिवेदन तयार पार्न सक्ने।
दस्तावेजीकरण: संस्थागत विकास, क्षमता अभिवृद्धि र वित्तीय विवरणहरूको उचित एवं सुरक्षित दस्तावेजीकरण (Documentation) गर्ने सीप भएको।
दरखास्त बुझाउने प्रावधान
दरखास्त दिने अन्तिम मितिः २०८२।११।८ गते साँझ ५։०० बजे सम्म ।
आवेदनका लागि संस्थाको यस लिंकमा क्लिक गर्नु होला M https://forms.gle/5DgEJYm538Q9Yhxi6
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, मधेशी, सिमान्तकृत, यौनिक अल्पसंख्यक आवेदकहरूलाई प्राथमिकता दिइनेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत։ अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
Overview
| Category | Development Project, Development / NGO |
| Openings | 1 |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 14 Feb, 2026 |
| Apply Before | 22 Feb, 2026 |
| City | Janakpur |