बैयक्तिक बिकास पाश्वचित्र निर्माण सम्बन्धी सूचना

SOSEC Nepal

Details / requirements:

बैयक्तिक बिकास पाश्वचित्र निर्माण सम्बन्धी  सूचना

प्रथम पटक प्रकाशित मिति २०८३ भदौ महिनाको २२ गते

सोसेक नेपाल, नेपालको ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका तथा पछाडि पारिएका नागरिकको सामाजिक आर्थिक तथा सांस्कृतिक अवस्थाको वृहत्तर सुधारका लागि मुनाफा रहित सेवा प्रदायक संस्थाको रूपमा २०५४ सालमा स्थापना भएको सामाजिक संस्था हो । यस संस्थाले कर्णाली प्रदेश लगायत सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका ग्रामीण समुदायमा बसोबास गर्ने पिछडिएका समुदायको सामाजिक, आर्थिक र सांस्कृतिक स्थितिमा सुधारका लागि विभिन्न निकायको सहकार्य र सहयोगमा विभिन्न परियोजना कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको छ । संस्थाले लक्षित समुदायका लागी विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।  क) असमानता विरुद्ध वकालत (सामाजिक न्याय), ख) उत्थानशिल जिबिकोपार्जन, ग) सुरक्षा र जिबन रक्षा, घ) स्वच्छता स्वास्थ्य तथा पोषण, ङ) जिवन उपयोगि तथा समावेशी शिक्षा र च) बाल समृद्धि । सोसेक नेपाल महिला तथा बालबालिकाको संरक्षण सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीति अबलम्बन गर्दै आइरहेको छ ।

यस संस्थाको खरिद समितिको मिति २०८३ साल भदौ १२ गतेको निर्णय अनुसार यस संस्थाको सानो कदम उज्ज्वल भविस्य (सार्थक) परीयोजनको लागी अबश्यक पर्ने यस चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख का सबै व अपाङ्गता भएका र सम्भाबित अपाङ्गता भएका ० देखि १८ बर्ष सम्मका बालबालिकाको बैयक्तिक बिकास पाश्वचित्र निर्माण गर्नुपर्ने भएकोले सेवा अपुर्तिका लागी ईच्छुक ब्यक्ति, फर्म र कम्पनीका लागी यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र संस्थामा कार्यको प्रस्तावना,आवश्यक कागजात र दरभाउ सहित संस्थाबाट उपलब्ध फाराम भरि  संस्थाको इमेल procurement@sosec.org.np स्वयम, प्रतिनिधी उपस्थितभई वा इमेल मार्फत पेश गर्नका लागी यो सुचना प्रकाशन तथा प्रशारण गरिएको छ । 

तपशिल

आवश्यक सेवा । सामाग्री

१) अपाङ्गता भएका र सम्भाबित अपाङ्गता भएका ० देखि १८ बर्ष सम्मका बालबालिकाको बैयक्तिक बिकास पाश्वचित्र निर्माण (पालिकास्तरका सरोकाला संगको बैठक, तथ्याङ्क संकलनकर्ता छनौट तालिम तथा परिचालन, कोबो टुलबक्स प्रश्नावलि निर्माण, तथ्याङ्क संकलन तथा बिश्लेषण, बिषय बिज्ञ परिचालन, र पाश्वचित्र निर्माण तथा छपाई नेपाली र इङ्लीस दुइटै भासामा)

दरभाउ पेश गर्दा पालना गर्नुपर्ने शर्तहरू:

२) बिषय बिज्ञ र टिम लिडरको बायो डाटा,

३) आर्थिक तथा प्राबिधिक प्रस्तावना (पाश्वचित्र निर्माण खर्च, निर्माण प्रकृया, बिधि, तथ्याङ्क संकलन औजार तथा प्रबिधि, नमुना प्रश्नावली, कार्ययोजना आदी सहित) 

४) संस्थागत भएमा, फर्म दर्ता तथा नविकरणको प्रतिलिपी 

५) स्थायी लेखा नम्बरको प्रतिलिपी 

६) आ।ब। २०८१र८२ वा २०८२र८३ को करचुत्ता प्रमाण पत्रको प्रतिलिपी 

दरभाउ पेश गर्दा 

१) खाममा शिलबन्दी पेश गर्नु पर्ने छ । 

२) तोकिएको समयमा उपलब्ध गराउन सक्ने सप्लायर्स वा ब्यक्तिलाई प्राथमिकता दिईने छ । 

३)दरभाउ पत्र खोल्ने समयमा सप्लायर्स आफै अथवा प्रतिनिधि उपस्थीत हुनु पर्नेछ । यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन । 

४) आवश्यक पर्ने कागजात नभएमा त्यसको कुनै पनि मूल्याकन गरिने छैन । 

५) केरमेट भएको, दरभाउको मुल्याकन गरिने छैन र ब्यक्ति, कम्पनी तथा फर्मको नाम अनिबार्य उल्लेख गर्नुपर्ने छ 

६) अन्य यस संस्थाको खरिद नियमावलीनुसार हुने छ । 

७) दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगानाः  दरभाउ संस्थाको फिल्ड परियोजना कार्यालय जम्बुकाँध दैलेख

८) दरभाउ पत्र पठाउनु पर्ने अन्तिम मिति र समयः २०८३ साल भदौ २८ गते सम्म पेश गरि सक्नु पर्नेछ दरभाउपत्र मिति २०८३ भदौ २९ गते विहान ११ ;३० बजे खोलिने छ । 

९) दरभाउ पत्र पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार यस संस्थामा निहित रहनेछ ।

नोटः यस कार्यको बिस्तृत जानकारीका लागी तल दिइएको लिंङ्कमा गएर हेर्न सक्नुहुनेछ ।

https://docs.google.com/document/d/1JicRzbmVJH-MkCHnFXh1G-qUyGsgQlJE/edit?usp=drive_link&ouid=101184549262937684269&rtpof=true&sd=true

खरिद समिति, सोसेक, नेपाल

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 09 Sep, 2026
Apply Before 13 Sep, 2026
City Dailekh