अफिस क्लिनर
Details / requirements:
कर्मचारी भर्ना
नेपालमा स्विट्जरल्याण्डले सन् १९५९ देखि आफ्नो विकास सहयोग मार्फत कार्य गर्दै आएको छ । सन् २००९ बाट नेपालमा स्वीस राजदुतावासको स्थापना भए पछि स्विट्जरल्याण्डको सहयोग संघीयताको कार्यान्वयन, रोजगारी र आय आर्जनका साथै सुरक्षित आप्रवासनमा निरन्तर केन्द्रित रहि आएको छ । स्विट्जरल्याण्ड नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमा सामाजिक, आर्थिक विकास र संघीयताको कार्यान्वयनमा सहयोग गर्न प्रतिबद्ध छ ।
राजदुतावासले २ वर्षको निश्चित आवधीक–करार (करार अवधि थप हुने सम्भावना सहित) को लागि एक उर्जावान नेपाली उमेद्वारको आवेदन आह्वान र्गदछ ।
अफिस क्लिनर
१० कक्षा उतिर्ण भएको, अफिस सरसफाई सम्बन्धी राम्रो ज्ञान भएको; कम्तिमा २ बर्ष अफीस क्लिनरको जिम्मेवारी लिई काम गरिसकेको अनुभव; सामान्य अंग्रेजी तथा राम्ररी नेपाली बोल्न र लेख्न सक्ने; मान्यताप्राप्त संस्थाबाट सम्बन्धित बिषयमा तालिम लिएको ।
विस्तृत कार्य विवरण उल्लेखित वेभसाइटमा उपलब्ध छ ।
https://www.fdfa.admin.ch/countries/nepal/en/home/news/open-job-vacancies.html
अथवा तल उल्लेखित लिङ्कमा जानुहोस्:
हालको बायोडाटा; सम्पर्क ठेगाना र टेलिफोन नम्बर; शैक्षिक योग्यताको प्रमाण–पत्रको प्रतिलिपि; नेपाली नगरिकताको प्रमाण–पत्रको प्रतिलिपि; हालको अथवा पूर्व रोजगारदाताबाट सिफारिस सहित अंग्रेजी अथवा नेपालीमा आवेदन दिनु हुन आह्वान गर्दछौँ ।
माथि उल्लेखित पुर्ण विवरण सहितको आवेदन १० अगस्ट २०२५, ५ बजे भित्र इमेल kathmandu.application@eda.admin.ch वा पोष्ट मार्फत निम्न ठेगानामा आइपुगि सक्नु पर्ने छ । खाममा वा इमेलको विषयमा "आवेदन –अफिस क्लिनर" भनि उल्लेख गर्नु पर्नेछ ।
Personnel and Administration Manager
P.O. Box 113
Kathmandu, Nepal
सर्टलिस्ट गरिएका उम्मेद्वारहरूलाई मात्र सम्पर्क गरिनेछ । राजदूतावासले कुनै कारण उल्लेख नगरिकन कुनै वा सबै आवेदनहरू अस्वीकार गर्ने अधिकार सुरक्षित राख्दछ ।
नेपालमा स्विट्जरल्याण्ड राजदुतावासले श्रमशक्तिमा विविधतालाई प्रोत्साहान गर्दछ र भेदभावमा पारिएको समुह (दलित, जनजाती, मधेशी र तराई र अन्य अल्प संख्यक समुदाय) का उम्मेदवारलाई सकरात्मक विभेद गर्दछ । |
Overview
Category | Other / Misc. |
Openings | 1 |
Position Type | Fixed Term |
Experience | 2 Years |
Education | SLC / SEE, 10th Pass |
Posted Date | 26 Jul, 2025 |
Apply Before | 10 Aug, 2025 |
City | Lalitpur |