घर बहालमा लिनका लागी प्रस्ताव आव्हान गरिएको सूचना
One Heart Worldwide (OHW) is an International Non-Governmental Organization that has been working in the area of maternal and child health for the past ten years. OHW is working at sixteen districts now and it also planning to expand the current program in a few new districts in 2021. OHW works with local communities and local health service providers to develop a culturally appropriate Network of Safety around mothers and infants, by raising awareness, teaching good practices, and distributing essential equipment to ensure that mothers and infants survive delivery and first months of life. OHW is currently working in 16 (Dhading, Sindhupalchok, Panchthar, Bhojpur, Terhathum, Khotang, Taplejung, Okhaldhunga, Sankhuwasabha, Ilam, Solukhumbu, Ramechhap, Nuwakot, Kavre, Dolakha, and Udayapur) districts of Nepal. By 2021, OHW will scale up its program in three new districts i.e. Sarlahi, Parbat and Myagdi.
Detailed Job description / requirements:
वन हार्ट वल्र्डवाइड,
बागडोल, ललितपुर ४, ललितपुर
फोन नं.: +९७७–१–५१८८५१५/१६
घर बहालमा लिनका लागी प्रस्ताव आव्हान गरिएको सूचना
वन हार्ट वल्र्डवाइड, एक अन्तराष्ट्रिय गैरसरकारी संस्था, ले विगत १० वर्ष देखि नेपालमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी मातृ तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा नेपालका १६ वटा जिल्लामा Scaling up Network of Safety for Women and Newborns परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ र सन् २०२१ मा नयाँ जिल्लाहरूमा कार्यक्रम सञ्चालनको प्रक्रियामा छ ।
यस संस्थाले सन् २०२१ देखि प्रदेश २ स्थित जिल्लाहरुमा संस्थाको कार्यक्रम सञ्चालन गर्न लागेको र सो प्रदेश अन्तर्गत पर्ने महोत्तरी जिल्ला बर्दिबास नगरपालिकामा उपयुक्त घर भाडामा लिई क्षेत्रीय कार्यालय सञ्चालन गर्न आवश्यक भएकोले यस संस्थालाई घर बहालमा दिन ईच्छुक व्यक्ति/फर्म/कम्पनीहरु बाट निम्न विवरणहरु सहित प्रस्ताव पेश गर्न आव्हान गरिएको छ ।
क. घर आवश्यक भएको क्षेत्र वा स्थान: बर्दिबास नगरपालिका, गौरीडाँडा
ख. घरको प्रकृति र अन्य आवश्यक विवरणहरु देहाय बमोजिम हुनु पर्नेछ:
१. आर.सि.सि. स्ट्रक्चरसहित बिल्डिङकको क्षेत्रफल कम्तिमा १००० वर्ग फिटको
२. ७ वटा कोठा भएको जसमा ४ वटा कोठा कर्मचारीको लागि, ३ वटा कोठा क्रमशः बैठक, गोदाम र भान्सा कोठा हुनुपर्ने ।
३. कम्तीमा १ वटा गाडी र ५ देखि ७ वटा मोटरबाईक पार्किङ गर्ने सुविधा भएको हुनुपर्ने ।
४. २४ सै घण्टा पानी र बत्तीको सुविधा भएको हुनुपर्ने ।
५. घर र जग्गा घेर्ने गरी आफनै सुरक्षित कम्पाउण्ड वाल भएको हुनुपर्ने ।
ग. प्रस्ताव पेश गर्ने तरिका र त्यस्तो प्रस्तावका साथ पेश गर्नुपर्ने न्यूनतम विवरण:
प्रस्ताव यस संस्थाबाट जारी हुने Request for Proposal (RFP) बमोजिम रितपूर्वक भरी पेश गर्नु पर्नेछ। RFP यो लिङ्कबाट डाउनलोड गर्न सकिनेछ ।
https://www.dropbox.com/sh/sk1ks5s8yl18gm4/AACj5X_zNGlWUyMBzFNYi0D9a?dl=0
त्यस्तो प्रस्तावका साथ निम्नानुसारको कागजातहरुको छविचित्र पेश गर्नु पर्नेछ ।
१. जग्गाको लालपूर्जा,
२. जग्गाको ट्रेस नक्सा,
३. सम्बन्धित निकायबाट घरको नक्सा पास गरेको स्वीकृति,
४. घर निर्माण सम्पन्न प्रमाणपत्र/घर निर्माण सम्पन्न भएको तर सम्पन्न प्रमाणपत्र लिन बाँकी भए प्रमाणपत्र लिनका लागि अवधि बाँकी रहेको खुल्ने कागजात,
५. घरको नक्सा ।
घ. प्रस्ताव दाखिला गर्ने तरिका र अन्तिम मिति:
यस संस्थाको इमेल: nepalprocurement@oneheartworldwide.org मा RFP र सम्पुर्ण कागजातहरु प्रस्ताव मिति २०७७/१०/१२ गते ५ः०० बजे भित्र पेश गरि सक्नु पर्नेछ ।
ङ. बहाल भुक्तानीका शर्तहरु र कर कट्टीको विषय:
घर बहाल नेपालको प्रचलित कानुन अनुसार कर सहित घर बहाल प्रदान गर्ने घरधनीको बैंक खातामा जम्मा हुने गरी एकाउण्ट पेयी चेकमार्फत भुक्तानी गरिनेछ । नेपालको प्रचलित कानुन अनुसार कर भुक्तानी गर्ने जिम्मेवारी घर बहाल प्रदान गर्ने घरधनीको हुनेछ जुन रिसिप्ट पछिल्लो घर बहाल प्रदान समयमा संस्थालाई बुझाउनुपर्नेछ ।
Job Overview
Category | Expression of Interest |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 08 Jan, 2021 |
Apply Before | 25 Jan, 2021 |
City | Lalitpur |