ARH & GESI Officer and ARH Near Peer

Protection nepal

Details / requirements:

संरक्षण  नेपाल, बारा

कर्मचारी पदपूर्ति सम्बन्धि सूचना

विज्ञापन नम्बरः ०६/२०८०/८१

प्रथम पटक सूचना प्रकाशन मिति: १५ अप्रील  २०२४

संरक्षण  नेपाल सन २००२ मा स्थापना भएको एक गैरराजनीतिक, धर्मनिरपेक्ष र गैर नाफामुखी संस्था हो, जसको मुख्य कार्यालय बारा जिल्लाको कलैयामा रहेको छ । यस संस्थाले नेपालको मधेश प्रदेशमा बालबालिका, युवा तथा महिलाहरूको हकहित, संरक्षण, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई र मानवीय सहायताको क्षेत्रहरू काम गर्दै आएको एक अग्रणी संस्था हो ।  यसले गरीब, जोखिममा परेका, सीमान्तकृत, सामाजिक रूपमा बहिष्कृत समुदाय र बालबालिका, युवा, महिला समेतको लागि विभिन्न दातृ निकायहरूको सहयोगमा सामाजिक र आर्थिक विकासलाई प्रोत्साहित गर्न र उनीहरूको अधिकार, मानव कल्याण र हितलाई कायम राख्न काम गर्दछ । यसै अनुरुप संरक्षण नेपालले केयर नेपालसँगको साझेदारीमा बारा जिल्लाको कलैया उपमहानरपालिका, महागढीमाई नगरपालिका, सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका र सुवर्ण गाउँपालिकामा USAID किशोर किशोरी प्रजन्न स्वास्थ्य (ARH) परियोजना कार्यान्वयन गरिरहेको छ । परियोजनाको नेर्तत्वमा USAID Adolescent Reproductive Health  परियोजना CARE NEPAL को नेर्तत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International (HDI), Jhpiego, and Nepal CRS Company सँगको सयुक्त साझेदारीमा संरक्षण नेपालद्वारा १० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उद्देश्य भनेको किशोर किशारीहरूलाई प्रजनन स्वास्थ्यको बारेमा सही र उमेर तथा लिङ्ग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सीपको लागि मार्गदर्शन गर्ने, प्रजनन स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको विकास गर्नु रहेको छ ।

यस परियोजनाका लागि तपसीलको पदको लागि कर्मचारीको आवश्यकता परेकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरिएको छ । 

पद: ARH & GESI Officer आवश्यक संख्याः ०१ बारा

योग्यता अनुभव र सीपः मान्यता प्राप्त शैक्षिक संस्थाबाट जन स्वास्थ्य वा नर्सिङ्ग वा महिला तथा लैङ्गिक अध्ययन वा समाज शास्त्र वा विकास अध्ययन विषयमा स्नातक तह उत्तिर्ण गरी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, परिवार योजना तथा किशोर किशोरी प्रजनन् स्वास्थ्य क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको । अंग्रेजीमा प्रतिवेदन लेख्ने सीप भएको, कम्प्यूटर अफिस प्याकेज राम्रोसँग चलाउन सक्ने ।

पद: नियर पीयर (वैतनिक स्वयम सेवक), आवश्यक संख्याः ०२ जना (महिला मात्र) सिमरौनगढ् न.पा. र सुवर्ण गा.पा.बारा

योग्यता अनुभव र सीपः कम्तिमा कक्षा १२ तह स्वास्थ्य विषय लिई उतीर्ण गरेको । समुदायस्तरमा नेतृत्व लिई स्वतनत्र रुपले कक्षा सञ्चालन गर्न सक्ने क्षमता भएको  र किशोर वा किशोरी समुहमा  कक्षा संचालन गर्नको लागि प्रतिबद्ध भई प्रभावकारी संचार तथा सहजीकरण गर्न सक्ने सीप भएको उम्मेदवार हुनु पर्ने छ । कार्यक्रम सञ्चालन भएको स्थानीय तहको आवेदकहरूलाई भएको हुनु पर्ने । उमेर: २० वर्ष देखि २५ भन्दा माथि ननाघेको हुनु पर्ने। 

यस पदको  विस्तृत कार्य विवरण तलको लिंकबाट डाउनलोड गर्नुहोस्:

ARH & GESI Officer

ARH Near Peer

आवश्यक कागजातहरू:

  • आवेदन फारम संस्थामा उपस्थित भई वा इमेलमार्फत प्राप्त गर्न सकिनेछ ।
  • आवधिक गरिएको २ जनाको रिफरेन्ससहितको बायोडाटा 
  • शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
  • कार्य गरेको अनुभवको प्रमाण पत्रको प्रतिलिप

आवेदन फारमको लागि तलको लिंकबाट डाउनलोड गर्नुहोस्:

Job Application Form

आवेदन गर्ने प्रकृयाः

माथि उल्लेखित कागजात सहित कार्यालयमा स्वयम् वा प्रतिनिधि उपस्थित भई वा ईमेल vacancy.pnbara@gmail.com मार्फत दरखास्त दिन सकिनेछ । म्याद नाघी आएका, तोकिएको शैक्षिक योग्यता नपुगेका, अनुभव नपुगेका, वा रित पुरा नगरेको निवेदनहरू स्वीकृति गर्न संस्था वाध्य हुनेछैन । संस्थाले पूर्ण वा आशिंक कुनै पनि आवेदन विना शर्त स्वीकृत गर्ने वा नगर्ने अधिकार आफूमा निहित गर्दछ । कृपया आवेदनमा आफूले आवेदन दिएको पद पदको लागि आवेदन भनेर खुलाउनु होला ।

प्रारम्भिक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौंट प्रक्रियामा समावेश गरिनेछ । समाजमा पछाडि पारिएका महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, सिमान्तकृत वर्गलाई दरखास्त पेश गर्नका लागि विशेष प्रोत्साहित गरिन्छ । यस संस्था यौन उत्पीडन, शोषण र दुर्व्यवहार र बाल दुर्व्यवहार रोक्नका लागि संस्थाको संरक्षण नीति तथा अन्य सम्बन्धित नीतिहरू सहित प्रतिबद्ध रहेको छ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्वन्द्व (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख तथा स्व-घोषणा गर्नु हुन समेत जानकारी गराइन्छ ।

दरखास्त दिने अन्तिम मिति: २१ अप्रील २०२४ बेलुका ०५:०० बजे सम्म रहेको छ । यदि सो दिन सार्वजनिक बिदा परेमा त्यस लगत्तै कार्यालय खुल्ने दिनको ५:०० बजेसम्म आवेदन दिन सकिनेछ । यदि कुनै कुरा बुझ्न परेमा तल उल्लेखित इमेल वा फोन नं.मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आवेदन दिने ठेगानाः

संरक्षण नेपाल, कलैया, बारा

फोन नः ०५३ ५९०३१८ वा ईमेल ठेगाना: vacancy.pnbara@gmail.com

कार्यशक्तिको विविधताको कदर गर्दै संरक्षण नेपालले महिला र जातीय अल्पसंख्यकहरूलाई आवेदन दिन दृढतापूर्वक प्रोत्साहित गर्दछ ।

कर्मचारी छनौट समिति

Overview

Category Public Health, Development and Project, NGO/INGO/Social work, Nursing
Openings 3
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 15 Apr, 2024
Apply Before 21 Apr, 2024
City Kalaiya, Bara