च्यालेन्ज फण्ड अवधारणाका लागि आह्वान (Call for Challenge Fund Concepts)
Details / requirements:
युएसएआईडी नागरिक समाज र सञ्चार कार्यक्रम
च्यालेन्ज फण्ड अवधारणाका लागि आह्वान
युएसएआईडी नागरिक समाज र सञ्चार (सीएसएम) कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा सञ्चालित पाँच वर्षे (सन् २०२२ देखि २०२७ सम्म) परियोजना हो । प्याक्टसँगको सहकार्यमा द एशिया फाउण्डेशनद्वारा सञ्चालित यस कार्यक्रमले महिला, युवा तथा सीमान्तकृत समुदायका निम्ति र नेतृत्वमा सक्रिय नागरिक समाज र मिडियालाई सहयोग गर्दै सार्वजनिक चासो, आधारभूत स्वतन्त्रता र जवाफदेहिता प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । यो कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा सञ्चालित छ ।
युएसएआईडी सीएसएम कार्यक्रमले आफ्नो लक्ष्यसँग मिल्दोजुल्दो विषयमा विभिन्न संस्था, समूह वा सञ्जाललाई च्यालेन्ज फण्ड उपलब्ध गराउँछ । स्थानीय मुद्दालाई स्थानीय तवरमै सम्बोधन गर्ने नवीन एवं रचनात्मक सोचमा आधारित नतिजामुखी कार्यक्रमको कार्यान्वयनका लागि अनुदान उपलब्ध गराउनु च्यालेन्ज फण्डको उद्देश्य हो । यही उद्देश्यअनुरूप युएसएआईडी सीएसएम कार्यक्रमले तीन फरक विषयमा च्यालेन्ज फण्ड घोषणा गरेको छ ।
क) सबल र समावेशी मिडिया च्यालेन्ज फण्ड (Media Sustainability, Diversity and Inclusion (SDI) Challenge Fund)
Link: https://download&id=1LCMxYUi
ख) जवाफदेही, उत्तरदायी र समावेशी शासन च्यालेन्ज फण्ड (Accountability, Reponsive and Inclusivity (ARI) in Goverance Challenge Fund)
Link: https://download&id=1Xjkpo49
ग) साँस्कृतिक सम्बन्धक च्यालेन्ज फण्ड (Cultural Connectors Challenge Fund)
Link: https://download&id=1Fo7eRsXu_
इच्छुक संस्थाले माथिका तीनमध्ये कुनै एक वा एकभन्दा बढी च्यालेन्ज फण्डका लागि मिति जेठ २०, २०८१ (June 2, 2024) सम्म आफ्नो संक्षिप्त अवधारणा पठाउन सक्नेछन् । माथि उल्लेखित हरेक च्यालेन्ज फण्डको लिंकबाट थप जानकारी प्राप्त गर्न सकिन्छ । च्यालेन्ज फण्डका लागि अवधारणा पठाउने तरिका, माध्यम, र आवश्यक मापदण्ड लगायतका विवरण पनि लिंक क्लिक गर्दा खुल्ने पेजमै उपलब्ध छन् ।
यस प्रस्ताव आव्हान सम्बन्धि अन्य जानकारीका लागि पूर्व-आवेदन जानकारी सत्र जेठ १४, २०८१ मा आयोजना गरिने छ। दिइएको लिंकमा गई पूर्व-आवेदन जानकारी सत्रका लागि दर्ता गर्न सकिने छ https://shorturl.at/tCXjw
USAID Civil Society and Media
Call for Challenge Fund Concepts
The Civil Society and Media (CSM) Activity is a five-year program (2022-2027) funded by USAID in Nepal through the CSM-STAND-LWA, with The Asia Foundation as the lead implementer. USAID CSM supports independent civil society and media led by and for women, youth, and marginalized communities to advance public interest, fundamental freedoms, and accountability. The program is being implemented in Lumbini and Madhesh Provinces.
USAID CSM provides Challenge Funds to organizations, groups, or networks in different thematic areas aligned with its overarching goal and objectives. Challenge Funds create opportunities for various organizations to ideate and implement innovative and creative program ideas to address local challenges at the local level.
USAID CSM announces Calls for Challenge Fund Concepts in three thematic areas:
- Media Sustainability, Diversity and Inclusion (SDI) Challenge Fund
- Accountability, Responsive and Inclusivity (ARI) in Governance Challenge Fund
- Cultural Connectors Challenge Fund
Interested organizations can send their concepts for one or more Challenge Funds by June 02, 2024. The details of each Challenge Fund, including ways of submission and eligibility criteria, can be accessed by clicking the links above.
For more information, a virtual pre-bid information session will be held on May 27, 2024. Please click the link to register for the session: https://shorturl.at/tCXjw
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 21 May, 2024 |
| Apply Before | 02 Jun, 2024 |
| City | Kathmandu |