फ्लोरिकल्चर फार्म व्यवस्थापक

Petals Symphony Garden

Details / requirements:

रोजगारी सम्बन्धी सूचना

पेटल सिम्फोनी गार्डेनमा फ्लोरिकल्चर फार्म व्यवस्थापक पदमा करार सेवामार्फत पदपूर्ति गर्न योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। इच्छुक उम्मेदवारहरूले तोकिएको मितिभित्र आवेदन पेश गर्नुहुन अनुरोध छ।

१. पद विवरण:

पद: फ्लोरिकल्चर फार्म व्यवस्थापक 

संख्या: १ (एक) 

कार्यस्थल: टौदह–६, कीर्तिपुर, काठमाडौं 

सेवा प्रकार: करार 

प्रारम्भिक पारिश्रमिक: रु. २५,०००/- (कार्य अनुभवको आधारमा आपसी समझदारीमा तय गरिनेछ) 

२. न्यूनतम योग्यता:

  • कक्षा १० (एसईई) उत्तीर्ण 
  • कृषि प्राविधिकलाई प्राथमिकता 
  • फ्लोरिकल्चर तथा बोटबिरुवा हेरचाह सम्बन्धी ज्ञान तथा अनुभव 
  • श्रमिक व्यवस्थापन तथा सुपरिवेक्षण गर्ने क्षमता 
  • फार्ममै आवासीय रूपमा बस्न सक्ने 
  • उमेर ५० वर्ष ननाघेको 
  • सवारी चालक अनुमति पत्र भएका उम्मेदवारलाई प्राथमिकता 

३. मुख्य जिम्मेवारी:

  • फूलखेती फार्मको दैनिक सञ्चालन तथा समग्र व्यवस्थापन 
  • मल, कीटनाशक तथा कृषि सामग्रीको उचित प्रयोग तथा व्यवस्थापन 
  • श्रमिकहरूको परिचालन, सुपरिवेक्षण तथा समन्वय 
  • उत्पादनको बजार व्यवस्थापन तथा ग्राहक विस्तार 
  • तोकिएका अन्य कार्यहरू सम्पादन 

४. सुविधा:

  • फार्ममै बसोबास सुविधा 
  • सामाजिक सुरक्षा कोष (एसएसएफ) मा समावेश 
  • १ महिनाको परीक्षण अवधि पश्चात् कार्यसम्पादनका आधारमा करार निरन्तरता 

५. आवेदनसाथ पेश गर्नुपर्ने कागजात:

  • निवेदन 
  • व्यक्तिगत विवरण (बायोडाटा) 
  • शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि 
  • अनुभव खुल्ने कागजात (भएमा) 
  • नागरिकताको प्रतिलिपि 
  • सवारी चालक अनुमति पत्रको प्रतिलिपि (भएमा) 

६. आवेदन दिने अन्तिम मिति:

२०८३ वैशाख २५ गते, कार्यालय समयभित्र

७. सम्पर्क ठेगाना:

पेटल सिम्फोनी गार्डेन

टौदह–६, कीर्तिपुर, काठमाडौं

सम्पर्क: ९८५११९७७८६ तथा ९७६८५५४७८९

ईमेल: symphony.petals@gmail.com

Overview

Category Agriculture
Openings 1
Position Type Contract
Experience 1+ years
Education SLC / SEE
Posted Date 26 Apr, 2026
Apply Before 08 May, 2026
City Kathmandu