Driver cum Office Assistant (ड्राइभर तथा कार्यालय सहायक)

FEDO

Details / requirements:

Vacancy Announcement

दलित महिला संघ (फेडो) नेपालको एक मात्र नाफा रहित दलित महिलाको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था हो जसले विगत ३२ वर्ष देखी नेपालमा दलित महिला तथा दलित समुदायको हक हितमा कार्य गर्दै आईरहेको छ साथै नेपालमा दलित तथा महिलाका अधिकार प्रवर्द्धनका लागि अग्रणी रूपमा कार्यरत संस्था हो । FEDO ले न्यायपूर्ण र समानतामूलक समाजको परिकल्पना गर्दै दलित महिला तथा बालिकालाई आफ्ना सबै कार्यक्रमहरूको केन्द्रमा राख्दै आएको छ। संस्थाले आर्थिक सशक्तीकरण, मानव अधिकार तथा न्यायमा पहुँच, नेतृत्व विकास, समावेशी शासन, सामाजिक न्याय तथा लैङ्गिक संवेदनशील मानवीय सहायता प्रवर्द्धनमार्फत दलित, महिला तथा अन्य सीमान्तकृत समुदायको सशक्तीकरणमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

यसै सन्दर्भमा कार्यालयका कार्यहरूलाई थप प्रभावकारी र सहज बनाउनका लागि Driver cum Office Assistant पदमा रिक्ति रहेकाले योग्य उम्मेदवारहरूबाट आवेदनका लागि सूचना आह्वान गरिएको छ।

पद: Driver cum Office Assistant (ड्राइभर तथा कार्यालय सहायक)

रोजगार प्रकार: पूर्णकालीन (Full Time)

पद संख्या:

तलब: संस्थाको नियम अनुसार (Negotiable)

कार्यस्थल: ललितपुर 

मुख्य जिम्मेवारीहरू 

  • सवारी साधन सुरक्षित रूपमा सञ्चालन गर्ने तथा दैनिक जाँच, सरसफाइ र नियमित मर्मत सुनिश्चित गर्ने।
  • ट्राफिक नियम तथा संस्थागत नीति पुर्ण रुपमा  पालना गरी  कार्य गर्ने।
  • सवारी साधनको लगबुक अद्यावधिक रूपमा व्यवस्थापन गर्ने।
  • कर्मचारी तथा पाहुनाहरूको सुरक्षित आवतजावत सेवा प्रदान गर्ने।
  • स्क्यानिङ, फोटोकपी, कागजात व्यवस्थापन तथा अन्य प्रशासनिक कार्यमा सहयोग गर्ने।
  • आवश्यक्ता अनुसार  बैंक, सरकारी कार्यालय तथा अन्य प्रशासनिक कार्यहरू सम्पादन गर्ने।
  • कार्यालयका दैनिक कार्यहरूमा सहयोग गर्ने।

आवश्यक योग्यता

  • कम्तीमा SEE/SLC उत्तीर्ण।
  • मान्य ड्राइभिङ लाइसेन्स अनिवार्य।
  • सम्बन्धित क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव।
  • MS Office, Email तथा Internet को आधारभूत ज्ञान।
  • राम्रो सञ्चार र समय व्यवस्थापन क्षमता।
  • फिल्ड तथा यात्रा गर्न इच्छुक।
  • NGO अनुभव तथा दुई/चारपांग्रे सवारी लाइसेन्सलाई प्राथमिकता दिइनेछ।

आवेदन प्रक्रिया

योग्य उम्मेदवारहरूले आफ्नो CV तथा आवश्यक कागजातहरू संलग्न गरी निम्न इमेलमा आवेदन दिनुहुन अनुरोध गरिन्छ:

recruitmentfedonepal@gmail.com - छनोटमा परेका उम्मेदवारलाई मात्र सम्पर्क गरिनेछ।

For further information about FEDO, please visit our website: www.fedonepal.org

Feminist Dalit Organization (FEDO)

Head Office: G.P.O Box: 4366(Kathmandu),

Kupondole, Lalitpur, Nepal

Overview

Category Development Project, Driver
Openings 1
Position Type Full Time
Experience 3+ years
Education SLC / SEE
Posted Date 26 May, 2026
Apply Before 05 Jun, 2026
City Lalitpur