कच्चा पदार्थ (तोरी) खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Sana Kisan Krisi Sahakari Sanstha Limited

Details / requirements:

कच्चा पदार्थ (तोरी) खरिदको लागि शिलबन्दी दरभाउपत्र आह्वानको सूचना

शिलबन्दी दरभाउ पत्र नं.: ०४–२०८२/२०८३

सुचना प्रकाशित भएको मिति: २०८२/०७/१८  

साना किसान कृषि सहकारी संस्था लि. नगराईन नगरपालिका:- ४ फुलगामा , धनुषा  GGGI  द्वारा संचालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा  Oil and spice processing unit for value chain को सुरूवात तथा स्तरोन्नती गर्नको लागि आवश्यक कृषि कच्चा पदार्थ (तोरी) खरिद गर्नु पर्ने छ ।

उल्लेखित परियोजना अन्तर्गत  Oil and spice processing unit for value chain को लागि तपसिल अनुसारका कृषि कच्चा पदार्थ (तोरी) आपुर्तिको लागि शिलबन्दी दरभाउ पत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता, आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले  ०७ दिन भित्र तपसिलको शर्तहरूको अधिनमा रही कार्यलय समय भित्र गोप्य शिलबन्दी दरभाउ पेश गर्नु हुन वा ईमेल ठेगाना sfaclphulgamadhnusha@gmail.com मार्फत पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।    

आपुर्ति गरिने सामग्रिहरुको बिवरणः–

लिङ्कः– https://drive.google.com/drive/folders/1Sq_GCrTu89ADtofTVzSU23INlW150yKi?usp=drive_link

तपसिलः–

१. माथि उल्लेखित कच्चा पदार्थ (तोरी) एकमुष्ट  खरिद गर्न सकिने छ । ईच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले आफुसँग कच्चा पदार्थ (तोरी) मात्रको लागि शिलबन्दी दरभाउ पेश गर्न सकिनेछ । गुणस्तरीय तोरीलार्ई उच्च प्राथमिकता दिईनेछ ।

२. विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।

३. उपरोक्त कारोबार कार्तिक  ३० गते देखी मङ्सिर १५ गते , २०८२ सम्म संचालन गरिनेछ ।

४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तिकर्ता वा बितरकले संस्थाको कार्यलयमा उपस्थित भई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सूचना प्रकाशन भएको मितिले ०७  दिन भित्र यस सहकारी संस्थाको कार्यलयमा दरभाउ उल्लेखित गरि पेश गर्न सकिने छ (अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनमा तोकिएको समयमा पेश गर्न सकिनेछ) । 

५. शिलबन्दी दरभाउ पत्र पेश गर्दा नविकरण भएको ईजाजत पत्र, आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/२०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को कर चुक्ता ) पेश गर्नु पर्ने छ ।

६. शिलबन्दी दरभाउ पेश गर्ने सप्लायर्स/ कम्पनी/ फर्महरूले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरि, जम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेश गर्नु पर्ने छ ।

७. बोलपत्र फारममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्ने छ । अंक अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।

८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खाम बन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।

९. पेश गरिएका बोलपत्रहरू मिति २०८२ कार्तिक २७ गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्र दाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधा पर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन शिलबन्दी दरभाउ खोलिने छ ।

१०. म्याद नाघी वा रित नपुगी आएका बोलपत्र उपर कुनै कारबाही हुने छैन ।

११. अन्य शर्तहरू साना किसान कृषि सहकारी संस्था लि.को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि.मा निहित रहनेछ ।

१२. बोलपत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण Bank Guarantee यस कार्यलयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको SANA KISAN KRISHI SAHAKARI SANS LTD नाममा रहेको नगराइन शाखा माछापुछ्रे बैंक लिं खाता नं. 0860068073600012 मा दाखिला गरि जम्मा गरेको बैंक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोलपत्र संगै पेश गर्नु पर्ने छ । 

१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।  

बोलपत्र पेश गर्ने र खोलिने ठेगाना

साना किसान कृषि सहकारी संस्था लि.

नगराईन नगरपालिका:- ४ फुलगामा , धनुषा  

ईमेलः sfaclphulgamadhnusha@gmail.com  

फोन नं.: ९८१४८०८०३१

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 04 Nov, 2025
Apply Before 13 Nov, 2025
City Dhanusha