ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनद्वारा आशय पत्र आह्वान

Handicap International

Details / requirements:

ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशनद्वारा आशय पत्र आह्वान

(पुन: प्रकाशन मितिः २०८३।५।१४)

ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन अपाङ्गता भएका र अन्य संकटासन्न समुदायको समावेशी विकासको क्षेत्रमा विशेषज्ञता भएको अन्तराष्ट्रिय गैर–सरकारी, गैर–धार्मिक, गैर–राजनीतिक र गैर–नाफामूलक संस्था हो । यो सन् १९८२ मा फ्रान्समा स्थापित भएको संस्था हो र हाल ६३ देशहरूमा काम गर्दै आएको छ । ह्याण्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपालले सन् २००० देखि समाज कल्याण परिषद्सँगको सम्झौता स्थानीय साझेदार संस्थाहरूसंगको साझेदारीमा अपाङ्गता भएका र संकटासन्न व्यक्तिहरूको जीवनस्तर सुधार गर्नको लागी सामाजिक समावेशीकरण, स्वास्थ्य तथा पुनस्र्थापना, सामाजिक सुरक्षा तथा विपद् जोखिम न्यूनीकरणको क्षेत्रहरूमा निरन्तर काम गर्दै आएको छ ।

हाल यस संस्थाले समुदायमा आधारित समावेशी विपद जोखिम न्यूनीकरण, जलवायु उत्थानशील परियोजना कार्यान्वयनका लागि गैर–सरकारी संस्था वा अपाङ्गता भएका व्यक्तिहरूको संस्था(Organization of Persons with Disabilities- OPD) बाट आशय पत्र आह्वान गरेको छ ।

आशय पत्र पेश गर्ने आवश्यक मापदण्ड निम्न अनुसार छन्ः

  • लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा कार्यरत रही संम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हुनुपर्ने छ ।
  • समाज कल्याण परिषद्सँग आवद्धता र वैधानिक लेखापरीक्षण संचालन गर्ने आदि नेपाल सरकारको नियम र नियमनहरू पूरा गरेको हुनुपर्ने छ ।
  • विपद् ब्यवस्थापन, जलवायु उत्थानशील , जिविकोपार्जन, सामाजिक सुरक्षाको क्षेत्रमा परियोजना कार्यान्वयनको कम्तिमा ३ वर्ष अनुभव भएको हुनुपर्ने छ ।
  • आवेदन दिने संस्थाहरूको कार्यक्षेत्र माथि उल्लेखित प्रदेशहरूको जिल्लामा हुनुपर्ने छ ।

Links:

1.1. Terms of Reference(ToR)

1.2. HI_Nepal_Prescribed Format for Organizational Profile

उल्लेखित मापदण्डहरू पूरा गरेका इच्छुक संस्थाहरूले लिंकबाट साझेदारीका लागि कार्यक्षेत्र सम्बन्धी विवरण (TOR) तथा आवेदन फाराम डाउनलोड गरी, आवेदन फाराम भरी, “Expression of Interest (EOI)” विषय लेखि इमेल eoi@nepal.hi.org मार्फत 4th September 2026 भित्र पेश गर्नुपर्ने छ ।

आवेदन फारम बुँदा १२ मा उल्लेख गरिएको अनुसारका दस्तावेजहरू यस आशयपत्र साथ समावेश हुनुपर्ने छ ।  

नोट: प्रारम्भिक छनौटमा परेका आवेदक संस्थाहरूलाई मात्र प्रकृयामा आवद्ध गरिनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 15 Aug, 2026
Apply Before 04 Sep, 2026
City Kathmandu