सामुदायिक सहजकर्ता

SEDA-Nepal

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

प्रथम पटक प्रकाशनः २०७८।०५।०१

अन्तिम मिति: २०७८।०५।०७

दिगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा—नेपाल) साविकको कर्णालीका ५ वटै जिल्लामा सामाजिक परिचालन,आय आर्जन,क्षमता विकास ,सामुदायिक भौतिक पूर्वाधार,जैविक विविधताको संरक्षण, सुशासन ,खाद्य सुरक्षा,शिक्षा,कृषि तथा बन क्षेत्रमा कार्यक्रम संचालन गर्दै आएको गैरसरकारी संस्था हो । प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र यस संस्थाको कार्यान्वयनमा कालिकोट जिल्लाको नरहरीनाथ गाउँ पालिका (वडा नं. १,२ ,र ३), नरहरीनाथ मा संचालन हुन गईरहेको  “Child DREAM Project'' को लागि तपशिल अनुसारका कर्मचारी आवश्यक परेको हुँदा यो सुचना प्रकाशित गरिएकोले योग्यता पुगेका उम्मेदवारहरुले सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र दरखास्त पेश गर्न आह्वान गरिन्छ ।

१.पदः  सामुदायिक सहजकर्ता (१ जना)

न्यूनतम योग्यता:

  • मान्यता प्राप्त शैक्षिक संस्थाबाट ANM/AHW/HA/Staff Nurse उतर्णि वा सो सरह शैक्षिक योग्यता भएको र स्वास्थ्य, शिक्षा, समुदाय परिचालन क्षेत्रमा कम्तिमा २ बर्ष कार्यअनुभव भएको ।
  •  (अङ्ग्रेजी वा नेपालीमा) प्रतिवेदन तयार गर्न सक्ने ।
  • वडा स्तरमा हुने गतिविधिहरु समयमै र प्रभावकारी रुपमा संचालन गर्न सक्ने ।
  • सञ्चार तथा सहजीकरणमा राम्रो सिप र ज्ञान भएको ।

उम्मेदवारले पेश गर्नु पर्ने आवश्यक कागजातहरु:

  • व्यक्तिगत विवरण BIO-DATA, शैक्षिक योग्यताको प्रमाण पत्र, नेपाली नागरीकताको प्रमाण पत्र, अनुभव विवरण तथा लिखित निवेदन अनिवार्य रुपमा पेश गनेु पर्ने छ ।
  • सेवा तथा सुविधा परियोजनामा व्यवस्था भए अनुसार हुनेछ ।

नोटः  महिला, सिमान्तकृत तथा पिछडिएका वर्ग, फरक क्षमता भएका व्यक्तिहरुलाई आवेदनका निम्ति विशेष आह्वान गरिन्छ । साथै सम्बन्धित पालिका र वडाका उम्मेदवारहरुल्राई प्राथमिकता दिइनेछ ।

उल्लेखित प्रारम्भिक छनौट सूची प्रकाशनमा सुचिकृत भएकाहरुलाई लिखित परिक्षा र लिखित परिक्षामा उर्तीण भएका उम्मेदवारहरुलाई अन्तर्वार्तामा समावेश गराइने छ । 

पुनश्च ः

विस्तृत सूचनाको निम्ति Jobs Nepal को Website : https://www.jobsnepal.com/  मा हेर्नु होला ।

थप जानकारीका लागि

दिगो तथा न्यायोचित विकास प्रतिष्ठान (सेडा—नेपाल), जुम्ला , फोन नंः ०८७—५२०२०३

दरखास्त पठाउने ठेगानाः sedavacancy@gmail.com

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Please check vacancy details
Posted Date 17 Aug, 2021
Apply Before 23 Aug, 2021
City Jumla