कर्मचारी आवश्यकता सम्बन्धि सूचना

Dalit Society Welfare Committee Nepal

Details / requirements:

दलित समाज उत्थान समिति नेपाल, महोत्तरी

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मिति: २०७९ माघ ०६ गते शुक्रवार

दलित समाज उत्थान समिति नेपाल (Dalit Society Welfare Committee Nepal) महोत्तरी जिल्लामा विगत २१ वर्ष देखि सञ्चालनमा रहेको एक गैर सरकारी संस्था हो। यस संस्थाले जिल्लाका विभिन्न निकायहरुसँगको सहकार्यमा शिक्षा, जीविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सरसफाई लगाएत बालबालिका तथा महिलाको हकहित संरक्षण, न्यायमा पहुँच जस्ताकार्यहरु सञ्चालन गर्दै आइरहेको छ । 

वल्र्ड भिजन इन्टरनेशलन (World Vision International Nepal) सँगको सहकार्यमा यस महोत्तरी जिल्लाको सम्सी र एकडाँरा गाउँपालिकामा संरक्षण-समुदाय संलग्नता तथा बाल स्पोन्सारसीप कार्यक्रम (Protection-Community Engagement and Sponsorship Programme) सञ्चान गर्न गइरहेको हुँदा कर्मचारी पदपुर्ती गर्नुपर्ने भएकोले तल उल्लेखित पदहरुका लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्तको लागि अहवान गरिन्छ ।

पद

शैक्षिक योग्यता

आवश्यक योग्यता तथा सीपहरु

कार्यक्रम संयोजक

(Project Coordinator)

१ जना

स्नातक उतिर्ण 

Bachelor Degree in Social Science or relevant discipline)

  • समाजिक क्षेत्रमा कम्तीमा पनि ५ वर्षको अनुभव प्राप्त गरेको
  • क्षमता अभिवृद्धि तालिम, कार्यक्रम व्यवस्थापन र  संस्थागत कर्मचारी विकास तथा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सहकार्य गर्न सक्ने क्षमता भएको   
  • परिणात्मक तथा गुणात्मक तथ्याङ्क संड्ढलन गर्न सक्ने तथा विभिन्न किसिमका विधि/प्रकृया विकास गर्न सक्ने सीप भएको
  • जिल्लामा रहेको सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँग आत्मविश्वासी तथा मैत्रीपुर्ण वातावरणमा काम गर्न सक्ने
  • अन्तर वैयक्तिककला र सहजीकरण सीप भएको र कार्यको चापमा पनि परियोजना ब्यवस्थापन गर्न सक्ने दक्षता भएको
  • जिल्लाको सामाजिक, आर्थिक एवमं सांस्कृतिक विषहरुमा राम्रो ज्ञान भएको  
  • अंग्रेजी र नेपाली भाषमा प्रतिवेदन लेख्ने तथाबोल्न सक्ने क्षमता भएको  
  • कम्प्युटरको Office package; World, Excel, Power point, English Nepali typing and email internet राम्रो दक्षता भएको
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको

Sponsorship Quality Control Officer (SQCO),

१  जना

स्नातकतह उत्तिर्ण 

Bachelor degree in any disciple)

  • सम्बन्धीत क्षेत्रमा कम्तिमा २ वर्षको कार्य अनुभव भएको 
  • कम्प्युटरको ज्ञान भएको तथा लेखाप्याकेज गर्न सक्ने भएको
  • संचार तथा तथ्याड्ढ संकलन गर्ने शिप भएको 
  • लिखित, मौखिक, प्रस्तुति र प्रतिवेदन गर्ने सीप भएको ।
  • Smart Phones/Tablets, MS Word, Excel, Power point and data management को दक्षता भएको, 
  • नेपाली तथा अंग्रेजी भाषामा राम्रो टाइपिङ्ग गर्न सक्ने साथै इमेल, इन्टरनेट चलाउन सक्ने 
  • दुई चक्के सवारीको लाइसेन्स प्राप्त भएको

आवेदन साथ पेश गर्नु पर्ने कागजातहरु

माथि उल्लेखित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले व्यक्तिगत विवरण (Bio-Data), हस्तलिखित निवेदन, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपि, तालिम तथा कार्य अनुभव पत्रहरुको प्रतिलिपि सहित आफुले आवेदनगर्न चाहेको पदप्रष्ट रुपमा खुलाई २ जना सन्दर्भ व्यक्ति (Reference Persons) हरुको नाम सम्पर्क नम्वर र इमेल सहित सम्पूर्ण कागजपत्रहरुमा सक्कल बमोजिम नक्कल ठिक छ भनी स्व:प्रमाणित गरी आवेदन पेश गर्नु पर्नेछ ।

आवेदन दिने अन्तिम मिति

सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा र अन्तिम दिन बिदा परे सोको भोलिपल्ट ।

आवेदन पेश गर्ने स्थान 

दलित समाज उत्थान समिति नेपाल, जनकपुरधाम ४, (विश्वक्रमाचोक)

सम्पर्क नं.९८६४२७४५०५ र ९८५४०२९२७७ वा संस्थाका ईमेल dswcn.vacuncy@gmail.com मा सबै आवेदन इमेल गर्न सकिन्छ ।

तोकिएको मिति भित्र पर्न आएको आवेदकहरुको संक्षिप्त सूची (Short List) तयार गरिनेछ साथै संक्षिप्त सूचीमा परेका आवेदकहरुलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रस्तुतीकरण प्रक्रियामा समावेश गरिनेछ ।

कुनै पनि आवेदन वा सम्पुर्ण आवेदनहरु स्वीकार/अस्वीकार गर्ने अधिकार यस संस्था दलित समाज उत्थान समिति नेपालमा सुरक्षित रहनेछ ।

दलित समाज उत्थान समिति नेपाल संस्था तथा कार्यक्रमले कर्मचारीमा विविधताको प्रर्वद्धन गर्दछ र कर्मचारीको छनौटमा महिला तथा दलित, जनजाति, मधेशी तथा अन्य अल्पसंख्यक समुदायका उम्मेदवारहरुको समावेशीकरणको लागि साकारात्मक विभेदको आधारमा विशेष गाह्रयता प्रदान गर्दछ ।

बेटी पढाउ बेटी बचाऔं । विवाह २० वर्ष पछाडि गरौं । बालविवाह मुक्त समाज निर्माण गरौ ।

Overview

Category Development and Project, Development / NGO
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Jan, 2023
Apply Before 26 Jan, 2023
City Janakpurdham