बोलपत्र आह्वान
Detailed Job description / requirements:
बोलपत्र आह्वान
प्रथम पटक प्रकाशित मितिः २०७९।१०।२६ गते
दोस्रो पटक प्रकाशित मितिः २०७९।११।२९ गते
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया र प्लान इन्टरनेशनल नेपालको साझेदारिमा सञ्चालित किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुधार परियोजना (KOICA Funded- Adolescent SRHR Improvement Project) परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकाका ७ वटा विद्यालयहरूमा ८ वटा नयाँ तिन कोठे शौचालय भवन निर्माण गर्नुपर्ने भएकोले भवन निर्माणको सम्पूर्ण सामाग्री सहित प्रस्ताव आह्वान गर्न संस्थाको खरिद समितिको निर्णय बमोजिम दोस्रो पटक तपसिलको शर्तहरू पुरा गर्ने फर्म वा निर्माण कम्पनीले यो सूचना प्रकाशित मितिले १४ (चौध) दिन भित्र (सार्वजनिक विदा परेमा सोको भोलिपल्ट) सिलबन्दी दरभाउ सहित पेश गर्नुपर्ने छ । साथै प्रस्ताव आह्वानको नमुना फारम/विवरण कार्यालयबाट उपलब्ध गराईने छ ।
पेश गर्नुपर्ने आवश्यक कागजात:
१. कम्पनी रजिस्टार प्रमाणपत्र प्रतिलिपी
२. आ.व.२०७८/०७९ को कर चुक्ता प्रमाण पत्र प्रतिलिपी
३. स्थायी लेखानम्बर प्रमाण पत्र प्रतिलिपी
४. प्रस्तावकले यस अघि गरेको समान कामको अनुभवको सिफारिस कागजातको प्रतिलिपी
५. प्रस्तावकले प्रस्ताव गरेको जम्मा मूल्यको हुन आउने रकम (भ्याट बाहेक) को २.५ प्रतिशत बैंक जमानी पत्र (BID Money) संलग्न गर्नुपर्नेछ ।
६. प्रस्ताव आह्वानको नमुना फारम र सन्दर्भ शर्तहरु (TOR) २०७९।१२।११ गते सम्म कार्यालय समयभित्र उपलब्ध हुनेछ ।
७. इच्छुक प्रस्तावकले प्रस्ताव आह्वानको नमुना फारम र सन्दर्भ शर्तहरु (TOR) अनिवार्य रुपमा पेश गर्नुपर्नेछ अन्यथा उक्त बोलपत्रलाई छनौट प्रकृयामा समावेस गरिने छैन ।
८. प्रस्तावना यस बोलपत्रको अन्तिम मिति २०७९।१२।१२ गते दिउसो १२:०० बजे भित्र पेश गर्नुपर्ने छ ।
९. आठवटा शौचालय निर्माणको विवरण तपसिल बमोजिम रहेको छ ।
तपसिल
क्र.सं. | विद्यालयको नाम | ठेगाना | कैफियत |
१ | अंशुबर्मा मा.बि. | बारबर्दिया –६ जयनगर | १ वटा शौचालय |
२ | भानुभक्त मा.बि. | बारबर्दिया –७ सिउनिया | १ वटा शौचालय |
३ | किसान मा.बि. | बारबर्दिया –११ फच्कहवा | १ वटा शौचालय |
४ | पाञ्चजन्य मा.बि. | बारबर्दिया –४ पदनाह | १ वटा शौचालय |
५ | गुराँस मा.बि. | मधुवन – ६ सानोश्री | १ वटा शौचालय |
६ | गुराँस मा.बि. | मधुवन – ६ सानोश्री | १ वटा शौचालय |
७ | जगदम्वा मा.बि. | ठाकुरवावा – ८ मडेला | १ वटा शौचालय |
८ | नेपाल राष्ट्रिय मा.बि | मधुवन – ३ धनौरा | १ वटा शौचालय |
१०. छनौट प्रकृयाको सम्पुर्ण अधिकार संस्थामा निहित रहने छ ।
थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।
गेरुवा ग्रामीण जागरण संघ, बर्दिया
गुलरिया नगरपालिका वार्ड नं. ५ जि.स.स रोड
सम्पर्क नम्बरं.–०८४–४२००४१
Job Overview
Category | Development and Project, Expression of Interest |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 13 Mar, 2023 |
Apply Before | 26 Mar, 2023 |
City | Bardiya |