बोलपत्र आह्वान सम्बन्धि सुचना

Hurendec - Udayapur

Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.

Details / requirements:

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)

Human Rights and Environment Development Centre (HURENDEC), Udayapur

त्रियुगा नगरपालिका १२, उदयपुर

बोलपत्र आह्वान सम्बन्धि सुचना ।

(प्रथम प्रकाशित मिति २०८२ । १२ । २६)

IBT No: EFO-HURENDEC-TN-2026-01

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले वल्र्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बालबालिकाको समग्र बिकाशका लागि हातेमालो (IPF) परियोजना कार्यक्रम अन्तर्गत र दिर्घकालिन सम्झौता गर्नुपर्ने भएकाले तपशिल अनुसारको विभिन्न सेवा तथा  सामाग्रि आवश्यक परेको हुँदा ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरु/सेवा प्रदायकहरु बाट मिति २०८३/१/१० गते (सरकारी विदा परेमा त्यसको भोलि पल्ट) कार्यालय समयभित्र रीतपुर्वक शिलवन्दी कोटेशन पेस गर्न आह्वान गरिन्छ ।

सि.न.
सामाग्रिहरु
आवश्यक संख्या
विबरण
कोटेशन पेश गर्ने तरिका

School Bag
2278 Pcs

विद्यालय झोला [School Bag (Age 3-10) years]

क्षमता (उमेर ३–१० वर्ष): सानोदेखि मध्यम (१०– २० लिटर), 

आकार (झन्डै): उचाइः ३८–४२ से.मी. चौडाइः २८–३० से.मी., गहिराइः १२–१५ से.मी. सामग्री (बाहिरी कपडा): उच्च गुणस्तरको पोलिएस्टर ६००D / ४२०D नायलन/क्यानभास कपडा, पानी प्रतिरोधी, भित्री अस्तर (लिनिङ): पोलिएस्टर अस्तर कपडा (२१०D वा सो सरह) 

  • तौलः झन्डै ३००–४५० ग्राम 
  • कम्पार्टमेन्टहरूः किताब र कापीका लागि कम्तीमा २ मुख्य खण्ड
  • अगाडिको खल्तीः स्टेशनरीका लागि कम्तीमा १ जिप भएको खल्ती 
  • छेउका खल्तीहरूः पानीको बोतलका लागि १–२ जाली वा इलास्टिक खल्ती 
  • जिपरः बलियो नायलन कोइल जिप (नं. ५ वा सो सरह) 
  • सिलाइः टिकाउका लागि डबल स्टिच गरिएको सिउनी 
  • काँधको पट्टा (Shoulder Straps) मिलाउन मिल्ने (Adjustable) प्याड गरिएको काँधको पट्टा (न्यूनतम चौडाइ ५–६ से.मी.) 
  • पछाडिको प्याडिङ (Back Padding): आरामका लागि हल्का फोम प्याड गरिएको पछाडिको भाग 
  • ह्यान्डलः बलियो बनाइएको माथिल्लो बोक्ने ह्यान्डल 
  • तल्लो भागको सामग्री (Base Material) टिकाउका लागि सुदृढ गरिएको तल्लो कपडा 
  • रङः नेभी ब्लु  

वर्षा कभर (Rain Cover) को विशिष्टता भएको वाटरप्रूफ पॉलिएस्टर रङः सुन्तला (दृश्यता बढाउन सिफारिस गरिएको, सानो खल्तीमा राख्नमिल्ने)

  • संस्थाको लोगो झन्डै ६–१० से.मी. चौडाइः प्रिन्ट गरिएको (HURENDEC / World Vision)
  • HURENDEC दायाँतर्फ (निलो रंङ) / World Vision बायाँतर्फ (सुन्तला–सेतो रंङ)

झोलाले कम्तीमा ५–८ के.जी. तौल सहन सक्ने हुनुपर्ने

नोटः थोक प्याकिङः प्रति कार्टन/स्याक ३०–५० वटा झोला

लेबलः संस्थाको नाम र परिमाण उल्लेख गरिएको

संस्थामा स्वयम् उपस्थित भइ वा कुरीयर मार्फत, शिलबन्दी खाम सहित

School Bag
2922

विद्यालय झोला [School Bag (Age 11-18 or above) years]

क्षमता (उमेर १०–१८ वर्ष): मध्यम (२० – ३० लिटर), आकार (झन्डै): उचाइः ३८–४२ से.मी. चौडाइः २८–३० से.मी., गहिराइः १२–१५ से.मी. सामग्री (बाहिरी कपडा): उच्च गुणस्तरको पोलिएस्टर ६००D / ४२०D नायलन/क्यानभास कपडा, पानी प्रतिरोधी, भित्री अस्तर (लिनिङ): पॉलिएस्टर अस्तर कपडा (२१०D वा सो सरह) 

  • तौलः झन्डै ३००–४५० ग्राम 
  • कम्पार्टमेन्टहरूः किताब र कापीका लागि कम्तीमा २ मुख्य खण्ड
  • अगाडिको खल्तीः स्टेशनरीका लागि कम्तीमा १ जिप भएको खल्ती 
  • छेउका खल्तीहरूः पानीको बोतलका लागि १–२ जाली वा इलास्टिक खल्ती 
  • जिपरः बलियो नायलन कोइल जिप (नं. ५ वा सो सरह) 
  • सिलाइः टिकाउका लागि डबल स्टिच गरिएको सिउनी 
  • काँधको पट्टा (Shoulder Straps) मिलाउन मिल्ने (Adjustable) प्याड गरिएको काँधको पट्टा (न्यूनतम चौडाइ ५–६ से.मी.) 
  • पछाडिको प्याडिङ (Back Padding): आरामका लागि हल्का फोम प्याड गरिएको पछाडिको भाग 
  • ह्यान्डलः बलियो बनाइएको माथिल्लो बोक्ने ह्यान्डल 
  • तल्लो भागको सामग्री (Base Material) टिकाउका लागि सुदृढ गरिएको तल्लो कपडा 
  • रङः नेभी ब्लु  

वर्षा कभर (Rain Cover) को विशिष्टता भएको वाटरप्रूफ पॉलिएस्टर रङः सुन्तला (दृश्यता बढाउन सिफारिस गरिएको, सानो खल्तीमा राख्नमिल्ने)

  • संस्थाको लोगो झन्डै ६–१० से.मी. चौडाइः प्रिन्ट गरिएको (HURENDEC / World Vision) 
  • HURENDEC दायाँतर्फ (निलो रंङ) / World Vision बायाँतर्फ (सुन्तला–सेतो रंङ)

झोलाले कम्तीमा ७–१० के.जी. तौल सहन सक्ने हुनुपर्ने

संस्थामा स्वयम् उपस्थित भइ, शिलबन्दी खाम सहित

Polo T-shirt
1070

पोलो टि–सट [Polo T-Shirt (Age 3-7) years]

विद्यालयका बालबालिकाका लागि डिजाइन गरिएको आरामदायी नेभी ब्लु पोलो टी–शर्ट, जसमा घाँटीमा दुईवटा बटन, बाहुलाको किनारमा इलास्टिक (रिब निट) साथै 

यस टी–शटमा दायाँ बाहुलामा संस्थाको लोगो र वाँयाबाहुलामा सहयोगी संस्थाको लोगो समावेश गरिनेछ । लोगो साईजः झन्डै ४–६ से.मी. चौडाइ

उत्पादन प्रकारः पोलो टी–शर्ट 

उमेर समूह अनुसार सिफारिस गरिएको साइज छाती (झन्डै): ३ – ७ वर्षः XS – S. ६० – ७२ से.मी.

  • रङः नेभी ब्लु 
  • कपडाको सामग्री र गुणस्तरः १००% कटन (कपास)/कपास–पोलिएस्टर मिश्रण (२००–२२० GSM), नरम, टिकाउ तथा रङ नजाने 
  • कलर प्रकारः पोलो कलर, घाँटी डिजाइनः दुई बटन भएको प्ल्याकेट 
  • बाहुला प्रकारः छोटो बाहुला, बाहुलाको किनाराः इलास्टिक / रिब निट स्ट्रिप 
  • सिलाइः टिकाउका लागि डबल स्टिच गरिएको, तौलः झन्डै १८०–२२० GSM 
  • धुएपछि अधिकतमः ३–५% (shrink) साथै पसिना सोस्ने र सास फेर्न सक्ने कपडा 
  • प्रिन्टिङ विधिः एम्ब्रोइडरी/स्क्रिन प्रिन्टिङ/हिट ट्रान्सफर

नोटः थोक प्याकिङः प्रति कार्टन/स्याक ५०–१०० वटा टी–शट

लेबलः संस्थाको नाम र परिमाण उल्लेख गरिएको

संस्थामा स्वयम् उपस्थित भइ, शिलबन्दी खाम सहित

Polo T-shirt
2576

पोलो टि–सट [Polo T-Shirt (Age 8-12) years]

विद्यालयका बालबालिकाका लागि डिजाइन गरिएको आरामदायी नेभी ब्लु पोलो टी–शर्ट, जसमा घाँटीमा दुईवटा बटन, बाहुलाको किनारमा इलास्टिक (रिब निट) साथै 

यस टी–शटमा दायाँ बाहुलामा संस्थाको लोगो र वाँयाबाहुलामा सहयोगी संस्थाको लोगो समावेश गरिनेछ । लोगो साईजः झन्डै ४–६ से.मी. चौडाइ

उत्पादन प्रकारः पोलो टी–शर्ट 

उमेर समूह अनुसार सिफारिस गरिएको साइज छाती (झन्डै): ८ – १२ वर्षः M - L . ७२ – ८४ से.मी.

रङः नेभी ब्लु 

कपडाको सामग्री र गुणस्तरः १००% कटन (कपास)÷कपास–पोलिएस्टर मिश्रण (२००–२२० GSM), नरम, टिकाउ तथा रङ नजाने 

कलर प्रकारः पोलो कलर, घाँटी डिजाइनः दुई बटन भएको प्ल्याकेट 

बाहुला प्रकारः छोटो बाहुला, बाहुलाको किनाराः इलास्टिक / रिब निट स्ट्रिप 

सिलाइः टिकाउका लागि डबल स्टिच गरिएको, तौलः झन्डै १८०–२२० GSM 

धुएपछि अधिकतमः ३–५% (shrink) साथै पसिना सोस्ने र सास फेर्न सक्ने कपडा 

प्रिन्टिङ विधिः एम्ब्रोइडरी/स्क्रिन प्रिन्टिङ/हिट ट्रान्सफर

संस्थामा स्वयम् उपस्थित भइ, शिलबन्दी खाम सहित

Polo T-shirt
1554

पोलो टि–सट [Polo T-Shirt (Age 13-18 or above) years]

विद्यालयका बालबालिकाका लागि डिजाइन गरिएको आरामदायी नेभी ब्लु पोलो टी–शर्ट, जसमा घाँटीमा दुईवटा बटन, बाहुलाको किनारमा इलास्टिक (रिब निट) साथै 

यस टी–शटमा दायाँ बाहुलामा संस्थाको लोगो र वाँयाबाहुलामा सहयोगी संस्थाको लोगो समावेश गरिनेछ । लोगो साईजः झन्डै ४–६ से.मी. चौडाइ ।

उत्पादन प्रकारः पोलो टी–शर्ट 

उमेर समूह अनुसार सिफारिस गरिएको साइज छाती (झन्डै): १२ – १८ वर्षः XL – XXL . ८४ – १०० से.मी

  • रङः नेभी ब्लु 
  • कपडाको सामग्री र गुणस्तरः १००% कटन (कपास)/कपास–पोलिएस्टर मिश्रण (२००–२२० GSM), नरम, टिकाउ तथा रङ नजाने 
  • कलर प्रकारः पोलो कलर, घाँटी डिजाइनः दुई बटन भएको प्ल्याकेट 
  • बाहुला प्रकारः छोटो बाहुला, बाहुलाको किनाराः इलास्टिक / रिब निट स्ट्रिप 
  • सिलाइः टिकाउका लागि डबल स्टिच गरिएको, तौलः झन्डै १८०–२२० GSM
  • धुएपछि अधिकतमः ३–५% (shrink) साथै पसिना सोस्ने र सास फेर्न सक्ने कपडा 
  • प्रिन्टिङ विधिः एम्ब्रोइडरी/स्क्रिन प्रिन्टिङ/हिट ट्रान्सफर
संस्थामा स्वयम् उपस्थित भइ, शिलबन्दी खाम सहित

आबश्यक सर्तहरु:

१. शिलबन्दि दरभाउपत्र पेश गर्ने अन्तिम दिन प्रथम प्रकाशित मितिले १५ दिनको दिउँसो ४ बजेभित्र शिलबन्दी यस कार्यालयमा  पेश गरिसक्नु पर्नेछ । सो दिन सार्वजनिक विदा परे सो को भोलीपल्ट हुनेछ । म्याद नाघी आएको निवेदन दर्ता हुने छैन ।  

२. पेश गरिने प्रत्येक बोलपत्रसँग उद्धृत कुल रकमको २.५% बराबरको बोलपत्र जमानत (Bid Security) अनिवार्य रूपमा संलग्न गरिएको हुनुपर्नेछ । सो बोलपत्र जमानत बोलपत्रदाता सम्बन्धी निर्देशन (Instruction to Bidders) मा उल्लिखित प्रावधान तथा शर्तहरू बमोजिम पेश गरिएको हुनुपर्नेछ ।

३. छनौट भएका फर्मबाट बिल र वस्तु तथा सेवा प्राप्त गरेको ३० दिनभित्र Account Payee Cheque मार्फत सप्लायर्स वा फर्मको नाममा संस्थाले भुक्तानी गरिनेछ ।  यदि तपाईंको केही भुक्तानीमा शर्तहरू भए जानकारी गराउन सक्नुहुनेछ ।  

४. शिलबन्दी कोटेशन खाममा शिलबन्दी लाहा छाप अनिवार्य गरेको हुनुपर्ने र पेश गर्दा इच्छुक सप्लायर्स वा सेवा फर्मले स्पष्ट देखिने गरी नाम, ठेगाना, मोबाइल नम्बर सहित पेश गर्नु पर्ने छ

५. बोलपत्र कागजातमा उल्लिखित निर्देशन बमोजिम आवश्यक नमूना (Sample) अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । तोकिएको नमूना पेश नगर्ने बोलपत्रदाताको बोलपत्र स्वतः अयोग्य ठहर गरिनेछ । 

६. शिलबन्दी कोटेशन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार यस संस्थाको खरिद समितिमा निहित रहनेछ ।  

७. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२)

८. शर्तमा उल्लेखित सम्पूर्ण प्रक्रिया र आवश्यक कागजात पुरा नगरी पेश गरिएको शिलबन्दी पत्र स्वतः रद्द हुनेछ  ।   

९. मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार छनौट हुन सफल आपुर्तिकर्ता सँग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक वर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशनमा उल्लेख भएको परिमाण सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढि परिमाण खरिद गर्न सकिनेछ 

१०. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाका procurement@hurendec.org ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

LINK:

Bid Document-HURENDEC BAG & T-SHIRT

For Additional information regarding this Bidding Contract

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपाल, उदयपुर, गाईघाट

फोन.नं.: ०३५–४२०४०६,०३५–४२१५६१ ,९८४२८३७२०४

Email: procurement@hurendec.org