फिल्ड सुपरभाइजर (Field Supervisor)

National Farmers Group Federation Nepal (NFGF Nepal)

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

(पूनः प्रकाशित)

मिति २०८३ जेठ, ३ गते

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सम्बन्धित सरकारी निकायहरूमा दर्ता भएका कृषक समूह, पशु सेवा समूह र कृषि सहकारीहरूको छाता संगठन हो । यस महासंघले सिमान्तकृत, भूमिहिन, महिला र साना किसानहरूको क्षमता विकासको माध्यमबाट अधिकारमा पहुँच स्थापना एवं किसानको जिवनस्तरमा सकारात्मक परिवर्तनको लागि कार्यरत रहदै आएको छ ।

महासंघले जलवायुमैत्री गाउँ नेपाल परियोजना (Climate Smart Village Nepal Project) सँग सम्बन्धित गतिविधिहरू मार्फत लक्षित वर्गको पोषणमा पहुँच साथै जलवायुमैत्री जीविकोपार्जनमा टेवा  पुर्याउने उद्देश्यले केएर नेपालसँगको सहकार्यमा सिरहा र सप्तरी जिल्लाका स्थानीय सरकारहरूसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ । महासंघको मधेश प्रदेश कार्यसमितिको कार्यालय सिरहा एवं सम्बन्धित पालिकाहरुमा रही तपसिलको पदमा काम गर्न इच्छुक, योग्यता पुगेका नेपाली नागरिकहरुले तपसिलमा उल्लेखित ठेगानामा ८ जेठ, २०८३ सम्ममा रीतपूर्वकको निवेदन एवं बायोडाटा  पेश गर्न हुन अनुरोध गरिन्छ।

पदपद  संख्याशैक्षिक योग्यताआवश्यक अनुभव

फिल्ड सुपरभाइजर (Field Supervisor)

१ (एक)

जे.टी. वा जे.टी.ए. उत्तीर्ण

  • जलवायुमैत्री गाउँ, जलवायुमैत्री प्रविधि, जलवायुमैत्री गाउँसँग सम्बन्धित गतिविधिहरूमा अनुभव भएको ।
  • कृषक पाठशाला सञ्चालन गर्न सक्ने अनुभव भएको ।
  • कृषक समह, लक्षित समुदायहरूलाई परिचालन गर्न सक्ने अनुभव भएको ।
  • स्थानीय सरकार र अन्य सम्बन्धित सरोकारवालाहरूसँग समन्वय र सहकार्यको  अनुभव भएको ।
  • साना किसान, भमिहिन किसान, लक्षित समुदाय, जलवायुमैत्री गाउँ अभ्यास, पर्यावरणीय कृषि, पोषण बगैचा, व्यवहार परिवर्तन, स्वच्छ उत्पादन, उपभोगमा लैङ्गिक मूलप्रवाहिकरण गर्ने सम्बन्धित गतिविधि सहजिकरण गर्ने ज्ञान र सीप भएको ।
  • अधिकारमा आधारित अभियान, किसान अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा र खाद्य सम्प्रभुतामा सघन बुझाई र अनुभव भएको ।
  • स्थानीय उत्पादनमा सहजिकरण, विविधिकृत उत्पादन एवं  उत्पादनको बजारीकरणबारे ज्ञान भएको
  • सरोकारवालाहरू विच प्रभावकारी सञ्चार सीप साथै सामाजिक सञ्जालको प्रभावकारी उपयोग साथै कृषि एप्सहरू (प्रविधि) प्रयोग गरि सहजिकरण गर्न सक्ने सीप भएको ।
  • कार्यकम सम्पादन प्रतिवेदन लेखन, लैङ्गिक खण्डीकृत तथ्यांक संकलन, घटना अध्ययन लेखन, प्रभाव मुल्याङ्कन सीप भएको । 
  • GESI and Safeguarding संवेदनशीलता प्रति ज्ञान भएको ।
  • गैरसरकारी संस्था वा महासंघ प्रकृतिको संगठनमा रहि कृषि प्राविधिक भई समुदाय परिचालनको जिम्मेवारीमा कम्तिमा २ वर्ष काम गरेको अनुभव भएको ।
  • महिला, दलित,  सिमान्तकृत र स्थानीय उम्मेदवारलाई छनौट प्रक्रियामा थप प्रोत्साहन दिइनेछ । 
  • निवेदन पेश गर्दा अपेक्षित तलब समेत उल्लेख गर्नुपर्नेछ ।
  • छोटो सूचिमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गराईनेछ ।
  • यौन शोषण, दुर्व्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।

दरखास्त साथ बुझाउनु पर्ने कागजातहरू

  • रितपूर्वकको निवेदन, बायोडाटा, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता र कार्य अनुभव प्रमाणपत्रहरूको प्रतिलिपि 
  • दरखास्त बुझाउने ठेगानाः ईमेल ठेगाना vacancy.nfgf@gmail.com मार्फत दरखास्त पेश गर्न सकिनेछ ।
  • दरखास्त बुझाउने अन्तिम मितिः  ८ जेठ, २०८३ सम्म 
  • छनौट विधीः लिखित र मौखिक

पदपूर्ति समिति

राष्ट्रिय कृषक समूह महासंघ नेपाल,

Overview

Category Agriculture, Development Project
Openings 1
Position Type Full Time, Contract
Experience Please check vacancy details.
Education JT / JTA
Posted Date 17 May, 2026
Apply Before 22 May, 2026
City Siraha