क्रिकेट प्रशिक्षक आवश्यक्ता ।

Community Development & Advocacy Forum Nepal

Details / requirements:

सूचना

क्रिकेट प्रशिक्षक आवश्यक्ता ।

प्रथम पटक प्रकाशित मिति २०८३/०२/०६

सामुदायिक विकास तथा पैरवी मन्च नेपाल बर्दिबासले सेभ दि चिल्ड्रेन ईन्टरनेश्नलको साझेदारिमा संन्चालित स्पोन्सरसिप परियोजना अन्तर्गतको कार्यक्रम मार्फत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका अन्तर्गतका ईच्छुक किशोरीहरूलाई बाल विवाह बिरुद्ध जनचेतना फैलाउने उदेश्यले  २ महिना अवधि सम्म यस संस्थाको संलग्न ToR अनुसार क्रिकेट  प्रशिक्षण गराउन कम्तिमा २(दुई) जना   प्रशिक्षक आवश्क्ता रहेकोले प्रशिक्षक उपलव्ध गराउन सक्ने ईच्छुक संघ, संस्था, सप्लायर्स तथा स्वंय प्रशिक्षक, खेलाडि (व्यक्ती) हरुलाई समेत यस सुचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र अर्थात मिति २०८३/०२/१२  गते दिउँसो ५ बजे भित्रमा आवश्यक कागजपत्र (व्यबसाय दर्ताको प्रमाण पत्र, पान तथा भ्याटको प्रमाण पत्र, आ.व.२०८१/०८२ को करचुक्ताको प्रमाण पत्र, व्यक्तीको हकमा पान नं.को प्रमाणपत्र, अनुभवको प्रमाणपत्र, व्यक्तीगत बिवरण, प्रशिक्षक तथा खेलाडि रहेको भए सोको परिचय पत्र ) संलग्न गरि निम्न अनुसार दरभाउ तथा प्रस्ताव पत्र उपलव्ध गराउनहुन यो सूचना प्रकाशित गरिएको छ ।        

निम्नः

सम्पर्क ठेगाना: सामुदायिक विकास तथा पैरवी मंच नेपालको परियोजना कार्यालय बर्दिबास,३ गौरिडाँडा 

सम्र्पक ईमेल: pc@cdafn.org.np

सम्र्पक नं.: ९८४४४२३९८५/९८४४०३००९३

नोटः

(क) दरभाउ पत्र यस संस्थाको कार्यालयबाट वा यस सूचनाको लिंक डाउनलोड गरि निशुल्क प्राप्त गर्न सकिनेछ ।

(ख)दरभाउ पत्र शिलबन्दि गरि यस संस्थाको कार्यालयमा वा यस संस्थाको सामाग्रि खरिद तथा व्यबस्थापपन समितिको ईमेल pc@cdafn.org.np बुझाउन सकिनेछ दरभाउ पत्र बुझाउने अन्तिम मितिमा सार्वजानिक विदा परेमा सो दिनको भोलिपल्टको मितिलाई अन्तिम मिति गणना गरिनेछ ।

(ग) रित पुर्वक प्राप्त नभएका, आवश्यक कागजपत्र संलग्न नगरेका र म्याद नाघि प्राप्त भएका दरभाउ पत्र समावेश नगरिने वा मान्य नहुने व्यहोरा समेत यसै सुचना मार्फत सुचित गरिन्छ ।

घ) ToR मा उल्लेख भए बमोजिम प्रशिक्षकको व्यक्तीगत विवरण, शेक्षिक तथा अनुभवको प्रमाण पत्र, प्रशिक्षक तथा खेलाडि भए सो को परिचय पत्र र संस्थाले यस सम्बन्धी तालिमको अनुभव तथा कार्य प्रगति विवरण देखिने प्रोफाईल संलग्न गरि पठाउनु पर्नेछ ।

ङ) रित पुर्वक प्राप्त भएका शिलबन्दी दरभाउ/प्रस्ताव पत्रहरू तथा ईमेलबाट प्राप्त प्रस्ताव/दरभाउपत्र समाग्रि खरिद तथा व्यबस्थापन समितिको बैठक बसि तपशिल बमोजिमको छनौट आधारको आधारमा प्रशिक्षकको लागि सप्लायर्स वा प्रशिक्षक छनौट गर्न सक्नेछ ।

च) छनौट सूचिमा परेका कम्तमिा ३ वटा सप्लासर्य तथा प्रशिक्षकहरूसँग भौतिक तथा अनलाईनबाट अन्तर्वार्ता तथा प्रस्तुतिकरण समेत गरिने व्यहोरा जानकारी गराईन्छ ।

Link: ToR and Proposal of Cricket coach

छनौटको आधारहरू:

१. मुल्य –४० प्रतिशत 

२. योग्यता तथा अनुभव र क्षमता –६० प्रतिशत

(ToR को बुझाई,१०, प्रशिक्षणको तरिका/पद्धति, १० अनुभव, २०, स्थानिय, १०, अन्र्तबार्ता १०,)

सामाग्रि खरिद तथा व्यबस्थापन समिति

सामुदायिक विकास तथा पैरवी मंच नेपाल, बर्दिबास

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 May, 2026
Apply Before 26 May, 2026
City Mahottari