सूचि दर्ता गर्ने सम्बन्धी सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल

समन्वय कार्यालय–सानेपा, ललितपुर

सूचि दर्ता गर्ने सम्बन्धी सूचना ।

सूचना प्रकाशित मिति: २०७९ पौष २८ गते बिहिबार

यस संस्थाका लागि आवश्यक पर्ने तपशिल बमोजिमका सामाग्रीहरु खरिद गर्न तथा अन्य सेवाका लागि सम्बन्धित सेवा प्रदायक व्यक्ति, फर्म, उद्योग, संस्था, कम्पनी, सप्लायर्सहरुको सूचि दर्ता गराई राख्नु पर्ने भएकाले ईच्छुक सेवा प्रदायकहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन (२०७९ माघ १२ गते) भित्र यस संस्थाको समन्वय कार्यालय, सानेपा, ललितपुर वा procurement.kirdarc@gmail.com इमेल मार्फत तपसिलमा उल्लेखित आवश्यक कागजात पेश गरी सूचि दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सूचि दर्ता गर्ने बिषयहरुः

१) स्टेशनरी तथा मसलन्द, पाठ्य पुस्तक तथा पत्र-पत्रिका, फोटोकपी, प्रिन्टिङ्ग, कार्टिज रिफिल, लत्ताकपडा/स्कुल ड्रेस, जुत्ताचप्पल, खेलकुद सामाग्री, तथा अन्य शैक्षिक सामाग्री आपूर्ति सम्बन्धी सेवा,

२) ल्यापटप, कम्प्युटर, प्रिन्टर, फोटोकपी, अन्य विद्युतिय सामाग्री, कार्यालयका उपकरणका पार्टपुर्जाहरु लगायत मर्मत सम्भार, सोलार तथा यसका सम्बन्धित सामाग्री तथा जडान सेवा र इन्टरनेट सेवा, 

३) यातायात सेवा, ट्राभल एजेन्सी (राष्ट्रिय तथा अन्र्तराष्ट्रिय टिकेटिङ, होटल बुकिङ, इन्सुरेन्स, भिजा सहजकिरण सेवाका लागि), गाडी मर्मत तथा ट्रक वा सामाग्री ढुवानी तथा कुरियर सम्बन्धि सेवा, 

४) छापाखाना, डिजाइन तथा छपाई सम्बन्धि सेवा,

५) विभिन्न विषयगत तालिम प्रशिक्षक, सर्भे तथा सर्भेक्षण, कार्यक्रम मूल्यांकन, अध्ययन तथा अनुसन्धान, अनुवाद गर्ने, प्रश्तावना तथा प्रतिवेदन लेखन तथा अन्य विषयगत (WASH, DRR, DPRP, CADRE, Education, GESI, Child Rights and Protection, Human Rights, Livelihood, Governance, Watershed Management, Empowerment, Health and Nutrition, Engineering-Civil Service etc.) क्षेत्रमा परामर्श सेवा,

६) खाद्यान्न तथा लत्ताकपडा सप्लाई, खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि सामाग्रीहरु (Dignity & Hygiene Kit), ग्याँस ढुवानी सम्बन्धि सेवा,

७) सेमिनार, मिटिङ्ग, गोष्ठि तथा तालिम सञ्चालनार्थ खाना तथा बस्न ब्यवस्था सहित होटल तथा हल सेवा, पाकेट खाजा, खाना सेवा,

८) हार्डवेयर, किराना, कृषि सामाग्री तथा बिउ बिजन आपुर्ति सम्बन्धी सेवा,

९) विपद् पुर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक सामाग्रीहरु  तथा उपकरणहरु सम्बन्धी सेवा (जस्तैः Emergency Response Materials, First Aid Kit etc.),

१०) श्रव्य, दृष्य, छायाङ्कन तथा रेर्कडिङ्ग सम्बन्धि सेवा,

११) भिजिबिलिटी समाग्री प्रिन्ट-टिर्सट, क्याप, झोला/व्याग आदि,

१२) विज्ञापन सम्बन्धि सेवा ।

सूचि दर्ता गर्दा पेश गर्नु पर्ने कागजातहरुः

१) सेवा प्रदान गर्ने सम्बन्धमा निवेदन (कुन सेवा प्रदायक अर्न्तगत भनि स्पष्ट खुलाइएको हुनुपर्ने),

२) फर्म/कम्पनी/संस्थाको हकमाः– फर्म/कम्पनि/संस्थाको विवरण (प्रोफाइल), दर्ता प्रमाणपत्र (नविकरण सहित), पान नं. प्रमाणपत्र, र गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,

३) व्यक्तिको हकमाः– व्यक्तिगत विवरण, पान/भ्याट दर्ता प्रमाण-पत्रका प्रतिलिपीहरु ।

यस विषयमा थप जानकारी लिनु पर्ने भएमा किर्डाक नेपाल, समन्वय कार्यालय-सानेपा, ललितपुर, टेलिफोन नं. ०१–५४२१६७८/५४४८३२१/५४४९०९३/५४४८०४० मा सम्पर्क गर्न सकिने छ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 12 Jan, 2023
Apply Before 26 Jan, 2023
City Lalitpur