शिलबन्दी कोटेशन आह्वानको सूचना

Rastriya Rojgar Prawardhan Kendra (Rautahat)

Details / requirements:

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, रौतहट

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८२/१२/२६ गते ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रद्वारा रौतहट जिल्ला भित्रका गरुडा र माधवनारायण नगरपालिकामा संचालित सिकाइ+ परियोजना अन्तर्गत आप्रङ्गता भएका बालबालिकाहरूलाई विभिन्न किसिमका Assistive Device हरू दिनु पर्ने  भएको हुनाले ईच्छुक आपुर्ती कर्ता/विक्रेताले रीतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

0ZQk8RZwAAAABJRU5ErkJggg==

शर्तहरू:

१. कोटेशन सम्बन्धि फारम संस्थाको तल उल्लेखित ठेगानामा प्रत्यक्ष सम्र्पक गरेर वा तल दिएको लिंक मार्फत प्राप्त गर्न सकिनेछ ।

२. सेवा प्रदायको पहिचान सहितको फर्मको छाप र हस्ताक्षर प्रत्येक पेजमा  अनिवार्य उल्लेख गरिएको हुनुपर्नेछ ।

३. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले  ५ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेताले ले अनिवार्य रुपमा निम्न कागजात सहित कोटेशन पेश गर्नुपर्नेछ ।

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ ।

ख. स्थाई लेखा नम्बर र मूल्य अभिबृद्धि कर (PAN/VAT)को प्रमाण पत्र

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२)

४. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ ।

५. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कुनै वा सबै कोटेशन, पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहनेछ ।

६. कोटेशन पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको मिति र समयमा कोटेशन खरीद गर्ने र पेश गर्ने अन्तिम मिति कायम हुनेछ । यस्तो अबस्थामा कोटेशनको मान्य अवधि भने साबिककै मितिदेखि गणना गरिने छ ।

७. कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको आर्थिक प्रशासन शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाको procurement.sikai@rrpk.org.np ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

Link:

RFQ

Supplier code of conduct

राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र ,रौतहट

फोन.नं.०४६ ५२१४८७ , ९८०२८८६४४०, Email: procurement.sikai@rrpk.org.np.

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 09 Apr, 2026
Apply Before 13 Apr, 2026
City Rautahat