EOI आह्वान

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

EOI आह्वान

(Expression of Interest-EoI)

Terms of Reference (संदर्भ शर्तहरु)

विषय (Agenda): लोक सेवा तयारी कक्षा सम्बन्धमा ।

स्थान:– ग्रामीण नारी उत्थान संघ, हरिपुर ०२, सर्लाही

परिचयः ग्रामीण नारी उत्थान संघले २०५० साल देखि सर्लाही जिल्ला र केही बाहिरका जिल्लाहरुमा महिला सशक्तिकरण, नागरिक अधिकार, स्वशासन, सुशासन, शान्ति र समावेशिकरण, प्रकोप व्यवस्थापन तथा जोखिम न्युनिकरण, लैङ्गिक समता, दिगो कृषि, जीविकोपार्जन, वाल अधिकार, वाल शिक्षा र वाल स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुका साथै जनसरोकारका सवालहरुमा काम गर्दै आएको एक गैर सरकारी संस्था हो । 

यसै सन्दर्भमा सेभ द चिल्ड्रेन र यस ग्रामीण नारी उत्थान संघको साझेदारीमा सञ्चालन भईरहेको समुन्नती परियोजना अन्तर्गत कार्यक्रमको योजना अनुरुप र लोक सेवा तयारी कक्षाका लागि एक दक्ष प्रशिक्षक आवश्यक पर्ने भएकाले संस्थाको खरिद समितिको बैठकले एक जना दक्ष प्रशिक्षक छनौटको लागि कम्तीमा ३ (तिन वटा) दरभाउ पत्र आह्वान गरी राम्रो दक्षता भएको र कम दररेटको बजेट प्रस्ताव गर्ने व्यक्ति वा संस्थालाई प्रशिक्षकको रुपमा छनौटको लागि कोटेशन आह्वान गरिएको छ । 

क्रियाकलापको लागि व्यक्ति/संस्थाले पालना गर्नु पर्ने सर्तहरु:

  • संस्थाको कार्यक्रम योजना अनुरुप कार्यक्रम गर्नु पर्ने साथै ९० दिन भित्रमा तालिम दिइसक्नु पर्ने ।
  • संस्थाको योजना अनुरुप सबै प्रक्रियाहरुको लागि सहभागी व्यवस्थापन गर्नु पर्ने छ, साथै तोकिएको मिती, समय, स्थानमा कार्यक्रम संचालन गर्नुपर्ने छ ।

कार्यक्रमको उदेश्य:

  • निजामति सेवामा सिमान्तकृत दलित समुदायको आकर्षण तथा पहुँच विस्तार गर्ने । 
  • निजामति सेवा प्रवेश पूर्वतयारीका लागि योग्य बनाउन सहयोग गर्ने ।

सेवा प्रदायकको जवाफदेहिता (Responsibility of Firm/Consultant)

  • प्रशिक्षक अर्थात् स्रोत ब्यतिमा सहजिकरण गर्ने क्षमता तथा सीप राम्रो हुनुपर्नेछ साथै मान्यता प्राप्त संस्थावाट तह र चरण अनुसार सम्बन्धित विषयमा तालिम प्राप्त गरेको प्रमाण–पत्र हुनुपर्नेछ ।
  • स्थानीय परिस्थिति अनुरुप तालिम स्थलमा पर्याप्त प्रकाश, हावा आवतजावत, फर्निचर तथा सरसफाईको अवस्था राम्रो भएको हुनुपर्नेछ ।
  • तालिम सामग्रीहरु उपलब्ध भएको हुनुपर्नेछ ।
  • प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक ज्ञान सगसँगै समय–समयमा मूल्यांकन पनि गरिनुपर्ने ।

प्रतिफल (Output/Deliverables)

  • निजामति सेवा तर्फ विषेशगरी दलित समुदायको आकर्षण तथा पहुँच विस्तार भई, निजामति सेवा प्रवेश पूर्वतयारीका लागि योग्य हुनेछन् ।
  • स्थानिय सरकार र समुदाय आदिमा दलित समुदाय लक्षित गरि दिईने यस्ता अवसरबारे सकारात्मक सन्देश प्रवाह हुनेछ ।

सहभागि ( Participants)

  • ईश्वरपुर र हरिपुर नगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने छ ।

स्थान (Location)

  • कक्षा संचालन हरिपुर न.पा. अथवा ईश्वरपुर न.पा. भित्र गर्ने सहमत रहेको ।

आवश्यक कागजातः

  • निवेदन दिने संघ– संस्था नेपाल सरकारको सम्बन्धित निकायमा (दर्ता प्रमाणपत्र, पान/भ्याट, नविकरण, करचुक्ता प्रमाणपत्र, बिगतमा काम गरेको अनुभबको कागजात )
  • ब्यक्ति भएमा बायोडाटा, बिगतमा काम गरेको अनुभबको कागजात, शैक्षिक योग्यताको कागजात, व्यक्तिगत पान नं. आदि ।

ईच्छुक व्यक्ति वा फर्मले माथि उल्लेख गरिएका बुँदा अनुरुप ग्रामीण नारी उत्थान संघ, हरिपुर–२, सर्लाहीको तल उल्लेखित आधिकारीक ईमेल ठेगानामा यहि मिति २०८१।०१।२९ गते सम्ममा यस संस्थामा आईपुग्ने गरी कोटेशन माग गरिएको छ ।

ईमेल: rwua.vacancy@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 06 May, 2024
Apply Before 11 May, 2024
City Sarlahi