Dialogue facilitators

Pro Public

Details / requirements:

आवश्यक्ता

जिआइजेडसँगको सहकार्यमा जनहित संरक्षण मञ्च (प्रो पब्लिक) द्वारा कर्णाली प्रदेशका ५ स्थानिय तहहरूः सुर्खेतको बिरेन्द्रनगर र भेरीगंगा, दैलेखको नारायण र दुल्लु, हुम्लाको सिमकोटका साथै सुदुरपश्चिम प्रदेशका ५ स्थानिय तहहरू कैलालीको धनगढी र गोदावरी, डडेल्धुराको अमरगढि र आलिताल, डोटीको जोरायल गरी जम्मा १० पालिकाहरूमा “संवादमार्फत महिलाको आर्थिक उन्नतिको लागि अनुकूल वातावरण सिर्जना” परियोजना सञ्चालन हुँदैछ । उक्त पालिकाहरूमा संवादको माध्यमद्वारा महिलाको सम्पत्तिमाथिको स्वामित्व तथा निर्णय गर्ने क्षमता बिकासमा सहयोग गर्न सामाजिक संवाद समुहहरूको निमार्ण गरी श्रेणिबद्द संवादहरू सञ्चालन गर्नका निमित्त संवाद सहजकर्ताहरू छनौट गनुपर्ने भएकाले योग्य र इच्छुक स्थानिय नागरिकहरूलाई २०८२ चैत्र २७ गतेभित्र आवेदन पेश गर्नुहुन सूचित गरिन्छ ।

योग्यता, सेवा तथा शर्तहरू:

१. छनोट गरिने संख्याः प्रत्येक पालिकाबाट २ देखि ३ जना, 

२. उमेरः २५ वर्ष पुरा भई ५०  वर्ष ननाघेको, 

३. शिक्षाः कम्तिमा १२ कक्षा उतिर्ण,   

४. सात चरणको संवादको लागि २०८३ साल बैशाखमा सम्पन्न हुने ५ दिने आधारभूत तालिममा पूर्णरुपमा सहभागिताका लागि प्रतिवद्ध, 

५. सामाजिक क्षेत्रमा अनुभवी तथा समुदायमा कार्य गर्न इच्छुक र प्रतिवद्ध, 

६. महिला, युवा तथा लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरू,

७. आदिबासी, दलित तथा सिमान्तकृत समुदायका ब्यक्तिहरू,

८. राजनीतिक दलमा मताधिकार बाहेक अन्य हिसाबले सक्रियता नभएको र राजनीतिक तटस्थता कायम गर्न सक्ने, 

९. बसाइसराई, रोजगारी, उच्च शिक्षा, व्यापारका लागि पालिका बाहिर जाने योजना नरहेको ।

इच्छुक स्थानिय नागरिकहरू तलको इमेल ठेगानामा बायोडाटा, आबेदन र तलका प्रश्नहरूलाई सम्बोधन गरेको कपि पेश गरेर वा तल दिइएको क्युआर कोर्ड स्क्यान वा लिंकमार्फत गुगुल फर्म भरी २०८२ साल चैत २७  गतेसम्म निवेदन पेश गर्न सकिनेछ ।  नागरिकताको प्रतिलिपि र एकप्रति फोटोसमेत संलग्न गर्नुहुन अनुरोध गरिन्छ । ब्यक्तिगत सम्पर्क तथा भनसुनहरू नगर्नु र नगराउनुहुन अनुरोध गरिन्छ ।

सम्बोधन गनुपर्ने प्रश्नहरू:

क. तपाईको सामाजिक क्षेत्रको अनुभव उल्लेख गर्नुहोस् । (१५० शब्दमा)

ख. कृपया आफ्नो संवाद सहजिकरणको अनुभवको सारांश प्रस्तुत गर्नुहोस् । (१५० शब्दमा)

ग. तपाईंलाई लैङ्गिक समानता र महिला सशक्तिकरणसँग सम्बन्धित विषयहरूसँग कस्तो अनुभव छ ? (१५० शब्दमा)

2Q==
QR code

निवेदन पेश गर्ने स्थानः

कार्यकारी निर्देशक

जनहित संरक्षण मञ्च (प्रो पब्लिक)

अनामनगर,काठमाण्डौ

इमेलः propublic.vacancy2024@gmail.com

गुगल फर्म: https://forms.gle/vXnL77VYsJE76F1c9


Overview

Category Development Project, NGO/INGO/Social work
Openings Few
Position Type Contract
Experience Please check vacancy details.
Education Intermediate (10+2)
Posted Date 01 Apr, 2026
Apply Before 10 Apr, 2026
City Kathmandu