शिलबन्दी कोटेशन आह्वानको सूचना

Hurendec - Udayapur

Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.

Details / requirements:

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक)

शिलबन्दी कोटेशन आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०८२/१२/२३ गते

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) उदयपुरले वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बालबालिकाको समग्र बिकाशका लागि हातेमालो (IPF) परियोजना कार्यक्रम अन्तर्गत तपशिल अनुसारको विभिन्न सेवा तथा  सामाग्रि आवश्यक परेको हुँदा ईच्छुक आपुर्तीकर्ता/विक्रेताहरू/सेवा प्रदायकहरू बाट रीतपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटेशन सुचना नम्बर
बस्तु तथा सेवाको विवरण
विस्तृत विवरण
अनुमानित परिमाण
कोटेशन पेश गर्ने तरिका
HURENDEC/RFQ/2026/050
Bee Keeping Materials
कोटेशन फारममा उल्लेख भए अनुसार
कोटेशन फारममा उल्लेख भए अनुसार
संस्थामा स्वयम् उपस्थित भइ, शिलबन्दी खाम सहित

नोटः माथि उल्लेखित ताकिएको सबै सामाग्रिहरूको दररेट भ्याट सहित मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालको कार्यालय सम्म ढुवानी सहित पेश गर्नुपर्नेछ ।

१. यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ७ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपुर्तीकर्ता/विक्रेताहरू/सेवा प्रदायकहरुले अनिवार्य रूपमा निम्न कागजात सहित तल उलेखित स्थान मा पेश गर्नुपर्ने छ  । 

क. फर्म/व्यवसाय/कम्पनी दर्ता प्रमाणको प्रतिलिपि, यदि फर्म नविकरण गर्नुपर्ने प्रकृतिको भए नविकरण पत्रको प्रतिलिपि समेत समावेश हुनुपर्नेछ । 

ख. स्थाई लेखा नम्बर र मूल्य अभिबृद्धि कर (PAN/VAT) को प्रमाण पत्रको प्रतिलिपि ।

ग. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.ब.२०८१/०८२) ।

शर्तहरू:

१. कोटेशन सम्बन्धि फारम माथि उल्लेखित कागजात पेश गरि यसै संस्थाको इमेल procurement@hurendec.org मार्फत सम्पर्क गरि वा संस्थाको तल उल्लेखित ठेगानामा प्रत्यक्ष सम्र्पक गरेर प्राप्त गर्न सकिनेछ ।   

२. कोटेशनमा शिलबन्दी सहित नच्यातिएको खाम बाहिर पट्टि प्रेषकको नाम, ठेगाना, सम्पर्क नं. ठेगाना उल्लेख गरिएको हुनुपर्नेछ । साथै शिलबन्दी कोटेशनमा पेश गर्दा अनिवार्य नमुना प्रतिको फोटो समेत पेश गनुपर्ने छ ।

३. कोटेशन सम्बन्धि कागजात रीतपूर्वक भरी, बाल सुरक्षा निती तथा अन्य कागजातहरू (कोटेशन सँगै फरमेट उपलब्ध गराइनेछ) प्रत्येक पानामा सही छाप सहित शिलबन्दी गरी संस्थाको बुद्ध चोक त्रियुगा १२ स्थित कार्यालयमा स्वयम् उपस्थिति वा प्रतिनिधिको भौतिक उपस्थितिमा मिति २०८२/१२/२९ गते आइतबार दिनको ४:०० बजे भित्र बुझाउन सकिनेछ । सो दिन विदा परेमा कार्यालय खुलेको पहिलो दिनको १०:००बजे भित्र दर्ता गराई सक्नुपर्ने छ । सो समयावधी पश्चात प्राप्त शिलबन्दी कोटेशन स्वतः बदर ठहरिने छ ।

४. मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपालले कोटेशनमा पेश भएको दररेट अनुसार छनौट हुन सफल आपुर्तिकर्ता सँग दिर्घकालिन सम्झौता गर्न लागिएको हुदा सोहि अनुसार कम्तिमा एक वर्ष सम्म मान्य हुने दररेट पेश गर्नुपर्नेछ । कोटेशनमा उल्लेख भएको परिमाण सन्दर्भका लागि मात्र हो सम्झौता पश्चात सो भन्दा बढि परिमाण खरिद गर्न सकिनेछ ।

५. कोटेशन खोल्ने तथा निर्णय गर्ने अधिकार संस्थाको खरिद समितिमा निहित हुनेछ । कोटेशनमा उल्लेखित सामाग्रि पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा नगर्ने सम्पूर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।

६. संस्थाको खरिद समिति र आपूर्तिकर्ताको संयुक्त बैठकमा तोकिएको समयमा कोटेशन खोलिनेछ । तर कम्पनीको प्रतिनिधिहरू उपस्थित नभएमा पनि बोलपत्र खोल्ने बाधा पर्ने छैन । 

७. कोटेशन केरमेट नभएको, कार्यालयबाट उपलब्ध गराईएको डकुमेन्टमा मुल्य अंकित गरिएको हुनु पर्नेछ । दररेट केरमेट   भएमा सच्याईएको ठाँउमा दस्तखत भएको हुनु पर्ने छ ।

८. कोटेशनमा उलेखित सामाग्री को नमुना को एकप्रति फोटो सोही शिलबन्दी कोटेशनमा उपलब्ध गराउनु पर्ने छ ।

९. शिलबन्दी कोटेशन सम्बन्धि थप अन्य कुनै जानकारी आवश्यक भएमा यस संस्थाको खरिद शाखामा सम्पर्क राख्नु हुन अनुरोध छ वा संस्थाका procurement@hurendec.org ईमेलबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपाल,

उदयपुर, गाईघाट

फोन.नं.:०३५–४२०४०६,०३५–४२१५६१ ,९८४२८३७२०४ 

Email: procurement@hurendec.org

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Apr, 2026
Apply Before 12 Apr, 2026
City Udayapur