ARH and GESI Officer
Details / requirements:
ARH and GESI Officer आवश्यकता सम्बन्धी सूचना
विज्ञापन प्रकाशित मितिः २७ मे, २०२४
आवेदन दिने अन्तिम मितिः ५ जुन, २०२४
दिव्य बिकास स्रोत केन्द (DDRC), पर्सा बि.स २०५० सालमा पर्सा जिल्लामा स्थापना भएको एक मुनाफा रहित गैरसरकारी संस्था हो । संस्थाले महिला पुरुष, किशोर किशोरी तथा बालबालिकालाई संगठित गरी उनिहरूलाई सम्मान र्पूवक बाँच्न पाउन वातावरणको सृजना गर्ने, सिमान्तकृत विपन्न र सामाजिक रुपमा पिछडिएका महिला, किशोरी र युवालाई आर्थिक रुपमा सवल बनाउने, समाजमा रहेका सवै वर्ग र जातजातिलाई शान्तिर्पूवक जिउनको लागि समाजमा रहेका विभेदलाई न्यूनिकरण गर्नको लागि वकालत गर्ने, संस्थागत तथा व्यतिगत विकास गरी सुशासन कार्यन्वयनका लागि पहल गर्दै सुशासनको क्षेत्रमा नेतृत्व प्रदान गर्ने र विद्यालय बाहिर रहेका सिमान्तकृत तथा अपाङ्गता भएका किशोरीहरूको सशक्तिकरण गर्ने आदि जस्ता कार्यहरू आफ्नो स्थापना काल देखि नै विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको समन्वय र सहकार्यमा काम गर्दै आईरहेको छ । हाल दिव्य विकास स्रोत केन्द्र र केयर नेपाल संगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा स्थानीय तहहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकाहरूमा यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ परियोजना सञ्चालनमा छ ।
USAID Adolescent Reproductive Health परियोजना CARE NEPALको नेतृत्वमा Association of Youth Organizations Nepal (AYON), Howard Delafield International HDI, Jhpiego, and Nepal CRS Company सँगको सयुक्त साझेदारीमा दिव्य विकास स्रोत केन्द्र(DDRC), पर्साद्वारा १० देखि १९ बर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशारीहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन सशक्तीकरण गराउने एक पहल हो । यस परियोजनाको मुख्य उदेश्य भनेको किशोर किशारीहरूलाई प्रजनन् स्वास्थ्यको बारेमा सहि र उमेर तथा लिंग अनुसार उपयुक्त जानकारी दिएको यकिन गर्ने, प्रजनन् स्वास्थ्यको बारेमा उपयुक्त निर्णय लिने सिपको लागि मार्गदर्शन गर्ने, प्रजनन् स्वाथ्यको बारेमा स्वस्थ्य निर्णय लिनको लागि समाजमा उपयुक्त वातावरण तयार गर्ने र ती निर्णयहरूलाई स्वस्थकर व्यवहारमा रुपान्तरण गर्दै उनीहरूको पुर्ण क्षमताको बिकास गर्नु रहेको छ ।
यसै अनुरुप दिव्य बिकास स्रोत केन्द पर्साले केयर नेपालसँगको साझेदारीमा पर्सा जिल्लाको ४ वटा पालिकाहरू पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र जगरनाथपुर गाउँपालिकामा USAID किशोर किशोरी प्रजनन् स्वास्थ्य ARH परियोजना सञ्चालन गरिरहेको छ । सोहि अन्तर्गत ARH and GESI Officer पदमा योग्य र अनुभवी महिला उम्मेदवारहरू आवश्यक भएकोले इच्छुक उम्मेदवारहरूले आवेदन, बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपी सहित दिव्य विकास स्रोत केन्द्रको कार्यालय, वीरगंज–११, फुलवारी टोलमा समयभित्र आवेदन दिनहुन आह्वान गरिन्छ । आवेदन इमेलमार्फत vacancydycparsa@gmail.com पठाउन सकिने छ, वा कार्यालयमा उपस्थित भई दिन सकिने छ ।
विवरण
पद: | ARH and GESI Officer |
आवश्यक संख्या | १ जना |
योग्यता: | मान्यता प्राप्त शैक्षिक संस्थाबाट सम्बन्धित विषयमा जनस्वास्थ्य, नर्सिंग, महिला तथा लैंगिक अध्ययन वा समाजशास्त्रमा स्नातक तह उत्तीर्ण गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरण, परिवार नियोजन तथा प्रजनन स्वास्थय तथा किशोरकिशोरीको क्षेत्रमा २ वर्ष कार्य अनुभव भएको । |
सेवा सुबिधा: | संस्थाको नियमानुसार । |
आवेदन दिने अन्तिम मिति | ५ जुन २०२४, साँझ ५:०० बजेसम्म |
परीक्षाको किसिम: | लिखित र अन्तरर्वार्ता । (छोटो सूचि (Shortlist) मा छनौट भएका उम्मेदबारहरूलाई मात्र लिखित र अन्तरर्वार्तामा सामेल गराईने छ ।) |
परियोजना: | यूएसएआइडी एडोलेसेन्ट रिप्रडक्टिभ हेल्थ |
प्राथमिकता | स्थानीय महिला, दलित, सिमान्तकृत समुदाय , कामको अनुभव र सम्बन्धित नगरपालिकाको आवेदक लाई बिशेष ग्राहयता दिईनेछ । |
JD Link: https://drive.google.com/uc?export=download&id=1fvWF67xxOAbbfdVhq-U8dor4TQV7v158
दिव्य विकास स्रोत केन्द्र, पर्सासँग बाल संरक्षण र सुरक्षा नीति छ । हामी हाम्रा सबै कर्मचारी/स्वयंसेवकहरूले बालबालिका, युवाहरू र जोखिममा परेका व्यस्कहरूलाई विभिन्न हानिबाट जोगाउन र हाम्रो सुरक्षा नीतिको पालना गर्ने कुरा सुनिश्चित गर्ने अपेक्षा गर्दछौं । सबै उम्मेदवारहरूले परियोजना सम्झौतामा समेटिएका प्रावधानहरूको साथै बाल सुरक्षा नीतिको पालना गर्नु पर्दछ । सबै कर्मचारी र साझेदारहरूबाट दिव्य विकास स्रोत केन्द्रको नीतिहरू र आन्तरिक प्रक्रियाहरू, प्रोटोकलहरू, आचार संहिता, सुरक्षा मापदण्ड प्रक्रिया, केस ह्यान्डलिंग फ्रेमवर्क, बाल संरक्षण र नोहार्म नीतिहरूमा विशेष ध्यान दिएर पालना भएको सुनिश्चित गर्दछौं । साथै, कुनै पनि गुनासो र समस्याहरूको गम्भीरतामा आधारित तुरुन्त रिपोर्टिङ र समाधान भएको चाहन्छौं ।
नोटः महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरू, सिमान्तकृत समुदायवर्ग, बञ्चितिकरणमा परेको समुदायवर्ग तथा स्थानिय व्यक्तिहरुलाई आवेदन दिनको लागि विशेष प्रोत्साहित गरिन्छ । प्रारिम्भक छनौटमा परेका उम्मेदवारहरूलाई मात्र लिखित तथा मौखिक छनौट प्रक्रियामा समावेश गरिनेछ । रित नपुगेका, म्याद नाघी आएका दरखास्त उपर कुनै कारबाही गरिने छैन । दिव्य विकास स्रोत केन्द्रले कुनै पनि कारण बिना कुनै पनि आवेदनलाई योग्य/अयोग्य ठहराउने अधिकार सुरक्षित राख्दछ । यदि आवेदन दिने व्यक्तिको यस संस्थामा कुनै नाता लाग्ने व्यक्ति वा कुनै स्वार्थको द्धन्द्ध (Conflict of Interest) छ भने आवेदनको साथमा उल्लेख गरि स्वघोषणा गर्नु हून समेत जानकारी गराईन्छ ।
दरखास्त पेश गर्ने स्थान
दिव्य विकास स्रोत केन्द्र, पर्सा
वीरगंज–११, फुलवारी टोल, वीरगंज, पर्सा, नेपाल
सम्पर्क टेलिफोन: +९७७-०५१-५३४०५०/९८४१५१९२३२
Email: vacancydycparsa@gmail.com
Overview
Category | Public Health, Development and Project, Nursing |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2 Years |
Education | B.P.H. (Bachelors in Public Health), B.N. (Bachelors in Nursing) |
Posted Date | 27 May, 2024 |
Apply Before | 05 Jun, 2024 |
City | Birgunj, Parsa |