फिल्ड अधिकृत

Bheri Environmental Excellence Group (BEE-Group) Banke

Details / requirements:

भेरी वातावरणीय विशिष्टता समूह 

(BEE-Group)

कर्मचारी पदपूर्ति सम्बन्धी सूचना

(दोस्रो पटक सुचना प्रकाशन मितिः वि.सं. २०८३ असार ३० गते तदनुसार जुलाई १४, २०२६)

भेरी वातावरणीय विशिष्टता समूह (BEE Group) सन् २००० मा बाँके जिल्लामा दर्ता भई स्थापना भएको नाफारहित गैरसरकारी संस्था हो । समतामूलक, स्वस्थ, सुरक्षित र आत्मनिर्भर समाजको स्थापना गर्ने परिकल्पना सहित स्थापना भएको यस संस्थाले मानवअधिकारको संरक्षण र प्रवद्र्धन, वातावरण तथा जैविक विविधताको संरक्षण र सामुदायीक विकासको क्षेत्रमा काम गरिरहेको छ । सामाजिक न्याय, अर्थपूर्ण सहभागीता सहित स्रोतमा समान पहुँच, दीगो विकास र सामाजिक रुपान्तरणका लागि प्रणालीगत सुदृढिकरणका लागि क्रियाशिल यस संस्थाले विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकुलन, स्वास्थ्य र पोषण, पेशागत स्वास्थ, शिक्षा, खानेपानी सरसफाई र स्वच्छता एवम् जिविकोपार्जनका क्षेत्रमा संस्थाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्ला एवम् सुदुरपश्चिम प्रदेशका कैलाली जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।      

यसै सन्दर्भमा संस्थाले CARE Nepal र iDE Nepal सँगको सयुक्त साझेदारीमा बाँके जिल्लाका खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा लक्षित समुदायको खाद्य सुरक्षा, एकहजार दिनका बच्चा र आमाको पोषण र स्वास्थ्य अवस्थामा सुधार, खानेपानी, सरसफाई र स्वच्छता व्यवहार सबलीकरण एवम् पोषणमैत्री स्थानीय शासन प्रणालीलाई सुदृढीकरण गर्न Nurture Every Future; Mother Childhood Wellbeing (पोषण) परियोजना सञ्चालन गरिरहेको छ । उल्लेखित परियोजनाका लागि तपशिल बमोजिमका कर्मचारीहरू पदपूर्ति गर्नुपर्ने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट निवेदन पेश गर्न अनुरोध गर्दै यो दरखास्त आह्वान गरिएको छ । 

तपसिल

१. पदः फिल्ड अधिकृत

पद संख्याः ३ जना 

कार्यक्षेत्रः बैजनाथ र खजुरा गा.पा.: १ जना, जानकी र डुडुवा गा.पा.: १ जना, राप्तीसोनारी गा.पाः १ जना (सम्बन्धित पालिकामा बसेर कामा गर्नुपर्नेछ ।) 

शैक्षिक योग्यता र कार्यानुभवः मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य वा पोषण वा कृषि वा सामाजिक विज्ञान विषयमा स्नातक तह उतिर्ण गरी पोषणमैत्री स्थानीय शासन र बहुक्षेत्रीय पोषण योजनाका क्षेत्रमा कम्तिमा ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।  

Link 1 : JD of Field Officer

Link 2 : BEE Group_Application_Form

छनौटका लागि सञ्चालन गरिने परिक्षाको किसिमः लिखित र मौखिक दुबै 

आवेदन दिने प्रक्रियाः

माथि उल्लेखित कागजातको प्रतिलिपी सहित यस सूचनासँग संलग्न भएको संस्थाको निवेदन ढाँचामा व्यक्तिगत विवरण तयार गरी यस संस्थाको इमेल ठेगाना beegroup.vacancy@gmail.com मा पठाउन सकिने छ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका दरखास्त उपर कुनै कारबाही गरिने छैन ।  

सहजकर्ता पद छनौट गर्दा परियोजना सञ्चालन भएका सम्बन्धित गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने उम्मेदवारलाई प्राथमिकता दिईने छ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र लिखित परिक्षामा समावेश गराईने छ । समाजमा पछाडि पारिएका सिमान्तकृत समुदायहरू: दलित, मुस्लिम, मधेशी, जनजाति, महिला, यौनिक अल्पसंख्यक, अपाङ्गता भएका स्थानीय व्यक्ति आदिलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहन गरिन्छ । यस संस्थामा काम गर्न इच्छुक उम्मेदवारले संस्थाको यौन उत्पीडन, शोषण, दुर्व्यवहार र बाल संरक्षण नीतिका प्रावधानलाई अक्षरशः पालना गर्न जिम्मेवार हुनुपर्ने छ । साथै दरखास्त पेश गर्ने व्यक्तिको यस संस्थामा कुनै नाता पर्ने व्यक्ति वा स्वार्थको द्वन्द्व आकर्षित हुने अवस्था छ भने निवेदनमा स्पष्ट उल्लेख गरी स्वःघोषणा गर्न अनुरोध गरिन्छ ।

दरखास्त पेश गर्ने अन्तिम मितिः २०८३ साल साउन ४ गते, सोमबार, तदनुसार जुलाई २०, २०२६ बेलुका ५:०० बजेभित्र । यदि दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा सोको लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजेसम्म दरखास्त पेश गर्न सकिने छ ।

Overview

Category Agriculture, Public Health, Social Science, Development Project, Nutrition
Openings 1
Position Type Full Time, Contract
Experience 3+ years
Education Bachelor's degree in a related field
Posted Date 14 Jul, 2026
Apply Before 20 Jul, 2026
City Banke