हरित गृह नर्सरी (poly greenhouse nursery) निर्माणका लागि आशयपत्र आह्वान गरिएको पुनः सूचना

Koshi Victim's Society (KVS)

Details / requirements:

हरितगृह नर्सरी (Poly Greenhouse Nursery) निर्माणका लागि आशयपत्र आह्वान गरिएको पुनःसूचना

प्रथम पटक प्रकाशन मितिः ५ अप्रिल २०२१

कोशी पीडित समाजको सक्षम परियोजना अन्तरगत सप्तरी जिल्लाको सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठीकोईलाडी गाँउपालिकाहरुमा एक एक गरी चार वटा हरित नर्सरी गृह बनाउने योजना रहेको छ । बर्षभरी तरकारी र विभिन्न जातका फलफूलका गुणस्तरीय विरुवाहरु उत्पादन गर्नु हरित नर्सरी गृहको मूख्य उदेश्य हो । प्रस्तावित हरित गृह नर्सरीको विशिष्टीकृत आवश्यक्ताहरु निम्नानुसार रहेका छन् ।

हरित नर्सरी गृहको विवरण र आवश्यक्ताहरुः

  • प्रस्तावित हरित गृह नर्सरीको साईज लम्बाई १५ मी., चौडाई  ६ मी र उचाई ३ मी.हुनेछ र सोमा बैज्ञानिक आधारबाट डिजाईनगर्दा हुनसक्ने थोरै फरक स्वीकार्य हुनेछ ।
  • हरित गृह नर्सरीमा आवश्यक भेन्टिलेशन र चिश्यानाको व्यवस्था हुनुपर्ने छ । यसकालागि स्पीङकलर सिस्टमको जडान हुनुपर्ने छ । साथै आवश्यक्ता अनुसार जालीको प्रयोग गर्नु पर्ने छ ।
  • आशयपत्रका साथमा हरित गृह नर्सरीको विस्तृत डिजाइन, इस्टिमेट, प्रयोग गरिएने सामग्रीहरुको आयाम तथा विस्तृत इस्पेसिफिकेशन अनिवार्य उपलब्ध गराउनु पर्नेछ । डिजाइन, इस्टिमेट, आयाम तथा विस्तृत इस्पेसिफिकेशन विनाको आशयपत्रलाइ मान्यता दिइने छैन । गुणस्तरीय प्रमाणित सामग्री प्रयोगलाइ ग्राहयता दिइने छ । 
  • प्रस्तावित लागतमा प्रयोग गरिने सामग्रीहरुको परिमाण तथा मुल्य, निर्माण स्थल सम्मको दुवानी, संरचना निर्माणकालागि आवश्यक जनशक्ति, फाउन्डेसन निर्माण तथा करको सम्पूर्ण विवरण प्रस्ट रुपले समावेश गरेको हुनुपर्ने छ । 
  • विगतमा हरितगृह नर्सरी निर्माण गरेका तथा अनुभव भएको आशयपत्रलाई ग्राहयता दिइनेछ । कार्य अनुभव पुष्टि गर्ने कागजात अनिवार्य संलग्न गर्नुपर्ने छ ।

इआशयपत्रको साथ निम्नकागजातहरु अनिवार्य पेश गर्नु पर्नेछ । 

  • सेवा प्रदायकको नविकरण भएको दर्ता प्रमाणपत्र 
  • कर चुक्ता प्रमाण
  • संगठनात्कम प्रोफाईल र कार्य अनुभवको प्रमाण
  • उपयुक्त डिजाईनको साथै हरितगृह नर्सरीको विस्तृत लागत अनुमान, आशयपत्रमा कामको विवरण, उपयुक्त सामग्रीहरुको स्पष्ट निर्देशन, मात्रा, दर (प्रति ईकाई मूल्य) र रकम स्पष्ट उल्लेख भएको हुनुपर्ने छ । वितिय प्रस्तावना फारमकोलागि यहाँ क्लिक गर्नुस
  • हरितगृह नर्सरी निर्माणमा प्रयोग हुने सामग्रीहरुको गुणस्तर प्रमाणहरु 

इच्छुक सेवाप्रदायकले उपरोक्त कागजातहरु सहित आशयपत्र सिलबन्द गरी vacancykvs@gmail.com मार्फत वा KVS राजविराज सप्तरीको कार्यालयमा ९ अगष्त २०२१ सम्ममा कार्यालय समयमा पठाउन सक्नु हुन्छ । थप जानकारीकालागि कार्यालयको सम्पक नं. ०३१५२२५२४, ९८४२८२७१२१ वा ९८५४०३८४५२ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 02 Aug, 2021
Apply Before 09 Aug, 2021
City Terai Region