कर्मचारी आवश्यक सम्बन्धी सूचना

Society For Environment Education Development(SEED)

Details / requirements:

समाजमा वातावरणीय शिक्षाको विकास (सीड) तुलसीपुर ६, दाङ्ग

विवरण/आवश्यक्ताः

रोजगारीको सूचनाः

प्रथम प्रकाशित मितिः १५ गते भदौ २०८३ देखि २९ गते भदौ २०८३ सम्म

यस समाजमा वातावरणीय शिक्षाको विकास (सीड) संस्था वि.स. २०५८ सालमा स्थापना देखि दाङ्ग जिल्लामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारका क्षेत्रमा निरन्तर क्रियाशिल एक नाफारहित सामाजिक संस्था हो । यस संस्थाले विशेषतः महिला तथा बालबालिका, सीमान्तकृत समुदाय, कृषि कर्म गर्ने किसान, बेरोजगार यूवा तथा किशोर किशोरी, अपांगतावर्ग, राज्य र समाजवाट पछाडिपारिएका एवं सामाजिक वहिष्करणमा परेका वर्ग र समुदायहरूसंग मिलेर उनिहरूको आर्थिक तथा सामाजिक सशक्तिकरण, क्षमता विकास, वातावरण संरक्षण, दैवीप्रकोप व्यवस्थापन, गुणस्तरीय शिक्षा, स्वास्थ्य, दिगो कृषि पर्यावरणीयको विकासद्धारा जीवीकोपार्जन र उद्यमशिलताको क्षेत्रमा निरन्तर रुपमा काम गर्दै आएको छ । 

सीड संस्था र डि.के.ए.अष्ट्रिेरीयाको विकास साझेदारीमा हुने आर्थिक तथा प्राविधिक सहयोगमा दाङ्ग जिल्लामा सन् २०२६/०२७ देखि सन् २०३० सम्म कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने योजना रहेको छ । यस कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा तथा कृषि बगैचा कार्यको अभ्यास र सिकाई सुनिश्चित हरीयाली हराभरा वातावरण परियोजना सञ्चालन गर्ने जमार्को गरेको छ । यसका लागि सीड संस्थाले सक्षम, प्रतिवद्ध, क्षमतावान र परिणाम नतिजामुखी योग्य नेपाली नागरिकहरूवाट विभिन्न पदहरूमा आवेदन आह्वान गरेको छ । 

यो परियोजनाले विद्यालयको समग्र सुधार योजनामा, बाबालिका संरक्षण नीति र विद्यालय बगैचा, वृक्षारोपन समावेश गर्न र व्यवहारिक कार्यान्वयन गर्न र गराउँन विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब, अभिभावकहरू, जीवनोपयोगी प्राविधिक सीप तथा किशोरा किशोरी यौन तथा प्रजनन स्वास्थ्य लगायतका सम्वन्धित विषयवस्तुहरू समेटेका हुनेछन् । ताकि आफ्नो भूमिका, जिम्मेवारी र कर्तव्य स्वयं आफै बुझेर निरनतर रुपमा स्वचालित भएर काम गर्न समक्ष हुने छन भन्ने विश्वास गरिएको छ ।

पदहरू:

१. कार्यक्रम सह–संयोजक

२. बजारीकरण तथा सहकारी विकास प्रवद्र्धन

३. कृषि प्राविधिक विज्ञ तथा पर्यावरण विकास

४. प्रशासनिक तथा वित्तिय व्यवस्थापक लेखा

५. कार्यालय सहायक/सहयोगी

विस्तृत विवर्णका लागि तल दिएको लिङ्कमा जानु होला:

LINK

आवेदन दिने सम्पर्क ठेगानाः 

  • समाजमा वातावरणीय शिक्षाको विकाश (सीड) तुलसीपुर ६, रजौरा दाङ 
  • फोन नं. ९८४७८२४२६२ / ९८५७८२०२८२
  • इमेलः best.seeddang@gmail.com

आवेदन दिने तरीकाः

ईच्छुक नेपाली नागरिक उमेदवारहरुले आफ्नो अद्यावधिक वायोडाटा/व्यक्तिगत विस्तृत विवरण (CV) र लिखित आवेदन पत्र (कभर लेटर) सहित आफु कीन र कसरी उक्त पदका लागि सक्षम र योग्य छु भन्ने काम कुरा प्रस्तरुपमा झल्किने गरी कम्तिमा दुई जना सन्दर्भ व्यक्ति (References) को विवरण सहित १५ गते भादौ महिना २०८३ देखि २९ गते भदौ महिना २०८३ को कार्यालय समय साँझ ५.०० वजेभित्र माथिको ठेगानामा दरखास्त दिने विधि उल्लेखित कार्यालयमा हार्डकपी वा इमेलमा विद्युतीय Online email मार्फत समेत दरखास्त वा निवेदन दिन अह्वान तथा अनुरोध गरिन्छ । स्थानीय र आदावासी जनजाती समुदायका उमेदावारहरूलाई आवेदन दिनमा विशेष प्रोत्साहन गरिन्छ । 

कार्यक्षेत्रः दाङ्ग जिल्लाको उपमहानगरपालिका र गाउँपालिका अन्तर्गत वडाहरु रहने छन् ।    

परिक्षाको किसीम: कर्मचारीको छोटो सूची वा Short List  छनोटमा परेका व्यक्ति मात्र लिखित, मौखिक र  प्रयोगात्मक परिक्षामा भाग लिन पाउँने छन् ।

सेवा सुविधाः सीड संस्थाको प्रशासनिक तथा वित्तिय नियमावली अनुसार ।

पेशगर्नु पर्ने कागजातः शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचय पत्रको प्रतिलिपी, २ वटा पासपोर्ट साईजको फोटो, कम्प्यूटर तालिमको प्रमाण पत्रको प्रतिलिपी, सम्वन्धित विषयमा लिएको तालिम तथा काम गरेको अनुभव पत्रको प्रतिलीपी निवेदनको साथमा संलग्न राखी पेश गर्नु पर्नेछ । 

नोटः निवेदन म्याद नाघीआएका र रीत नपुगेका आवेदकलाई सिधै छोटो सूचीमा छनोट गरिने छैन । छनोटको क्रममा कुनै कारणश कुनै विवाद भएको अवस्थामा सोको समाधान गर्ने अन्तिम अधिकार स्वयं सीड संस्थाको रहनेछ ।

पदपुर्ति समितिः

समाजमा वातावरणीय शिक्षाको विकास (सीड)

तुलसीपुर, दाङ

।।धन्यवाद।।

Overview

Category Agriculture, Education, Accounting and Finance, Development Project, Development studies, Management, Office Helper
Openings few
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 30 Aug, 2026
Apply Before 14 Sep, 2026
City Dang