निर्माण सामग्री, ढुवानी सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
Details / requirements:
निर्माण सामग्री, ढुवानी सम्बन्धी सिलबन्दी दरभाउ पत्र आह्वानको सूचना
गुड नेवर्स जापानको साझेदारीमा कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्चले मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता परियोजना सञ्चालन गरिरहेको छ ।
परियोजनाको दोस्रो वर्ष २०२२।०२३ का लागि परियोजनाले कार्यक्षेत्र भित्रका १० वटा सामुदायिक विद्यालयहरुमा शौचालय लगायत खानेपानी तथा सरसफाई सम्बन्धी विभिन्न संरचनाहरु निर्माण गर्न निमार्ण सामाग्रीहरु ढुवानी गर्नु पर्ने भएकोले ईच्छुक व्यक्ति कम्पनी/फर्म तथा सप्लायर्सहरुबाट ToR मा उल्लेखित शर्तहरुको अधिनमा रही अनुसूचि १, बमोजिमको सिलबन्दी दरभाउ पत्र माग गरिएको छ ।
ToR र Annex को लागि तल दिइएको लिङ्कहरूमा जानुहोस्:
आवेदन दर्ता गर्ने प्रक्रिया:
उपरोक्त बमोजिमको सिलबन्दी दरभाउ पत्र यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात १५ जेठ २०७९ तद्नुसार २९ जुन २०२२ साँझ ५:०० बजे भित्र कर्णाली गरिवी न्युनिकरण तथा विकास मञ्च, मुगुको कार्यालय वा सम्पर्क कार्यालय खत्याड वा सम्पर्क कार्यालय सोरुकोट वा गुड नेवर्स जापानको परियोजना कार्यालय मुगुमा बुझाउन सकिने छ ।
नोट:
१.सेवा प्रदायक कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।
२.ढुवानी कर्ता छनोट गर्दा परियोजना संचालित सम्बन्धित स्थानिय तहको व्यक्ति,फर्म तथा आपुर्तिकतालाई विशेष प्रथामिकता दिईने छ ।
Overview
Category | Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 23 Jun, 2022 |
Apply Before | 29 Jun, 2022 |
City | Mugu |