बिज्ञ छनौट सम्बन्धी सूचना आह्वान ।
Details / requirements:
सूचना ! सूचना ! ! सूचना ! ! !
प्रथम पटक प्रकाशित मिति: २०८२/०२/३०
पेश गर्नु पर्ने अन्तिम मिति: २०८२/०३ /०५
बिषय: स्थानीय स्तरमा उपलब्ध हुने तेल जन्य वस्तुको पहिचान, प्रशोधन, परिक्षण र प्रयोग सम्बन्धी खोजको लागि बिज्ञ छनौट सम्बन्धी सूचना आव्हान ।
उपरोक्त सम्बन्धमा यूएमएन् र प्रगतिशिल युवा समाजको साझेदारीमा संचालित सिर्जना परियोजनाको सहयोगमा बझाङ जिल्ला थलारा गाउँपालिकाको स्थानीय स्तरमा उपलब्ध हुने तेल जन्य वस्तुको पहिचान, प्रशोधन, परिक्षण र प्रयोग सम्बन्धी खोज गर्नुपर्ने भएको हुँदा यो सूचना प्रकाशित मितिले ७ दिन भित्रमा इच्छुक बिज्ञ कम्पनी, वा फर्म तथा कन्सल्टेन्सीले मुल्य अभिवृद्धि कर सहित दरभाउ र कार्य सम्पन्न अवधी समेत उल्लेख गरी तपशिल अनुसारको कागजातहरु संलग्न राखी आवेदन पेश गर्नुहुन सूचित गरिएको छ ।
तपशिल:
आवश्यक कागजातहरु
१) दरभाउ पत्रको साथै स्थायी लेखा नं. प्रमाणपत्र प्रतिलिपि ।
२) संस्था दर्ता प्रतिलिपी, कर चुक्ता प्रमाणपत्र प्रतिलिपि ।
३) तेल जन्य वस्तुको पहिचान, प्रशोधन, परिक्षण र प्रयोगको खोज गर्न लाग्ने दिन वा समयका साथै अन्तीम प्रतिवेदन गर्ने मिति समेत उल्लेख गरिएको प्रतिवद्धता पत्र सिलबन्दी खाम ।
४) सम्बन्धी कार्यमा खटिई आउने विज्ञको सम्बन्धीत क्षेत्रमा कार्यअनुभव र शैक्षिक योग्यता प्रष्ट खुलेको व्यक्तिगत विवरण ।
कार्य क्षेत्रगत शर्त (TOR)
१) विज्ञ व्यक्ती वा टोलीले थलारा गाउँपालिकामा उपलब्ध हुनसक्ने तेल जन्य वस्तुको पहिचान, हाल प्रयोगको अवस्था, महत्व, प्रशोधन विधि र प्रयोग प्रक्रियाबारे गोष्ठी सञ्चालन र अभिमुखीकरण गर्नुपर्ने छ ।
२) विज्ञ व्यक्ती वा टोलीले १ दिने विषय (क्षेत्र) गत समूह छलफल १ दिने तेल जन्य वस्तुको परिक्षण र प्रयोग विधी अवलम्बन गरी प्रशोधन र प्रयोग क्षेत्र, सम्भावना, अवसर, आवश्यकता, श्रोतसाधन पहिचान, जिम्मेवारी आदि सम्पूर्ण आवश्यक सुचनाहरु सहभागितात्मक विधि प्रक्रियाद्धारा बिषयगत क्षेको सहभागितामा छलफल गरि अन्तीम प्रतिवेदन तयार पार्नुपर्ने छ ।
३) विज्ञ व्यक्ती वा टोलीले तथ्यांक सूचना संकलनका लागि थप अन्य आवश्यक विधी वा प्रक्रिया अवलम्बन गर्न सक्नेछन् ।
४) विज्ञ व्यक्ती वा टोलीले गोष्ठी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको मितिले १५ दिनभित्रमा तेल जन्य वस्तु संकलन, परिक्षण गरि ड्राप्ट प्रतिवेदन र तेलको नमुना पेश गर्नुपर्ने छ ।
५) विज्ञ व्यक्ती वा टोलीले तेल जन्य वस्तुको प्रशोधन, परिक्षण पश्चात तयार पारेको प्रतिवेदन र तेलको नमुनामा प्राप्त भएको सल्लाह, सुझाव अनुसार अन्तिम प्रतिवेदन तयार गरी थप एक हप्ता समय अवधीभित्रमा पेश गर्नुपर्ने छ ।
द्रष्टव्य
तोकिएको समय अवधिभित्र प्राप्त नभएका वा रित नपुगी आएका आवेदन उपर कुनै पनि कारवाही हुने छैन ।
दरभाउपत्र मिति २०८२।०२।३० देखि २०८२।०३।०५ गते दिउँसो ५ वजेभित्र प्रगतीशिल युवा समाज, बझाङको कार्यालयमा वा संस्थाको इमेल ठेगाना pys.procurement21@gmail.com आइपुग्नु पर्नेछ ।
पत्राचारको लागि सम्पर्क ठेगाना: प्रगतिशील युवा समाज (PYS) बझाङ —०९२४२१३५७
Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 13 Jun, 2025 |
Apply Before | 19 Jun, 2025 |
City | Bajhang |