बोलपत्र आह्वान सम्बन्धमा
Detailed Job description / requirements:
विषयः बोलपत्र आह्वान सम्बन्धमा ।
सम्बन्धि ७ दिने सूचना!!!
प्रथम पटक प्रकाशित मितिः २०७९/१०/१६
बोलपत्र नं: २०७९/८०/००
दलित सहयोग समाज बझाङ्गले विगत १५ वर्ष देखि स्वास्थ्य, सरसफाई, शिक्षा, आयआर्जन, वित्तिय सेवा, क्षमता विकास, वन वातावरण, जववायु अनुकुलन तथा शान्ति निर्माणको क्षेत्रमा विभिन्न साझेदार संस्था र सरकारी निकायसँगको साझेदारीमा कार्य गरिरहेको छ । युनाईटेड मिसन टु नेपालसँगको साझेदारीमा बझाङ्ग जिल्लाको बुंगल नगरपालिकाको वडा नं. ४, ५ र ६ मा सञ्चालन रहेको वातावरीणय दीगोपनाका लागि जलवायु प्रभाव न्युनिकरण तथा अनुकुलन परियोजना अर्न्तगत ग्याविन बक्स जाली र सिमेन्ट सरीया र बाईन्डीङ्घ वायर खरिद गर्नुपर्ने भएकोले साम्रगी उपलब्ध गराउन सक्ने फर्मले यहि मिति २०७९/१०/२३ गते साँझ ५ बजेसम्म बोलपत्र पेश गर्न आह्वान गरिन्छ । बोलपत्र संस्थाको कार्यालय बझाङ्ग तथा अनलाईन JobsNepal मार्फत प्राप्त गर्न सकिनेछ । यदि बोलपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा लगतै कार्यालय खुलेको दिनको कार्यालय समय भित्र पेश गर्नुपर्नेछ । बोलपत्र छनौटका आधारहरु मुल्य, सामग्रीको गुणस्तर, आपुर्ति गर्ने समय र कार्य गरेको अनुभव आदि रहनेछ । थप बुझ्न वा विस्तृत जानकारी आवश्यक परेमा संस्थामा सम्पर्क गर्न सकिनेछ र बोलपत्र खोल्ने जानकारी पछि गराईनेछ तर उक्त समयमा बोलपत्र पेश गर्ने फर्मका प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै पनि बाधा हुनेछैन । म्याद नाघि आएका, तोकिएका मापदण्ड पुरा नभएका, रितपुर्वक नआएका र पहिले कुनै कारणबाट कालो सुचिमा परेका सेवा प्रदायकहरुको मुल्य सुचिलाई अस्वीकृत गरिनेछ ।
अनिवार्य प्रावधान
तपशिल उल्लेखित विवरण पुरा नभएका फर्म छनौट प्रकृयामा समावेश गरिने छैन ।
बोलपत्र दाताले उल्लेखित कार्यहरु के कति रकममा गर्न सकिने हो संस्थाले तोकिएको कामको परिमाण विवरण (BOQ) दररेट खुलाई तपशिल बमोजिमका कागजातहरु अनिवार्य पेश गर्नुपर्नेछ ।
१. आव २०७८/०७९ कर चुक्ता ।
२. सम्बन्धित निकायमा दर्ता प्रमाण पत्र र नविकरण
३. बोलबोपत्र शिलबन्धि हुनु पर्नेछ ।
४. कालो सुचिमा परे नपरेको स्वघोषण पत्र
प्राथामिकता
१. कम मुल्यमा तोकेको गुणस्तर वा सो भन्दा माथिको गुणस्तर सामाग्री तोकेको समयमा उपलब्ध गराउन सक्ने
२. कुनै पनि फर्मको मुल्यसुचिलाई पुर्ण वा आंशिक रुपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
३. बोलपत्र खोल्ने मिति र समय फोन वा ईमेल मार्फत जानकारी गराईनेछ । उक्त समयमा सेवा प्रदायक फर्मबाट उपस्थित नभएमा बोल पत्र खोल्न कुनै बाधा हुनेछैन ।
४. भौतिक रुपमा बोलपत्र शिलबन्धि भएर संस्थाको कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।
५. बोलपत्रको प्रत्येक पानामा अनिवार्य छाँप र हस्ताक्षर हुनुपर्ने छ ।
६. साम्रगी उपलब्ध गराउने समय अनिवार्य रुपमा उल्लेख गर्नु पर्ने छ ।
७. बोलपत्रमा ढुवानी सहित रकम उल्लेख गर्नुपर्ने छ
विक्रेताले भर्नु पर्ने फारम
साम्रगीहरु
नोट: सम्झौता भएको मितिबाट ७ दिन भित्रमा बुगंल नगरपालिकाको दमौली स्कुलरोड वार्ड नं.५,खौलाधार डिन्नु वार्ड नं. ६, सत्याटोल वार्ड नं. ५ मा सामग्राी उपलब्ध गराउनु पर्ने छ ।
कार्यालयको ठेगाना:
दलित सहयोग समाज चैनपुर बझाङ्ग
सम्पर्क फोन: ९८६४३२६१९७
ईमेल: dhsbajhang@gmail.com
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Salary | Based on experience |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 30 Jan, 2023 |
Apply Before | 06 Feb, 2023 |
City | Bajhang |