शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

Social Awareness Center SAC Nepal

Details / requirements:

पटक प्रकाशित मिति २०८३ बैशाख ३

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

समाज जागरण केन्द्र (स्याक) नेपाल वीरेन्द्रनगर, सुर्खेतले विगत ३० वर्षदेखि सामाजिक रुपान्तरणका क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसंगको साझेदारीमा कार्य गरिरहेको छ । Save the Children को आर्थिक सहयोग र यस संस्थाको साझेदारीमा सुर्खेत जिल्लाको वराहताल गाउँपालिकामा संचालित भएको My Forest Child कार्यक्रम अन्तरगत निर्माणसंग सम्बन्धि सामग्रीहरू आवश्यक परेकोले उक्त सामग्रीहरू उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०८३ बैशाख ९ गते वेलुका ५ बजेसम्म कोटेशन पेश गर्न आह्वान गरिन्छ । 

शिलबन्दी दरभाउपत्र सम्बन्धि शर्तहरू:

१. शिलबन्दी दरभाउ पत्रसाथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: 

  • कर चुक्ताको प्रमाण पत्र (२०८१/२०८२) को प्रतिलिपि
  • पान/भ्याट दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • कम्पनी/घरेलु/वाणिज्य दर्ता प्रमाण पत्रको प्रतिलिपि

२.ढुवानी आपूर्तिका शर्तहरू:

  • उक्त सामाग्रीहरू केन्द्रीय कायालय वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत सम्म आपूर्ती गर्नुपर्नेछ ।
  • सामाग्रीहरूको विवरण यसै साथ संलग्न गरिएको छ ।
  • कोटेशन पठाउदा दिइएको सामग्रीको शिलबन्दी गरी पठाउनु पर्ने छ, अन्यथा मान्य हुने छैन । 
  • म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका कोटेशहरू मान्यहुने छैन । 
  • तोकिएको समय भन्दा पछाडी पेश भएका कोटेशन मान्य हुने छैन र कोटेशन रद्द हुनेछ । 
  • यदी संस्थालाई थप सामाग्री आवश्यक भएमा ९० दिन भित्र थप अडर गर्न सक्ने छ । थप अडर गर्दा आपूर्तीकर्ता सोही दररेटमा उपलब्ध गराउनु पर्ने छ ।
  • सामग्रीको गुण, विशेषता वा विशिष्टिकरण अनिवार्य रुपमा खुलाउनु पर्नेछ । 

३.भूक्तानीः  

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रीहरू उल्लेखित शर्तहरु पालना गरी पूर्ण रुपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।

४. छनौटका आधारहरू 

  • कानुनी प्रक्रिया पुरा गरेको
  • सामग्रीको मूल्य  ८० प्रतिशत
  • क्षमता  आपूर्ति गर्न सक्ने समय, सामग्रीको मौज्दात, गुणस्तर र कार्य अनुभवः २० प्रतिशत

५. सामग्रीको मौज्दात (मौज्दात परिमाण स्पष्ट खुलाउनु पर्नेछ)

  • छ वा छैन ...............................

६. सामग्री उपलब्ध गराउने समय (समय स्पष्ट खुलाउनु पर्नेछ) 

  • १) अर्डर गरेको..................दिन

७. कार्यअनुभव (कार्यअनुभव स्पष्ट खुलाउनु पर्नेछ) 

  • कार्यअनुभव छ/कार्यअनुभव छैन (यदि छ भने सम्झौता वा विल को नमुना कपी राख्नुपर्नेछ)

८.शिलबन्दी कोटेशन पठाउने अन्तिम मिति र ठेगानाः 

  • शिलबन्दी कोटेशन पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ बैशाख ९ गते वेलुका ५ बजे भित्र समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर १२ दिपनगर सुर्खेत वा इमेल बाट पेश गर्नु परेमा शिलबन्दी दरभाउ पत्र पठाउदा दिइएको पिडिएफ (PDF) फाइललाई पासवर्डले लक गरी वा पासवर्ड नभई खोल्न नमिल्ने गरी पठाउनु पर्ने छ, दरभाउ पत्र र पासवर्ड पठाउनु पर्ने इमेल ठेगाना sacquotation@gmail.com
  • कोटेशन खोल्ने समय २०८३ बैशाख १० गते दिनको ११ बजे र स्थानः समाज जागरण केन्द्र (स्याक) नेपालको कार्यालय वीरेन्द्रनगर सुर्खेत । प्राप्त कोटेशनहरू आपूर्तीकर्ताको प्रतिनिधिको रोहवरमा खालिने छ तर प्रतिनिधि उपस्थित नभएमा पनि कोटेशन खोल्न वाधा पर्ने छैन ।
  • कोटेशन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार समाज जागरण केन्द्र (स्याक) नेपालमा निहित रहनेछ ।

Links:

Quotation Form Annex-1

Quotation Form Annex-2

Quotation Form Annex-3

COI Delecration Form

थप जानकारीका लागी

खरिद-उप समिती

समाज जागरण केन्द्र (स्याक) नेपाल

फोन नं. ०८३५२१२८२

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Apr, 2026
Apply Before 22 Apr, 2026
City Surkhet