1. Accounts Officer & 2. TOR for Consultant for Economic Empowerment Advocacy Strategy and Toolkit Development
Details / requirements:
रोजगारीको अवसर (Vacancy Announcement)
मिथिला सारथी समाज नेपाल (MSSN)
आदर्श कोतवाल गाउँपालिका, बारा
मिथिला सारथी समाज नेपाल (MSSN) एक गैर मुनफा रहित सामाजिक विकास संस्था हो, बिक्रम सम्बत २०७८ सालमा देखि बारा र सर्लाही, महोत्तरी मा काम गर्दै आएको छ l यस संस्थाले युवा, महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा शिक्षा, स्वास्थ्य, समावेशी विकास, बाल अधिकार, महिला सशक्तीकरण तथा अपाङ्गता समावेशी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संस्थाको वित्तीय तथा लेखा व्यवस्थापनलाई प्रभावकारी बनाउन देहाय बमोजिम लेखा अधिकृत (Accounts Officer) पदमा योग्य, दक्ष तथा जिम्मेवार नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको छ। स्थानीय स्तरको कर्मचारीलाई प्राथमिकता दिइने छ ;
पद विवरण
पद: लेखा अधिकृत (Accounts Officer)
संख्या: १ (एक)
कार्यस्थल: आदर्श कोतवाल गाउँपालिका, बारा
रोजगारको प्रकार: (Full Time)
न्यूनतम योग्यता
- मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन/लेखा/वित्त (BBS, BBA, MBS वा सो सरह) उत्तीर्ण गरेको l
- लेखा तथा वित्तीय व्यवस्थापन क्षेत्रमा कम्तीमा २ वर्षको कार्य अनुभव भएमा प्राथमिकता।
- Tally, Excel, Word तथा अन्य Accounting Software सञ्चालन गर्न सक्ने।
- नेपाली तथा अंग्रेजी भाषामा प्रतिवेदन तथा पत्राचार गर्न सक्ने।
- इमानदार, जिम्मेवार, समय व्यवस्थापनमा दक्ष तथा टोलीसँग काम गर्न सक्ने।
- अपांगता भएका व्यक्तिहरू र महिलालाई प्राथमिकता दिने छ
- उमेर २५ वर्ष देखि ५८ वर्ष सम्मको व्यक्स्तिले मात्र यो पदको लागि उपुत्ता मानिनेछ
मुख्य जिम्मेवारी
- संस्थाको दैनिक लेखा अभिलेख तथा वित्तीय कारोबार व्यवस्थित गर्ने।
- भुक्तानी, बैंक समायोजन तथा खर्च व्यवस्थापन गर्ने।
- वित्तीय प्रतिवेदन, बजेट तथा अडिटका लागि आवश्यक कागजात तयार गर्ने।
- नेपाल सरकार तथा दातृ निकायको वित्तीय मापदण्ड पालना गर्ने।
- कार्यालयमा महिनाको ६० प्रतिशत र फिल्डमा ४० प्रतिशत काम गर्नु पर्ने छ
- संस्थामा संचालित परियोजनाहरुको आवश्यक कामकाज गर्ने र दात्त्री निकायसंग संग समन्वय गर्ने
- संस्थाले तोकेका अन्य वित्तीय तथा प्रशासनिक कार्य सम्पादन गर्ने।
- संस्थाको नयाँ योजना बनाउने र संस्थागत विकाशमा सहयोग गर्ने।
सेवा सुविधा
- संस्थाको कर्मचारी नियमावली तथा परियोजनाको बजेट अनुसार एक मुस्ट भुक्तानी ।
आवेदनका लागि आवश्यक कागजात
- आवेदन पत्र
- Update बायोडाटा (CV)
- शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रतिलिपि
- नागरिकताको प्रतिलिपि
- NID कार्डको प्रतिलिपि
- अनुभव प्रमाणपत्र
आवेदन दिने अन्तिम मिति
यो विज्ञापन प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र साँझ ५:०० बजे सम्म
आवेदन पठाउने ठेगाना
मिथिला सारथी समाज नेपाल (MSSN)
आदर्श कोतवाल गाउँपालिका, बारा
इमेल: mssnbaraprocurement@gmail.com
सम्पर्क नं.: ९८४५४३०१७४
नोट: छनौट प्रक्रियामा :
- Short list भएको लाई सम्पर्क गरिनेछ
- लिखित र अन्तर्वार्ता कार्य परिक्षण गरेर नियुती दिनको लागि सम्पर्क गरिनेछ।
- संस्थाले कुनै पनि आवेदन स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार राख्नेछ।
2. Terms of Reference
आर्थिक सशक्तीकरण पैरवी रणनीति तथा टुलकिट विकासका लागि परामर्शदाता
१. पृष्ठभूमि
मिथिला सारथी समाज नेपाल (MSSN), बारा, अपाङ्गता भएका महिला तथा किशोरीहरूको अधिकार, समावेशी विकास तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा कार्यरत संस्था हो। संस्थाले UN Women तथा FCDO को सहयोगमा सञ्चालित "हाम्रो साहस कार्यक्रम" अन्तर्गत अपाङ्गता भएका महिलाहरूको नेतृत्व, आर्थिक सशक्तीकरण, अधिकारमा पहुँच तथा नीति पैरवीलाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसै कार्यक्रमअन्तर्गत अपाङ्गता भएका महिलाहरूको आर्थिक सशक्तीकरणका सवाललाई प्रभावकारी रूपमा अघि बढाउन आर्थिक सशक्तीकरण पैरवी रणनीति तथा आर्थिक सशक्तीकरण पैरवी टुलकिट तयार गर्न अनुभवी परामर्शदाताको सेवा आवश्यक भएकाले यो कार्य सर्त तयार गरिएको हो।
२. परामर्श सेवाको उद्देश्य
यस परामर्श सेवाको मुख्य उद्देश्य अपाङ्गता भएका महिलाहरूको आर्थिक सशक्तीकरणलाई प्रवर्द्धन गर्न प्रभावकारी आर्थिक सशक्तीकरण पैरवी रणनीति तथा व्यवहारिक आर्थिक सशक्तीकरण पैरवी टुलकिट तयार गर्नु हो।
३. कार्य अवधि
परामर्शदाता छनोट भएको मितिबाट १५ कार्य दिनभित्र सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्नेछ।
४. कार्यक्षेत्र तथा जिम्मेवारी
चरण १: तयारी (५ कार्य दिन)
परामर्शदाताले:
- परियोजना तथा सम्बन्धित कागजातहरूको अध्ययन तथा समीक्षा गर्ने।
- आर्थिक सशक्तीकरण, अपाङ्गता समावेशीकरण तथा पैरवीसँग सम्बन्धित राष्ट्रिय नीति, कानुन, योजना तथा अभ्यासहरूको समीक्षा गर्ने।
- कार्यशालाको विस्तृत कार्ययोजना, सहजीकरण विधि तथा समयतालिका तयार गर्ने।
- प्रस्तुतीकरण सामग्री, समूह अभ्यास तथा आवश्यक सन्दर्भ सामग्री तयार गर्ने।
चरण २: कार्यशाला सहजीकरण (३ कार्य दिन)
परामर्शदाताले तीन दिने कार्यशालाको सम्पूर्ण सहजीकरण गर्नेछन्। कार्यशालाको क्रममा:
- सहभागीबीच अनुभव आदान–प्रदान तथा अन्तरक्रियात्मक छलफलको वातावरण सिर्जना गर्ने।
- आर्थिक अवसर, चुनौती तथा आवश्यकता पहिचान गराउने।
- SWOT विश्लेषण तथा Stakeholder Mapping अभ्यास सञ्चालन गर्ने।
- पैरवीका प्राथमिकता, उद्देश्य तथा रणनीतिक कार्यहरू पहिचान गर्न सहजीकरण गर्ने।
- सरकारी निकाय, निजी क्षेत्र, वित्तीय संस्था तथा अन्य सरोकारवालासँग आवश्यक परामर्श तथा छलफल सञ्चालन गर्ने।
- छलफलबाट प्राप्त सुझाव तथा निष्कर्षको व्यवस्थित अभिलेखीकरण गर्ने।
चरण ३: रणनीति तथा टुलकिट विकास (७ कार्य दिन)
कार्यशालाबाट प्राप्त सुझाव तथा तथ्यका आधारमा परामर्शदाताले:
- आर्थिक सशक्तीकरण पैरवी रणनीति को मस्यौदा तयार गर्ने।
- आर्थिक सशक्तीकरण पैरवी टुलकिट विकास गर्ने।
- MSSN टोलीसँग मस्यौदामाथि छलफल गरी आवश्यक सुधार गर्ने।
- प्राप्त सुझाव समावेश गरी अन्तिम रणनीति तथा टुलकिट तयार गरी संस्थालाई बुझाउने।
५. कार्य सम्पादन विधि
परामर्शदाताले निम्न विधि अवलम्बन गरी कार्य सम्पन्न गर्नुपर्नेछ।
- उपलब्ध दस्तावेज तथा सन्दर्भ सामग्रीको अध्ययन।
- सहभागीमुखी तथा अन्तरक्रियात्मक सहजीकरण विधिको प्रयोग।
- समूह छलफल, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अनुभव आदान–प्रदान।
- सरोकारवालासँग आवश्यक परामर्श (Stakeholder Consultation)।
- तथ्य तथा सुझावहरूको विश्लेषण।
- मस्यौदा तयार गरी समीक्षा तथा प्रमाणीकरण।
- अन्तिम रणनीति तथा टुलकिट तयार गरी संस्थालाई हस्तान्तरण।
६. अपेक्षित उपलब्धि (Deliverables)
परामर्शदाताले निम्न दस्तावेजहरू उपलब्ध गराउनुपर्नेछ:
- कार्य प्रारम्भ (Inception) योजना।
- कार्यशाला सहजीकरण योजना।
- कार्यशालाका प्रस्तुतीकरण सामग्री।
- कार्यशाला सम्पन्न प्रतिवेदन।
- आर्थिक सशक्तीकरण पैरवी रणनीतिको मस्यौदा।
- आर्थिक सशक्तीकरण पैरवी टुलकिटको मस्यौदा।
- अन्तिम आर्थिक सशक्तीकरण पैरवी रणनीति।
- सम्पादनयोग्य (Editable) तथा PDF दुवै स्वरूपमा अन्तिम आर्थिक सशक्तीकरण पैरवी टुलकिट।
७. आवश्यक योग्यता तथा अनुभव
आवेदकमा निम्न योग्यता तथा अनुभव हुनुपर्नेछ:
- समाजशास्त्र, विकास अध्ययन, अर्थशास्त्र, सार्वजनिक नीति, लैङ्गिक अध्ययन, अपाङ्गता अध्ययन वा सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण।
- अपाङ्गता, महिला अधिकार, आर्थिक सशक्तीकरण वा विकास क्षेत्रमा कम्तीमा दुई वर्षको अनुभव।
- रणनीति, कार्ययोजना, टुलकिट, नीति दस्तावेज वा समान प्रकृतिका सामग्री विकास गरेको अनुभव।
- राष्ट्रिय तथा स्थानीय तहका सरकारी निकाय, विकास साझेदार तथा नागरिक समाजसँग कार्य गरेको अनुभव।
- सहभागीमुखी कार्यशाला सहजीकरणमा अनुभव।
- अपाङ्गता समावेशीकरण, लैङ्गिक समानता तथा आर्थिक सशक्तीकरणसम्बन्धी राम्रो ज्ञान।
- उत्कृष्ट विश्लेषणात्मक क्षमता तथा नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्ने दक्षता।
८. प्रतिवेदन तथा समन्वय
परामर्शदाताले सम्पूर्ण कार्य मिथिला सारथी समाज नेपालको परियोजना टोलीसँग नियमित समन्वय गरी सम्पन्न गर्नुपर्नेछ। अन्तिम प्रतिवेदन तथा सबै स्रोत सामग्री सम्पादनयोग्य (Editable) र PDF दुवै स्वरूपमा संस्थालाई बुझाउनुपर्नेछ।
९. सेवा शुल्क
यस परामर्श सेवाका लागि रू. १,२०,००० (अक्षरेपी एक लाख बीस हजार रूपैयाँ मात्र) उपलब्ध गराइनेछ। प्रचलित कानुनबमोजिम लागू हुने कर कट्टी गरिनेछ।
१०. आवेदनका लागि आवश्यक कागजात
इच्छुक परामर्शदाताले निम्न कागजातहरू पेश गर्नुपर्नेछ:
- आवेदन पत्र (Cover Letter)
- व्यक्तिगत विवरण (Curriculum Vitae - CV)
- प्राविधिक प्रस्ताव (Technical Proposal)
- वित्तीय प्रस्ताव (Financial Proposal)
- प्यान/भ्याट दर्ता प्रमाणपत्र (लागू भएमा)
११. आवेदन पेश गर्ने अन्तिम मिति
२०८३ साल श्रावण १४ गते साँझ ५:०० बजेसम्म।
१२. आवेदन पठाउने ठेगाना
इमेल ID: mssnbaraprocurement@gmail.com
सम्पर्क नं.: ९८४५४३०१७४
मिथिला सारथी समाज नेपाल (MSSN)
आदर्श कोतवाल गाउँपालिका, बारा
Overview
| Category | Accounting and Finance, Social Science, Development Project, Expression of Interests, Tender Notice, Bid, Economics, Development studies, Management, Gender Studies |
| Openings | 1 |
| Position Type | Full Time |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 24 Jul, 2026 |
| Apply Before | 07 Aug, 2026 |
| City | Bara |