Accounts Officer

Mithila Sarathi Society Nepal

Details / requirements:

रोजगारीको अवसर (Vacancy Announcement)

मिथिला सारथी समाज नेपाल (MSSN)

आदर्श कोतवाल गाउँपालिका, बारा

मिथिला सारथी समाज नेपाल (MSSN) एक गैर मुनफा रहित सामाजिक विकास संस्था हो, बिक्रम सम्बत २०७८ सालमा देखि बारा र सर्लाही, महोत्तरी मा काम गर्दै आएको छ l यस संस्थाले  युवा, महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा शिक्षा, स्वास्थ्य, समावेशी विकास, बाल अधिकार, महिला सशक्तीकरण तथा अपाङ्गता समावेशी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाको वित्तीय तथा लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन देहाय बमोजिम लेखा अधिकृत (Accounts Officer) पदमा योग्य, दक्ष तथा जिम्मेवार नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ। स्थानीय स्तरको कर्मचारीलाई प्राथमिकता दिइने छ ; 

पद विवरण

पद: लेखा अधिकृत (Accounts Officer)

संख्या: १ (एक)

कार्यस्थल: आदर्श कोतवाल गाउँपालिका, बारा

रोजगारको प्रकार: (Full Time)

न्यूनतम योग्यता

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन/लेखा/वित्त (BBS, BBA, MBS वा सो सरह) उत्तीर्ण गरेको l
  • लेखा तथा वित्तीय व्यवस्थापन क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएमा प्राथमिकता।
  • Tally, Excel, Word तथा अन्य Accounting Software सञ्चालन गर्न सक्ने।
  • नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन तथा पत्राचार गर्न सक्ने।
  • इमानदार, जिम्मेवार, समय व्यवस्थापनमा दक्ष तथा टोलीसँग काम गर्न सक्ने।
  • अपांगता भएका व्यक्तिहरू र महिलालाई प्राथमिकता दिने छ  
  • उमेर २५ वर्ष देखि ५८ वर्ष सम्मको व्यक्स्तिले मात्र यो पदको लागि उपुत्ता मानिनेछ 

मुख्य जिम्मेवारी

  • संस्थाको दैनिक लेखा अभिलेख तथा वित्तीय कारोबार व्यवस्थित गर्ने।
  • भुक्तानी, बैंक समायोजन तथा खर्च व्यवस्थापन गर्ने।
  • वित्तीय प्रतिवेदन, बजेट तथा अडिटका लागि आवश्यक कागजात तयार गर्ने।
  • नेपाल सरकार तथा दातृ निकायको वित्तीय मापदण्ड पालना गर्ने।
  • कार्यालयमा महिनाको ६० प्रतिशत र फिल्डमा ४० प्रतिशत काम गर्नु पर्ने छ   
  • संस्थामा संचालित परियोजनाहरुको आवश्यक कामकाज गर्ने र दात्त्री निकायसंग संग समन्वय गर्ने
  • संस्थाले तोकेका अन्य वित्तीय तथा प्रशासनिक कार्य सम्पादन गर्ने।
  • संस्थाको नयाँ योजना बनाउने र संस्थागत विकाशमा सहयोग गर्ने।

सेवा सुविधा

  • संस्थाको कर्मचारी नियमावली तथा परियोजनाको बजेट अनुसार एक मुस्ट भुक्तानी ।

आवेदनका लागि आवश्यक कागजात

  • आवेदन पत्र
  • Update बायोडाटा (CV)
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि
  • नागरिकताको प्रतिलिपि
  • NID कार्डको प्रतिलिपि 
  • अनुभव प्रमाणपत्र 

आवेदन दिने अन्तिम मिति

यो विज्ञापन प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र साँझ ५:०० बजे सम्म

आवेदन पठाउने ठेगाना

मिथिला सारथी समाज नेपाल (MSSN)

आदर्श कोतवाल गाउँपालिका, बारा

इमेल: mssnbaraprocurement@gmail.com

सम्पर्क नं.: ९८४५४३०१७४

नोट: छनौट प्रक्रियामा : 

  • Short list भएको लाई सम्पर्क गरिनेछ
  • लिखित र अन्तर्वार्ता कार्य परिक्षण गरेर नियुती दिनको लागि सम्पर्क गरिनेछ।
  • संस्थाले कुनै पनि आवेदन स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार राख्नेछ।

मिथिला सारथी समाज नेपाल (MSSN)

आदर्श कोतवाल गाउँपालिका, बारा

Overview

Category Accounting and Finance, Development Project
Openings 1
Position Type Full Time
Experience Please check details
Education Please check details
Posted Date 24 Jul, 2026
Apply Before 07 Aug, 2026
City Bara