आशय-पत्र (EOI) आह्वान
Support Activities for Poor Producers of Nepal (SAPPROS-NEPAL) is a leading national non-governmental organization with over 35 years of experience in poverty reduction, economic inclusion, community empowerment, and sustainable rural development. Through more than 150 major projects implemented across 68 districts, SAPPROS-NEPAL has reached over 650,000 households, particularly in remote and underserved areas. Since its inception, SAPPROS-NEPAL has been delivering high-impact interventions in agriculture, climate change adaptation, market systems development, and disaster risk management. We adopt an inclusive, community-led, and system-based approach to build resilience and improve the livelihoods of vulnerable populations.
Details / requirements:
आशय-पत्र (EOI) आह्वान
सप्रोस नेपाल द्वारा CBM UK, सँगको साझेदारीमा चितवन जिल्लामा सञ्चालित FAIDA परियोजनाका लागि आवश्यक विभिन्न वस्तु तथा सेवाहरू आपूर्ति गर्न प्राथमिकता प्राप्त स्थानीय विक्रेता सूची (Preferred Local Vendor Roster) तयार गर्नुपर्ने भएकाले इच्छुक फर्म/व्यवसायीहरूबाट यो आशय-पत्र आह्वान गरिन्छ.
१. मुख्य विवरणहरू
- परियोजनाको नाम: FAIDA.
- लक्षित क्षेत्र: चितवन जिल्लाका सबै ७ वटा स्थानीय तहहरू
- आपूर्तिको क्षेत्र (Lots):
- लट १: जलवायु मैत्री कृषि (CSA) बीउ तथा पोषण सामग्री: जलवायु प्रतिरोधी बीउ (तरकारी/अन्नबाली), बिरुवा, जैविक मल तथा माटो पोषण व्यवस्थापन सामग्री
- लट २: CSA उपकरण तथा सिँचाइ प्रविधि: मल्चिङ प्लास्टिक, सिलपाउलिन प्लास्टिक, ड्रिप/स्प्रिंकलर सिँचाइ प्रणाली तथा न्यून लागत, किफायती पानी पम्प
- लट ३: जीविकोपार्जन सम्पत्ति (पशुपालन तथा कृषि): खोप लगाइएका बाख्रा, कुखुरा, सुँगुर, पशु आहार, पशु औषधि तथा ट्यागिङ मेसिन
२. योग्यता र प्राथमिकता
- सम्बन्धित गाउँ/नगरपालिकामा दर्ता भई भौतिक रूपमा सञ्चालनमा रहेका स्थानीय फर्महरूलाई प्रथम ग्राह्यता दिइनेछ (Municipality-First Rule).
- अपाङ्गता भएका व्यक्तिहरूको संस्था (OPD) तथा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने व्यवसायहरूलाई विशेष प्राथमिकता दिइनेछ.
- फर्मको VAT/PAN दर्ता र आ.व. २०८१/८२ को कर चुक्ता प्रमाणपत्र अनिवार्य हुनुपर्नेछ.
३. आवेदन दिने प्रक्रिया
इच्छुक बोलपत्रदाताहरूले आशय-पत्रको ढाँचा/फाराम निम्न माध्यमबाट प्राप्त गर्न सक्नुहुनेछ:
- इमेल मार्फत: procurement@sappros.org.np मा सम्पर्क गरी फाराम माग गर्न सकिनेछ.
- प्रत्यक्ष सम्पर्क: सप्रोस नेपालको केन्द्रीय कार्यालय (बबरमहल, काठमाडौं) वा परियोजना कार्यालय (मिलन चोक, भरतपुर –१२, चितवन, फोन नं ९८६८६२२५५२) मा सिधै सम्पर्क गरी फाराम बुझ्न सकिनेछ.
४. बुझाउने अन्तिम मिति र स्थान
- अन्तिम मिति: बिहिबार, २०८२ माघ २८ (२०२६ फेब्रुअरी ११), दिउँसो ३:०० बजेसम्म.
- बुझाउने स्थान: सप्रोस नेपालको काठमाडौं वा चितवन कार्यालयमा शिलबन्दि खाम मार्फत पेश गर्न सकिनेछ.
नोट: रीतपूर्वक नआएका वा ढिलो प्राप्त भएका आवेदनहरू स्वीकार गरिने छैन. थप जानकारीका लागि सप्रोस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ.
सप्रोस नेपाल (SAPPROS-NEPAL) केन्द्रीय कार्यालय: सूर्य मार्ग, बबरमहल, काठमाडौं फोन: +९७७-१-५३३२१२९, ५३४२१४३ इमेल: procurement@sappros.org.np
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 04 Feb, 2026 |
| Apply Before | 11 Feb, 2026 |
| City | Kathmandu |