आशय पत्र आह्वान सम्बन्धी सूचना

Rural Women Upliftment Association (RWUA)

Details / requirements:

GG8RERER0WQzoQBUnbeSAYg0SQagzPJPxltERERENNkwxRARERERkWYwABERERERkWYwABERERERkWYwABERERERkWYwABERERERkWZMqAocERERERHRZMQRICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gwGICIiIiIi0gjgX1XDJsObvy80AAAAAElFTkSuQmCC

बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह विरुद्धको परियोजना सञ्चालनका लागि इच्छुक समुदायस्थानीय, जिल्ला स्तरिय नागरिक संघसंस्था छनौटका लागि

आशय पत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८०/२/

संयुक्त अधिराज्य राज्य विभाग (US Department of State) को आर्थिक सहयोगमा, सेभ द चिल्ड्रेन मार्फत ग्रामीण नारी उत्थान संघसँगको साझेदारीमा सर्लाही जिल्लामा बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह (Child, Early and Forced Marriage- CEFM) विरुद्धको परियोजना सञ्चालन हुने भएकाले उक्त परियोजनामा सहकार्य गर्न इच्छुक यस जिल्लाभित्रका समुदाय तथा जिल्लास्तरमा क्रियाशील नागरिक समूह/सञ्जाल/संघसंस्था साथै गैरसरकारी संघसंस्थाहरू (समुदाय र पालिकास्तरमा क्रियाशील बालक्लब सञ्जाल, किशोरकिशोरी समूह, युवा समूह/संजाल, अपांगता भएका मानिसहरूको संजाल, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको संजाल) बाट तोकिएको ढाँचामा आशयपत्र आह्वान  गरिन्छ ।

साझेदारीका लागि निम्न अनुभव र योग्यता भएका नागरिक समूह/सञ्जाल/संघसंस्था साथै गैरसरकारी संस्थाहरूलाई प्राथमिकता दिइनेछ:

  • बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह न्यूनीकरण वा अन्त्य गर्ने अभियानमा क्रियाशील भएको 
  • लैङ्गिक असमानता तथा लैङ्गिक विभेद विरुद्धको अभियान सञ्चालनमा अनुभव भएको ।
  • सर्लाही र महोत्तरी जिल्लाका समुदाय र जिल्लास्तरमा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरू ।
  • स्थानीय तह लगायत अन्य सरोकारवालाहरूसँग समन्वय गरि काम गर्न सक्ने संस्थाहरू
  • महिला, युवा, पछाडि पारिएका जातजाति, अपाङ्गता भएका नागरिक लगायतको अगुवाई तथा संलग्नता भएका संस्था ।
  • जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संस्थाको हकमा लेखा व्यवस्थापन प्रणालीसम्बन्धी ज्ञान तथा अनुभव भएको र दर्ता नभएका संस्थाको हकमा खर्च व्यवस्थापन सम्बन्धि सामान्य ज्ञान भएको ।
  • बालविवाह, कम उमेरमा हुने र जबरजस्ती गरिने विवाह न्यूनीकरण गर्ने सन्दर्भमा रचनात्मक र सिर्जनात्मक सोच तथा योजना भएको ।

समाज कल्याण परिषद र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका संघसंस्थाहरूको हकमा आ.व. २०८०/२०८१ सम्मको संस्था नवीकरण, करचुक्ता (आ. ब.२०७९/२०८०) र संस्थाको  पछिल्लो दुई आ. ब. को लेखापरीक्षण प्रतिवेदन अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।

माथि उल्लेखित योग्यता र अनुभव भएका इच्छुक नागरिक संघसंस्थाहरूलाई तोकिएको ढाँचामा प्रस्तावनासहितको आशयपत्र, प्रकाशन भएको १५ दिनभित्र यस संस्थामा पेश गर्न आह्वान गरिन्छ ।  प्रस्तावनाको ढाँचा लगायत अन्य जानकारी तल उल्लेखित इमेल ठेगाना वा फोन नंवरमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ ।

प्रस्तावना, उल्लेखित कार्यालयहरूमा आफै उपस्थित भई वा दिइएको इमेल ठेगानामार्फत पनि पठाउन सकिनेछ ।

सम्पर्कः

ग्रामीण नारी उत्थान संघ, हरिपुर न.पा.२ सर्लाही

फोन नं. ०४६-४१११०९

इमेलः eoi@rwua.org

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 Mar, 2024
Apply Before 31 Mar, 2024
City Sarlahi