बाख्रा खरिदको लागी शिलबन्दी दरभाउ पत्र पुनः माग गरिएको सुचना

Prerana

Details / requirements:

बाख्रा खरिदको लागी शिलबन्दी दरभाउ पत्र पुनः माग गरिएको सुचना

प्रेरणाले भिएसओ नेपालसँगको साझेदारीमा किशोरी सशक्तिकरणको लागी शिक्षा कार्यक्रम (ENGAGE)  संचालन गर्दै आईरहेको छ । यो परियोजना अगस्ट २०१८ देखि बिद्यालय बाहिर रहेको १० देखी १९ बर्ष सम्मको अपाङ्गता भएका र सिमान्तकृत किशोरीहरुलाई ९ महिनाको अनौपचारिक शिक्षा (बृज कक्षा) मा सहभागी गराई १० वर्ष देखी १४ बर्ष सम्मको किशोरीहरुलाई औपचारिक शिक्षामा सहभागी गराउने र १५ बर्ष देखी १९ बर्ष सम्मका किशोरीहरुलाई जिवन उपयोगी शिप प्रदान गरी जिविकोपार्जनमा सुधार ल्याउने  उद्धेश्य रहेको छ । 

उपरोक्त उद्धेश्य अनुरुप सर्लाही जिल्लाको मलंगवा नगरपालका र कौडेना गाउँपालिकाका १५ देखी १९ बर्ष उमेर समुहका ७५ जना किशोरीहरु बाख्रापालन ब्यवसाय गर्न ईच्छुक पाईएकोले स्थानिय वातावारणमा अनुकुल हुने जातको १५० वटा माउ बाख्रा  वा बाली लाग्न तयार पाठी  औषत २० केजीको उपलब्ध गराउन सक्ने रजिष्टर्ड बाख्रा तथा पशुपालन फर्मलाई तल उल्लेखित कागजात सहित   प्रेरणाको कार्यालयमा कार्यालय समय भित्र शिलबन्दी दरभाउ पेश  गर्न हुन अनुरोध छ ।

बाख्रा तथा पशुपालन फर्मले पेश गर्नु पर्ने कागजातहरु

  • फर्म दर्ता प्रमाण पत्र ( नविकर सहित)
  • कर दर्ताको प्रमाण पत्र नविकरण सहित । 
  • फर्म धनीको नागरिक्ता प्रमाण पत्रको फोटोकपि
  • बाख्र्राको जात खुल्ने कागजात तथा गुणस्तरको प्रमाण
  • प्रेरणाले उपलब्ध गराएको दर भाउ पत्र फारम भरी छाप र हस्ताक्षर भएको हुनु पर्ने 

दरभाउ पत्र  बुझाउने  विधि

ईच्छुक बाख्रा तथा पशुपालन फर्मले दरभाउ पत्रको लागी प्रेरणाको कार्यालयमा आई वा ईमेल prerana.pc.engage@gmail.com मार्फत दर भाउ पत्र फारम माग गरी तोकिए ढाँचामा फारम  भरी उपरोक्त कागजात सहित यो सुुचना प्रकाशित भएको मितिले ७ दिन (२०७८/०३/०४) भित्र  सोझै प्रेरणाको कार्यालय मलंगवा सर्लाहीमा कार्यालय समय भित्र  शिलबन्दी दर भाउ पत्र पेश गर्नु हुन अनुरोध छ । यस बारेमा थप जानकारी चाहिएमा ९८२१२९१९३०÷९८४२०२५५३६ मा सम्पर्क गर्न अनुरोध छ ।

नोट: पहिले दरभाउ पत्र बुझाई सकेको फर्मले पुनः बुझाउनु नपर्ने ।

Overview

Category Development Project
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 10 Jun, 2021
Apply Before 17 Jun, 2021
City Lalitpur