आवश्यकता

Centre for Mental Health & Counselling Nepal

Details / requirements:

नुवाकोट, रसुवा, र धादिंग जिल्लामा बाडी पिडित तथा प्रभावितको लागि मनोसामाजिक सहयोग गर्न केहि मानोसामाजिक कार्यकर्ताहरूको आवश्यकता परेकोले योग्यता पुगेका र ईच्छुक महिलाले तुरुन्त निबेदन दिन अनुरोध गरिन्छ l यो कार्यक्रम UNFPA को आर्थिक तथा CMC Nepal को प्राविधिक सहयोगमा संचालन गरिएको छ l

पद: सामुदायिक मनोसामाजिक कार्यकर्ता

न्यूनतम योग्यता:

  • शैक्षिक योग्यता: कम्तिमा पनि १२ वा सो सरह उत्तीर्ण गरेको ।
  • उमेर: २० वर्ष पूरा भई ४० वर्ष ननाघेको ।
  • अनुभव एवं वाञ्छनीय योग्यताः
  • मनोसामाजिक कार्यकर्ता वा सामाजिक कार्यकर्ताको रुपमा समुदायस्रतमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिईनेछ
  • समुदायमा निहित घरेलु तथा लैङ्गिक हिंसा न्यूनीकरण तथा रोकथाममा काम गर्न रुची राख्ने ।
  • मनोसामाजिक समस्या भएका केशहरुको प्रेषण तथा मनोसामाजिक सहयोग प्रदान गर्ने अनुभव भएको ।
  • स्थानीयस्तरमा क्लव, महिला समूह, आमा समूह, सामुदायीक महिला स्वास्थ्य स्वयंसेविका, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था, स्वास्थ्य संस्था, तथा वडा, स्थानीय सरकार तथा अन्य गैर सरकारी संस्थाबाट सञ्चालन भएका अन्य कार्यक्रमसँग समन्वय गर्न सक्ने ।
  • स्थानीय तथा राष्ट्रियस्तरमा लैङ्गिक हिंसा सम्वन्धि जानकार तथा यस्ता हिंसाबाट प्रभावितको मनोसामाजिक सहयोगको आवश्यकता तथा सहयोगको प्रकृयावारे राम्रो जानकारी भएको ।
  • आफुले गरेको कामको प्रतिवेदन बनाउने अनुभव भएको ।
  • दिइएको उत्तरदायित्व राम्रो सँग वहन गर्न कटिबद्ध रहने ।
  • स्पष्ट रुपले संचार गर्न सक्ने र आवश्यकता अनुसार गोपनियता कायम गर्ने क्षमता भएको ।
  • इमेल, इन्टरनेट, MS Word, Power Point, Excel मा जानकार तथा प्रयोग गर्ने सीप भएको ।
  • उम्मेदवारहरु नुवाकोट, रसुवा, र धादिंग जिल्ला तथा सम्बन्धित बाडी प्रभावित पालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ ।
  • उत्सुक एवं नयाँ विषयवस्तु सिक्न ईच्छा भएकालाई विशेष प्राथमिकता दिइने ।
  • दलित, जनजाती, अल्पसंख्यक तथा सीमान्तकृत समुदायका उम्मेदवारहरुलाई विशेष ग्राह्यता दिइनेछ ।

आवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रमाणपत्रहरू: 

  • नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि एक थान ।
  • न्यूनतम शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि १ थान ।
  • वाञ्छनीय योग्यता तथा अनुभवका प्रमाणित प्रतिलिपि १ थान ।
  • छनोटको प्रकिया: निवेदन प्राप्त भएका उम्मेदवारमध्ये तोकिएका छनौट मापदण्डको आधारमा योग्यता पुगेका उम्मेदवारहरू मात्र संक्षिप्त सूची (shortlist) गरिनेछ। 
  • परीक्षाको किसिम: संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुलाई अन्तर्वार्ता गरिनेछ ।
  • कर्मचारी छनौट तथा नियुक्ति सम्बन्धी सम्पूर्ण अधिकार यो संस्थामा रहनेछ, र आवश्यकताअनुसार छनौट प्रक्रिया अगाडि नबढाउने निर्णय गर्ने अधिकार पनि संस्थामा नै रहनेछ।

सी.एम.सी.-नेपाल आफ्ना सवै कार्यहरुमा बालबालिका तथा जोखिम रहेका अन्य वयस्क व्यक्तिहरुको संरक्षण, यौन र्दुव्यवहार, शोषण र उत्पीडनको रोकथाम र जवाफदेहिताको पालना प्रति पूर्ण प्रतिवद्ध छ । हामी हाम्रा सेवाहरुमा बालबालिका, महिला, अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिको सुरक्षा, सम्मान र अधिकारलाई प्राथमिकता दिन्छौ ।

योग्यता पुगेका ईच्छुक उम्मेदवारले असोज १० गते सम्म निवेदन सहित व्यक्तिगत विवरण -बायोडाटा) निम्न ठेगानामा ईमेल गरि पठाउन अनुरोध गरिन्छ ।

recruitment@cmcnepal.org.np 

Overview

Category
Salary Rs. /
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Sep, 2026
Apply Before 02 Oct, 2026
City