आपूर्तिकर्ता, सेवा प्रदायक तथा प्राविधिक विज्ञ सूचिकरण (रोस्टर दर्ता)कालागि आह्वान
Details / requirements:
आपूर्तिकर्ता, सेवा प्रदायक तथा प्राविधिक विज्ञ सूचिकरण (रोस्टर दर्ता)कालागि आह्वान
वस्तु, सेवा तथा परामर्शदाताहरूको पूर्व-योग्यता (Pre-Qualification) सूची स्थापना सम्बन्धी सार्वजनिक सूचना
| सूचना नं.: NFDN-321/2082/83 | प्रथम पटक प्रकाशन मिति: ०५ असार २०८३ |
| आवेदन दिने अन्तिम मिति: ३२ असार २०८३ | समय: नेपाल समय अनुसार साँझ ५:०० बजेभित्र |
१. पृष्ठभूमि र उद्देश्य
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN) ले आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न कार्यक्रमगत तथा संस्थागत आवश्यकताहरू पूरा गर्न पूर्वयोग्यता प्राप्त व्यक्तिगत परामर्शदाता, परामर्शदाता फर्म, सेवा प्रदायक, होटल तथा वस्तु आपूर्तिकर्ता/विक्रेताहरूको मौजुदा सूची (Roster) अद्यावधिक गर्न लागेको छ ।
यस अभिरुचि अभिव्यक्ति (EOI) को मुख्य उद्देश्य योग्य, अनुभवी र भरपर्दो विज्ञ एवं आपूर्तिकर्ताहरूको पहिचान गरी सूचीकृत गर्नु हो । महासङ्घको संगठनात्मक आवश्यकता र खरिद योजनाका आधारमा तालिम, अनुसन्धान, कानुनी सहायता, भौतिक तथा डिजिटल पहुँचयुक्तता लेखापरीक्षण (Accessibility Audit), प्राविधिक सहयोग र वस्तु तथा सेवा खरिद लगायतका विशिष्ट कार्यभारहरू सिर्जना हुँदा यसरी सूचीकृत फर्म वा व्यक्तिहरूलाई नियमानुसार आवश्यक परेको समयमा आवद्ध वा आमन्त्रित गरिनेछ ।
२. कार्यको वर्गीकरण तथा दायरा (Categories and Scope of Work)
आवेदकहरूले आफ्नो योग्यता, दक्षता र कार्यक्षेत्र अनुसार निम्न मध्ये कुनै एक वा एकभन्दा बढी श्रेणीका लागि आवेदन दिन सक्नेछन् । आवेदन पेश गर्दा आफूले काम गर्न चाहेको श्रेणी स्पष्ट रूपमा चयन गर्नुपर्नेछ ।
बिस्तृत विवरणको लागि तलको लिङ्कमा जानुहोस्:
आवेदन पेश गर्ने प्रक्रिया (Application Submission Procedure)
कृपया पेश गर्न आवश्यक पर्ने कागजातहरू (अनुसुची १.१ - आपूर्तिकर्ताको लागि सूचीदर्ता फारम, अनुसुची १.२ - परामर्शदाताको लागि सूचीदर्ता फारम र अनुसुची २ - आपूर्तिकर्ता र परामर्शदाताको आचारसंहिता) तल दिइएको लिंकबाट डाउनलोड गरी भरेर आधिकारिक हस्ताक्षर तथा संस्थाको छाप लगाई पेश गर्नुहोला । Link: All required forms for suppliers registration
इच्छुक व्यक्ति, फर्म, संस्था वा विक्रेताहरूले महासङ्घले तोकेको अनलाइन गुगल फारम भर्नु पर्नेछ । फारममा मागिएका सम्पूर्ण विवरणहरू भरेर र आवश्यक कागजातहरू संलग्न गरी तोकिएको समयभित्र बुझाउनु पर्नेछ ।
अनलाइन आवेदन फारम लिङ्क (Google Form): https://forms.gle/h5cKUhv85ZfuwnUs6
थप जानकारी वा स्पष्टीकरणका लागि सम्पर्क
यस सूचना सम्बन्धी कुनै पनि जिज्ञासा वा थप स्पष्टीकरण आवश्यक परेमा आवेदकहरूले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल (NFDN) को संघीय कार्यालय वा सम्बन्धित प्रदेश कार्यालयहरूमा कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुनेछ ।
| कार्यालय | स्थान | सम्पर्क नम्बर |
| संघीय कार्यालय | रातोपुल, काठमाडौं–७ | ०१-४५८७३४१, ०१-५३३११५ |
| कोशी प्रदेश कार्यालय | प्रगति टोल, विराटनगर-१२ | ९८४००१५८६९ |
| मधेश प्रदेश कार्यालय | भ्रमरपुरा चोक, जनकपुर-४ | ९८४००१५००६ |
| बागमती प्रदेश कार्यालय | वासुदेवमार्ग, हेटौंडा-२ | ९८४५२२११८९ |
| गण्डकी प्रदेश कार्यालय | रत्नचोक, पोखरा–७ | ९८४४३७१५३२ |
| लुम्बिनी प्रदेश कार्यालय | भालुवाङ, राप्ती, दाङ | ९८४८१००९५१ |
| कर्णाली प्रदेश कार्यालय | वीरेन्द्रनगर–७, सुर्खेत | ९८४८२९३८९४ |
| सुदूरपश्चिम प्रदेश कार्यालय | हसनपुर, धनगढी-५ | ९८६८४१७७३४ |
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आधिकारिक पेजमा प्रकाशित सूचनाको लिङ्कः
https://www.nfdn.org.np/featured/call-for-supplier-registration-2026/
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 19 Jun, 2026 |
| Apply Before | 16 Jul, 2026 |
| City | Kathmandu |