फिचर लेखन, टेलिभिजन कार्यक्रम तथा रेडियो जिङ्गल उत्पादनका लागि प्रस्ताव आह्वान

Nepal Voters Rights Forum

Details / requirements:

फिचर लेखन, टेलिभिजन कार्यक्रम तथा रेडियो जिङ्गल उत्पादनका लागि प्रस्ताव आह्वान

(Call for Proposals for Feature Article, Television Program, and Radio Jingle Production)

सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८३।०६।३०)

क) पृठभूमीः

नेपाल मतदाता अधिकार मञ्च (NVRF) ले युरोपियन यूनियन (EU)को मुख्य आर्थिक सहयोगमा नेपालमा सिमान्तकृत समुदायहरूमा पनि विशेषतः अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, राजनीतिक सहभागिता र प्रतिनिधित्व बढाउन द क्लेम ('Promoting Dignity and Political Participation of Persons with Disabilities in Nepal- The CLAIM') परियोजना कार्यान्वयन गरिरहेको छ । 

यस परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार, राजनीति र शासन प्रणाली, कानुनी ढाँचा, र राजनीतिक संस्थाहरूको भूमिका तथा जवाफदेहिताका बारेमा आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वको सवालहरूलाई नीतिगत छलफलको केन्द्रमा ल्याउन मिडिया सामग्री उत्पादन तथा प्रसारण गर्ने कार्यक्रम रहेको छ। यस्ता मिडिया संलग्नताका कार्यक्रमहरूबाट अपाङ्गता भएका व्यक्तिहरूको राजनीतिक सहभागिता र प्रतिनिधित्वका लागि सकारात्मक भाष्य र जवाफदेहिता निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा, तल उल्लेखित मिडिया सामग्री उत्पादन, प्रकाशन तथा प्रसारणका लागि इच्छुक, योग्य, अनुभवी, अपाङ्गता सम्बन्धी सवालमा संवेदनशील तथा गलत र भ्रामक सूचना वा घृणात्मक अभिव्यक्ति उत्पादन तथा प्रसारणमा संलग्न नभएका सञ्चार संस्था, सञ्चार विज्ञ वा लेखकहरूबाट आशयपत्र सहित आर्थिक तथा प्राविधिक प्रस्ताव आह्वान गरिन्छ।

१. फिचर लेख ( Feature Article) (४ वटा पालिकाको सन्दर्भमा ४ वटा फिचर लेख)

फिचर लेख मार्फत बनेपा, पाँचखाल, चन्द्रपुर र गुजरा नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको अर्थपूर्ण राजनीतिक सहभागिता, प्रतिनिधित्व तथा नेतृत्व विकासमा देखिएका अवरोध, सामाजिक दृष्टिकोण र चुनौतीहरूलाई दस्तावेजीकरण र उजागर गरी सरोकारवालाहरुको ध्यानाकर्षण गर्ने उद्देश्य राखिएको छ। फिचर लेख तयार पार्न स्थलगत अध्ययन, समूहकेन्द्रित छलफल, अन्तर्वार्ता, सरोकारवालासँग परामर्श र तथ्याङ्क तथा सन्दर्भ सामग्रीको समीक्षा गर्नुपर्नेछ। फिचर लेख अनलाइन तथा प्रिन्ट मिडियामार्फत समेत प्रकाशित गर्नुपर्नेछ। 

शैक्षिक योग्यता तथा अनुभव

  • आमसञ्चार तथा पत्रकारिता, समाजशास्त्र, राजनीतिशास्त्र, सामाजिक तथा लैङ्गिक अध्ययन, वा सम्बन्धित विषयमा स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
  • राष्ट्रिय सञ्चार माध्यममा अपाङ्गता, सामाजिक समावेशिता, मानव अधिकार, राजनीतिक सहभागिता, वा सीमान्तकृत समुदायसम्बन्धी फिचर लेखन, पत्रकारिता वा अनुसन्धानको क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनुपर्नेछ।
  • अन्तर्वार्ता, समूह केन्द्रित छलफल (FGD), प्रमुख सूचनादातासँगको अन्तर्वार्ता (KII) तथा स्थलगत अनुसन्धान गरेको अनुभव हुनुपर्नेछ।
  • अपाङ्गता भएका व्यक्तिको अधिकार, लैङ्गिक समानता, नेपालको राजनीतिक सहभागिता तथा सीमान्तकृत समुदायको अधिकार र समावेशितासम्बन्धी राम्रो बुझाइ हुनुपर्नेछ।

२. टेलिभिजन कार्यक्रम (TV Program) (६ वटा)

टेलिभिजन कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिका तथा अन्य सिमान्तकृत समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्व सम्बन्धी मुख्य सवालहरूलाई राष्ट्रिय बहसको विषय बनाउने, आम जनता तथा सामाजिक संस्थाहरूको ऐक्यवद्दताका लागि सकारात्मक भाष्य निर्माण गर्ने, तथा मुख्य राजनीति सरोकारवालाहरूको जवाफदेहिता खोज्न पहल गरिनेछ। टेलिभिजन कार्यक्रमहरू सरोकारवालाहरूसंगको परामर्श अन्तर्वार्ता, जनचेतनामूलक, विषयगत सम्वाद तथा स्थलगत रिपोर्टिङजस्ता ढाँचामा तयार गरी राष्ट्रियस्तरको टेलिभिजन च्यानलमार्फत प्रसारण गर्नुपर्नेछ। कार्यक्रमका विषयवस्तु तथा प्रस्तुति सरल, तथ्यमा आधारित, अपाङ्गता समावेशी, आकर्षक र आम नागरिकले सहज रूपमा बुझ्न सक्ने हुनुपर्नेछ। संस्थागत प्रस्तावलाई प्रोत्साहन गरिन्छ ।

योग्यता तथा अनुभव

  • राष्ट्रियस्तरका टेलिभिजन वा अन्य सञ्चारमाध्यममा अन्तर्वार्ता, जनचेतनामूलक कार्यक्रम, सामाजिक विषयवस्तुमा, टेलिभिजन कार्यक्रम उत्पादन, पत्रकारिता, दृश्य सामग्री निर्माण वा सञ्चार क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनुपर्नेछ।
  • कार्यक्रमको अवधारणा विकास, पटकथा लेखन, छायाङ्कन, सम्पादन, प्रस्तुति तथा प्रसारण व्यवस्थापनसम्बन्धी ज्ञान र अनुभव हुनुपर्नेछ।
  • अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको अधिकार, लैङ्गिक समानता, नेपालको राजनीतिक प्रणाली, राजनीतिक सहभागिता, प्रतिनिधित्व तथा नेतृत्व विकाससम्बन्धी राम्रो बुझाइ हुनुपर्नेछ।
  • यसअघि कार्यक्रम सञ्चालन वा उत्पादन गरेको भए उक्त कार्यक्रमको नाम, प्रसारण भएको टेलिभिजन च्यानलको नाम तथा उपलब्ध भएमा सम्बन्धित कार्यक्रमको लिङ्क अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

३. रेडियो जिङ्गल (Radio Jingle) (४ वटाः २ वटा नेपाली भाषामा र २ वटा बज्जिका भाषामा)

रेडियो जिङ्गलमार्फत अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वको विषयमा आम नागरिक, राजनीतिक दल तथा अन्य सरोकारवालाहरू माझ सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेछ। कुल चारवटा रेडियो जिङ्गलमध्ये दुईवटा नेपाली र दुईवटा बज्जिका भाषामा तयार गर्नुपर्नेछ। जिङ्गलको स्क्रिप्ट लेखन तथा सामाग्री तयार गर्दा समुदायको स्थलगत भ्रमण, स्थानीय समुदायसँगको परामर्श तथा उनीहरूको अनुभव र आवश्यकतामा आधारित विषयवस्तु समावेश गर्नुपर्नेछ। साथै, स्थानीय परम्परागत संस्कृति, लोकभाका, लोकसङ्गीत तथा मौलिक सांस्कृतिक शैलीलाई उपयुक्त रूपमा प्रयोग गरी सन्देशलाई सरल, आकर्षक, प्रभावकारी, र अपाङ्गता समावेशी बनाउनुपर्नेछ। संस्थागत प्रस्तावलाई प्रोत्साहन गरिन्छ ।

योग्यता तथा अनुभव

  • रेडियो कार्यक्रम वा जिङ्गल उत्पादन, श्रव्य सामग्री निर्माण, सङ्गीत संयोजन वा सञ्चार सामग्री उत्पादनको क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनुपर्नेछ।
  • नेपाली भाषामा प्रभावकारी श्रव्य सामग्री तयार गर्ने क्षमता हुनुपर्नेछ। बज्जिका भाषामा जिङ्गल लेखन, प्रस्तुति, अनुवाद वा उत्पादन गर्न सक्ने क्षमता तथा स्थानीय भाषिक परिवेशको ज्ञान भएको हुनुपर्नेछ।
  • अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको अधिकार, लैङ्गिक समानता, राजनीतिक सहभागिता, प्रतिनिधित्व र नेतृत्व विकाससम्बन्धी राम्रो बुझाइ हुनुपर्नेछ।
  • यसअघि उत्पादन गरेको भए फिचर लेखको तथा प्रकाशित भएमा लिङ्क अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।

ख) पेश गर्नुपर्ने कागजातहरूः

  • प्राविधिक र आर्थिक प्रस्ताव
  • संलग्न हुने विज्ञको व्यक्तिगत विवरण (CV)
  • PAN/VAT प्रमाण पत्रको प्रतिलिपि
  • संस्था भएमा संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • हालसालेको कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि ।

ग) आवेदन गर्नुपर्ने अन्तिम मिति र माध्यम:

ईच्छुक व्यक्ति वा संस्थाले २०८३/०७/१३ गते (30 October, 2026) अपरान्ह ५:०० बजे भित्र ई—मेल: (career.nvrf@gmail.com) मार्फत पेश गर्न सकिनेछ ।

[द्रष्टव्यः नेपाल मतदाता अधिकार मञ्चले प्राप्त आवेदनहरूको गुणस्तर तथा लागत प्रभावकारितालाई आधार मानी संस्थाको प्रतिस्पर्धात्मक खरिद प्रक्रिया अनुसार छनैाट गर्नेछ । साथै मञ्चले प्राप्त सबै आवेदनहरू अस्विकृत गर्ने अधिकार पनि सुरक्षित राख्दछ।]

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Request for Proposal - RFP
Position Type Contract
Posted Date 16 Oct, 2026
Apply Before 30 Oct, 2026
City Kathmandu