सुरक्षा गार्ड
Details / requirements:
महिलाको निम्ति महिला मञ्च नेपाल
आवश्यकता
महिलाको निम्ति महिला मञ्च नेपाल एक गैरसरकारी संस्था हो जसले मनोरञ्जन क्षेत्रमा कामगर्ने महिलाहरुको मानव अधिकार र श्रम अधिकारको लागी काम गर्दछ (दोहोरी, डान्सबार, मसाज, केविन, रेष्टुरेन्ट)। यो संस्था मिति २०६४ मा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुद्धारास्थापित गरिएको मुनाफामुलक संस्था हो । यस संस्थालाई निम्न पदको आवश्यकता भएको हुनाले नेपाली महिला नागरिकबाट निवेदन आव्हान गरिन्छ ।
पदः सुरक्षा गार्ड
संख्याः १ (ऐक)
कार्य क्षेत्र: मुस्कान केन्द्र, टोखा नगरपालिका–१०
जिम्मेवारीहरु
- सुरक्षा सम्बन्धी केही समस्या आएमा तुरुन्त आफ्ना सुपरभाइजर वा प्रशासकीय अधिकृत वा सम्बन्धीत कार्यालय कर्मचारीलाई तुरुन्त जानकारी गराउने
- सुरक्षा सम्बन्धी विधि तथा उपायहरु प्रति जानकार र सर्तक रहने (आपतकालिन टेलिफोन नम्बर, आगो निभाउने साधनको प्रयोग, आदि)
- फोटोकपी गर्ने, चिट्टीपत्र तथा कागजातहरु सम्बन्धीत ठाउमा पु¥याउने, टेलिफोन उठाउने, अन्य कार्यहरु आवश्यकता अनुसार गर्ने
- मुस्कान केन्द्रमा आएका र गएका आगन्तुकहरु तथा बालिकाहरु वा कर्मचारीहरुको रजिष्टरमा रेकर्ड राख्ने ।
योग्यता तथा दक्षता
- कक्षा १० उतिर्ण
- कम्तीमा २ वर्षको सम्बन्धीत कार्यमा अनुभव भएको
- कार्यहरु तोकिएको समयमा पुरा गर्न सक्ने क्षमता भएको
- विभिन्न सुरक्षा सम्बन्धी जानकार र तालिम प्राप्त गरेको
कार्य अवधिः मार्च १, २०२० देखि डिसेम्वर ३१, २०२०
तलव तथा सुविधाः संस्थाको नियमानुसार हुनेछ ।
पेश गर्नुपर्ने कागजातहरुः
निवेदनको साथमा नागरिकताको फोटोकी, व्यातिगत विवरण, शैक्षिक योग्यताको फोटोकपी, अनुभवको प्रमाणपत्रहरु यस कार्यालयको इमेल achaudhary@wofowon.org.np मा वा महिलाको निम्ति महिला मञ्च नेपालको कार्यालय गोंगवुमा फाल्गुन २३ गते भित्र पठाउनुहोला ।
Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Full Time |
Experience | 2+ years |
Education | Secondary |
Posted Date | 17 Feb, 2020 |
Apply Before | 06 Mar, 2020 |
City | Kathmandu |