बारबर (कपाल काट्ने) प्रशिक्षक (महिला मात्र)(Barber Trainer – Only Female)
Details / requirements:
आफन्त नेपाल (KIN NEPAL)
Vacancy No:06/2025 Published Date: 26 October 2025
आफन्त नेपाल मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यको अभियानमा क्रियाशील एक राष्ट्रिय गैरसरकारी संस्था हो । वि.सं २०६४ सालमा स्थापित यस संस्थाले नेपाल भारतको १२ वटा सीमानाकाका निगरानी केन्द्र मार्फत सीमा पार गर्न लागेका बालिका, किशोरी तथा महिलाहरुलाई बेचबिखनको जोखिमबाट बचाउन सूचना प्रवाह गर्ने, परामर्श दिने, बेचबिखनमा परेकालाई प्रहरीको सहायतामा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनस्र्थापनामा सहायता गर्दै आएको छ ।
संस्थाले बेचबिखन र लैङ्गिक हिंसाका गतिविधिहरुलाई समुदायस्तरबाटै नियन्त्रण गर्ने उद्देश्यले महिला समूह, किशोरी समूह तथा पुरुष रक्षक समूह गठन र परिचालनमा सहजीकरणसमेत गर्दै आएको छ ।
संस्थाले आफन्त इंडिया फाउण्डेशनसँगको सहकार्यमा मानव बेचबिखन र ओसारपसारको जोखिममा परेका महिला तथा किशोरीहरुलाई भारत लगायत अन्य मुलुकबाट उद्धार र स्वदेशफीर्तिमा पनि सहायता गर्दछ ।
उद्धार गरिएका, अति विपन्न र जोखिममा परेका किशोरी तथा महिलाहरुलाई भरतपुर चितवनमा रहेको सुरक्षित आवास गृह मार्फत मानोसामाजिक परामर्श र व्यावसायिक सीपमूलक तालिमहरु प्रदान गरी उनीहरुको आर्थिक–सामाजिक पुनस्र्थापना तथा जीवन रुपान्तरणको लागि कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यस सस्थालाई देहाय बमोजिमको ३ (तीन) महिनाको लागि कर्मचारीकोे पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिमका योग्यता पुगेका ईच्छुक नेपाली महिला नागरिकबाट आवेदनका लागि आव्हान गरिएको छ ।
पदः बारबर (कपाल काट्ने) प्रशिक्षक (महिला मात्र)(Barber Trainer – Only Female) | काम गर्नुपर्ने स्थान: सुर्खेत (कर्णाली प्रदेश) र नवलपुर (गण्डकी प्रदेश) | संख्याः २ जना |
न्यूनतम शैक्षिक योग्यता र अनुभव
| शिक्षा* | न्यूनतम शैक्षिक योग्यताः एस.ई.ई (SEE)उत्रीर्ण गरी कपाल काट्ने तालीम (Barber Training) पूरा गरी एक वर्षको कपाल काट्ने कामको अनुभव भएको वा कक्षा ८ उत्रीर्ण गरी कम्तीमा दुई वर्ष कपाल काट्ने कामको अनुभव भएको । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (CTEVT) बाट बारबर तालीममा लेभल १ उत्रीर्ण गरेकोलाई विशेष प्राथामिकता दिइने छ । |
| मुख्य जिम्मेवारीहरू |
|
| सीप तथा अनुभव |
|
माथि उल्लेखित योग्यता पुगेका नेपाली महिला नागरिकले यही कात्तिक १७ गते (3 November 2025) दिउँसो २:३० बजे भित्र jobs.kinnepal@gmail.com वा आफन्त नेपालको मुख्य कार्यालय ललितपुर सम्बन्धित जिल्ला शाखा कार्यालयमा आइपुग्ने गरी आवेदनपत्र (Application Letter) मा आफूले कार्य गर्न चाहेको स्थानसमेत उल्लेख गरी अध्यावधिक व्यक्तिगत विवरण (CV) पेश गर्नुहोला ।
छानिएका आवेदकहरुलाई मात्र छनौट प्रक्रियामा बोलाइने छ ।
छनौट गर्ने, नगर्ने, विज्ञापन स्थगित गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार आफन्त नेपालमा निहित हुने छ ।
पुनश्चः * बेचबिखन तथा हिंसाबाट प्रभावित योग्य व्यक्तिहरुको लागि शैक्षिक योग्यता बाधक हुने छैन ।
* योग्य स्थानीय महिला तथा मानव बेचबिखन र लैंगिक हिंसाबाट प्रभावितहरुलाई विशेष प्राथामिकता दिइनेछ ।
Overview
| Category | Other / Misc. |
| Openings | 2 |
| Position Type | Full Time |
| Experience | Please check vacancy details. |
| Education | Please check vacancy details |
| Posted Date | 26 Oct, 2025 |
| Apply Before | 03 Nov, 2025 |
| City | Lalitpur |