फिल्ड सहजकर्ता

MADE Nepal

Multi-dimensional Action for Development (MADE Nepal) is national organization working with target groups concerned stakeholders for improving livelihood and nutrition condition of people. The main areas of interventions of organization are social mobilization of community people, Economic Empowerment of target groups, Disaster Risk Reduction (DRR), Eco-tourism and Water Sanitation and Hygiene (WASH). It has worked mainly production, value chain and market system development in agriculture sector in 35 districts of Nepal.

Details / requirements:

 फिल्ड सहजकर्ताको आवश्यक्ता

विकास का लागि बहुआयामिक कार्य (मेड नेपाल) ले सीमान्तकृत समुदायमा आधारित एकीकृत कार्यक्रमको मार्फत उनीहरूको सामाजिक–आर्थिक अवस्था सुधार गर्न काम गरिरहेको छ, विशेष गरी जोखिममा परेका समुदायहरूको जीवनयापन केन्द्रित छ । मत्स्य परियोजना मार्फत (१) जलवायु स्मार्ट टेक्नोलोजीहरू समावेश गरी, (२) अन्तिम बजार सम्बन्ध र किसानहरूको आम्दानीमा सुधार गरेर, (३) किसानहरूको व्यापार विस्तार गर्न वित्तमा पहुँच बढाएर मूल्य श्रृंखलामा सुधारहरू मार्फत खाद्य सुरक्षा  र (४) सार्वजनिक र निजी क्षेत्रलाई बलियो बनाउने।

मेड नेपालले मत्स्य परियोजना मा काम गर्न उपयुक्त उम्मेदवारहरूबाट तल उल्लेखित पदका लागि आवेदन आह्वान गर्दछ ।

पद:  फिल्ड सहजकर्ता 

संख्या: केही 

१)  पदको संक्षिप्त: 

फिल्ड सहजकर्ता (AFF) ले माछा पालक किसान र अन्य सरोकारवालाहरुको तथ्याङ्क संकलनमा महत्वपूर्ण भूमिका खेल्नेपर्नेछ । मत्स्यपालक कृषक समुहको गठन र विकासमा सहजीकरण गर्ने , माछापालन, ह्याचरी, नर्सरी सञ्चालक, उत्पादक र व्यापारीहरुको क्षमता अभिवृद्धि क्रियाकलापहरु सञ्चालन गर्ने पर्नेछ  । फिल्ड सहजकर्ता (AFF) समुह परिाचालनको लागि जिम्मेवार हुनेछन् । (AFF) ले परियोजना टोली र कार्यालयको सहकार्यमा काम गर्नेछन् र मत्स्य विशेषज्ञलाई रिर्पोट पेश गर्नुपर्नेछ ।

२)  कामको जिम्मेवारी: 

चयन गरिएको उम्मेदवार निम्न कार्यहरुको लागि जिम्मेवार हुनेछन:

क)  माछा पालक कृषक र अन्य सरोकारवालहरुको तथ्याङ्क तयार गर्ने ।

  • कार्य क्षेत्रका माछा किसानहरु, ह्याचरीहरु, नर्सरीहरु र दाना मिलहरुको, विस्तृत सूची संङ्ककलन गर्नुपर्नेछ  ।
  • माछापालन उपकरण, दाना, र अन्य आवश्यक स्रोतहरु आपूर्ति गर्ने व्यवसाय र व्यक्तिहरुको बारेमा जानकारी सङ्कलन गर्नुपर्नेछ । 
  • मत्स्य व्यवस्थापनमा सहयोग गर्ने र सरकारी कार्यलयहरु र संस्थाहरुको विवरण सङ्कलन गर्नुपर्नेछ । 

ख)  गाउँ/नगर पालिका भित्र माछा कृषक समुह (FFG) गठन र विकास:

  • माछापालनमा रुचि राख्ने व्यक्ति वा विद्यमान समुहहरुको पहिचान गर्ने ।
  • नयाँ कृषक समूहहरुको गठनलाई व्यवस्थित र सहजीकरण गर्नुपर्नेछ ।
  • यी समुहहरु प्रभावकारी रुपमा कार्य गर्न , निरन्तर सहयोग र  मार्गदर्शन प्रदान गर्नुपर्नेछ ।
  • समूहका सदस्यहरुबीच सहकार्य र ज्ञान आदनप्रदानलाई प्रोत्साहित गर्नुपर्नेछ । 

ग)     माछा पालक समुहका लागि क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्नेछ ।

  • किसान समूहहरुको लागि नियमित प्रशिक्षण , कार्यशालाहरु र बैठकहरु आयोजना प्रदान गर्ने । 
  • माछा पालन प्रविधि, उत्पादन व्यवस्थापन, लैङ्गिक समावेशीकारण, पोषण अभ्यास र बजारीकरण रणनीतिहरु जस्ता विषयहरु समावेश गर्ने ।
  • सहभागीहरुको विशिष्ट आवश्यकताहरु र ज्ञान स्तरको आधारमा सिकाउने ।

घ)     बजारहरुमा सामाग्रीहरुको पहुँचमा सुधार गर्न सहयोग गर्ने (उदाहरणका लागि, दाना, वीउ, मल, वित्त):

  • माछापालनका लागि आवश्यक पर्ने आवश्यक स्रोतसाधनको पहिचान गरी पहुँचलाई सहजीकरण गर्ने ।
  • किसानलाई दाना, विउविजन र मलको भरपर्दाे आपूर्तिकर्ता, बैंक, लघु–वित्त संस्था र बजारसंग समन्वय गर्ने  ।

ङ)     किसानको माछापोखरी, हचरी, नर्सरी र दाना मिलको भ्रमण गर्ने ।

  • माछा वृद्धि र स्वास्थ्य मूल्यांकनको लागि माछाको नमूनामा किसानहरुलाई सहयोग गर्ने ।
  • पानीको गुणस्तर, माछाको स्वास्थ्य र वृद्धिको अनुगमन ।

च)     माछा वृद्धि र स्वास्थ्य नमुना:

  • माछा स्वास्थय र रोगमुक्त छ कि छैन भनेर नियमित जाँच गर्ने ।
  • समुदायभित्रका माछापालक कृषकहरुवीच ज्ञान आदानप्रदानलाई सहजीकरण गर्ने ।

छ)     माछा किसानहरुको संजाल र माछा मार्केटिंग उत्पादनहरुलाई सहयोग  ।

  • किसानहरुको संजाल र वजारीकरणमा सहजीकरण गर्ने ।

ज)     प्रदर्शन पोखरीहरु स्थापना गर्ने र फिल्ड तथ्याङक र परिणमहरुलाई प्रसार गर्न ।

  • राम्रो अभ्यास र नवीनताहरु प्रदर्शन गर्न प्रदर्शन पोखरीहरु स्थापना गर्ने ।
  • समुदायका सदस्यहरुलाई प्रदर्शन पोखरीहरुवाट भ्रमण गर्न र सिक्नको लागि फिल्ड दिवसहरु आयोजना गर्ने ।
  • यी प्रदर्शनहरुवाट सिकेका राम्रो नतिजाहरुलाई प्रचार प्रसार गर्ने ।

झ)     किसानको दैनिक अभिलेख पुस्तिका जाँच गर्न:

किसानहरुले आफ्नो दैनिक कार्यहरुको सही रेकर्डहरु राख्न सुनिश्चित गर्ने 

कृषि व्यवस्थापन अभ्यासहरुको मूल्यांकन गर्न यी रेकर्डहरु पुनरावलोकन गर्ने ।

ञ)     परियोजना टोलीले अनुरोध गरे अनुुुसार सान्दर्भिक तथ्याङ्क, सुचना र अभिलेखहरुको संकलन:

  • जलीय कृषि गतिविधीहरु, उत्पादन र सामुदायिक संलग्रतामा तथ्याङक  लिने  ।
  • परियोजना रिपोटिंगको  लागि आवश्यक जानकारी र रेकर्डहरु संकलन गर्ने ।

ट)     मत्स्य विशेषज्ञलाई सिधै रिपोटिंग:

  • मत्स्य विशेषज्ञसंग नियमित संञ्चार कायम गर्दै, परियोजनाका प्रगति र   चुनौतिहरुलाई अध्यावधिक गर्ने ।
  • परियोजना लक्ष्यहरु प्राप्त गर्न विशेषज्ञसंग नजिकवाट सहयोग लिने । 

३)     योग्यता र आवश्यकताहरु: 

क)     न्यूनतम शैक्षिक आवश्यकता:

  • उच्च माध्यमिक शिक्षा (10+2) मा मत्स्यपालन, पशु चिकित्सा,कृषि वा CTEVT बाट JT/JTA पास गरेको हुनुपर्ने  ।
  • मत्स्यपालन सँग सम्वन्धित क्षेत्रमा पूर्व अनुभव र प्रशिक्षण भएका उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ । 
  • कृषि, पशुपन्छी, पोल्ट्री र मत्स्यपालन जस्ता क्षेत्रमा साना व्यवसायमा सक्रिय रुपमा संलग्र लक्षित समुदायका उम्मेदवारहरुलाई प्राथमिकता दिईनेछ । 
  • उम्मेदवार परियोजना लागु भएका जिल्लाहरुको स्थानीय बासिन्दो हुनुपर्नेछ ।

ख)     परियोजना लागु भएका जिल्लाहरु: झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, कास्की, नवलपुर, नवलपरासी र रुपन्देहि आदि )

ग)     रोजगारको अवधि: यी पदहरु अस्थायी छन् र परियोजनाको अवधि र आवश्यकता  अनुसार   हुनेछ ।   

घ)     आवेदन संग पढाउनु पर्ने  कागजातहरु:

  • निवेदन
  • नागारीकताको प्रतिलिपी
  • शैक्षिक योग्यताको प्रतिलिपी 
  • बायोडाटा

ङ)     आवेदन बुझाउने अन्तिम मिती: २०८१ बैशाख १५ गते सम्म ।

च)     आवेदन बुझाउने ठेगाना: 

Email: vacancy.madenepal@gmail.com अथवा मेड नेपाल, केन्द्रिय कार्यालय भरतपुर–

०९, शरतपुर चितवन ।

नोटः संक्षिप्त सुचिमा परेका उमेदवारहरुलाई मात्र अन्तर्वार्तामा समावेश गरिने छ।

Overview

Category Development and Project, Development / NGO
Openings 1
Position Type Fixed Term
Experience Please check details below.
Education Please check details below.
Posted Date 10 Apr, 2024
Apply Before 27 Apr, 2024
City Chitwan