बन्दोबस्ती सहायक (Supply-chain Associate)
Details / requirements:
रतौली युवा क्लब
कर्मचारी आवश्यकता
प्रकाशित मिति: २०८३/०२/२६
रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा महोत्तरी जिल्लामा सञ्चालनमा रहेको समुन्नति (Sponsorship) कार्यक्रम अन्तर्गत तपशिल बमोजिमका न्यूनतम योग्यता पुगेका १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका सम्बन्धित पदमा इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदनका साथ तल उल्लेखित ठेगाना वा लिंक मार्फत आवेदन पठाउन आह्वान गरिन्छ ।
१) पद: बन्दोबस्ती सहायक (Supply-chain Associate) - १ जना (वि. नं: १७-०८२/०८३)
न्यूनतम योग्यता
- मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा १०+२ वा सो सरह उत्तीर्ण भएको,
- गैरसरकारी संस्था वा विकास साझेदार संस्थामा खरिद तथा आपूर्ति व्यवस्थापन सम्बन्धी दुई वर्ष काम गरेको अनुभव भएको,
- नेपाल सरकारको खरिद प्रक्रिया तथा जिन्सी व्यवस्थापन सम्बन्धी सामान्य ज्ञान भएको,
- राम्रो सञ्चार तथा प्रतिवेदन लेखन सीप भएको,
- विभिन्न तहका कर्मचारीहरू तथा बहु-क्षेत्रीय बजारहरूसँग समन्वय गरी काम गर्न सक्ने,
- MS-Excel राम्रोसँग चलाउन सक्ने ।
नोट: उल्लेखित मिति तथा समय पश्चात प्राप्त भएका र न्यूनतम योग्यता नपुगेका आवेदकहरूलाई छनौट प्रक्रियामा समावेश गरिने छैन । प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षाको प्रक्रियामा समावेश गराइनेछ । स्थानीय, महिला, दलित, जनजाति, मधेशी, सिमान्तकृत, अपाङ्गता भएका आवेदकहरूलाई प्राथमिकता दिइनेछ । निवेदक बालसंरक्षण नीतिको पालना गर्ने तथा कुनै किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद, बेवास्ता, बेचविखन आदि कार्यमा दोषी नभएको वा सजाय नभएको इमान्दार, निष्पक्ष र मेहनती व्यक्ति हुनुपर्नेछ । कर्मचारी छनौट सम्बन्धमा कसैको पक्षमा कुनै प्रकारको हस्तक्षेप वा दबाव आएमा उक्त व्यक्तिले पठाएको निवेदन स्वत: अमान्य हुनेछ । कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
पदको विस्तृत कार्य-विवरण (JD): बन्दोबस्ती सहायक (Supply-chain Associate)
दरखास्त दिने अन्तिम मिति: २०८३।०३।०१ गते सम्म ।
आवेदनका लागि: https://forms.gle/mCbmWynFNsRsXvfS7 (लिंक मार्फत)
वा
रतौली युवा क्लव, टाउन प्लानिङ, जलेश्वर-२, महोत्तरी (भौतिक उपस्थितिमा)
Overview
| Category | Development Project, Assistant, Economics, Business Administration, Business Management |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | 2 Years |
| Education | Bachelors (running/graduate), 10+2 in management |
| Posted Date | 09 Jun, 2026 |
| Apply Before | 15 Jun, 2026 |
| City | Mahottari |