Various Positions
Detailed Job description / requirements:
मल्लरानी
ग्रामीण विकास सरोकार केन्द्र प्यूठानको कर्मचारी आबश्यकता सम्बन्धी सूचना
पहिलो पटक सूचना प्रकाशित मिति : २०७९/१०/१६
मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र समुदायको सामाजिक रुपान्तरणका लागि कृयाशील एक मुनाफारहित सामाजिक संस्था हो । प्यूठान जिल्लाको पहिलो गैर सरकारी संस्थाका रुपमा स्थापित यो संस्था बिगत चार दशक देखि सामाजिक परिचालन, साना भौतिक पुर्वाधार, आयआर्जन तथा उद्यमशिलता, स्वास्थ्य तथा पोषण सुधार, सरसफाई, जलवायु परीवर्तन अनुकुलन तथा वातावरण संरक्षण, स्थानिय संस्कृति संरक्षण, सुशासन प्रबर्द्धन लगायत क्षेत्रमा वकालत तथा स्थानिय क्षमता विकासका लागि अग्रसर रही आएको छ । संस्थाको उद्देश्य बमोजिम यस संस्थाले बिभिन्न सरकारी तथा गैर सरकारी निकाय, विकास साझेदार संस्था, स्थानियतह लगायत सरोकारवाला निकायहरुको समन्वय र सहकार्यमा हाल प्यूठान, अर्घाखाँची तथा रोल्पा जिल्लामा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ग्लोबल फण्ड सहयोग अन्तर्गत सेभ द चिल्ड्रेनको साझेदारीमा प्यूठान तथा अर्घाखाँची जिल्लामा आप्रवासी तथा तिनका परीवार लाई लक्षित गरी यस संस्थाद्वारा सञ्चालित एच.आई.भी. रोकथाम कार्यक्रम तर्फ आवश्यक तपसिल बमोजिम पद खुल्ला प्रतिस्पर्धाद्वारा तत्काल पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वान गरिएकोछ ।
बिज्ञापन नं. १२/०७९/८०
पद : अनुगमन तथा मूल्यांकन अधिकृत आवश्यक पद संख्या : १ (एक)
सेवाको किसिम : करार ।
आवश्यक न्यूनतम योग्यता :
- मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरी कम्प्यूटर संचालन सम्बन्धी राम्रो ज्ञान भएको ।
- Data entryतथा Data Analysis को क्षेत्रमा ज्ञान भएको ।
- कार्यक्रम अनुगमन तथा मूल्यांकन सम्बन्धी विषयमा ज्ञान भएको र सम्बन्धित कार्यमा कम्तिमा १ वर्ष कार्य अनुभव भएको ।
- संस्थाको आन्तरीक तथा सरोकारवाला अन्य निकायहरुसंग समन्वय गर्न सक्ने ।
- नेपाली तथा अंग्रेजी दुबै भाषामा सञ्चार शीप भएको ।
- जनस्वास्थ्य विषयमा स्नातक (BPH) अध्ययन गरेको तथा एच.आई.भी. को क्षेत्रमा काम गरेको उम्मेदवारलाई प्राथमिकता दिईनेछ ।
बिज्ञापन नं. १३/०७९/८०
पद : लेखा तथा प्रशासन अधिकृत आवश्यक पद संख्या : १ (एक)
सेवाको किसिम : करार ।
आवश्यक न्यूनतम योग्यता :
- मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषय (व्यवस्थापन, वाणिज्य प्रशासन तथा व्यवसाय शिक्षा वा सो सरह) मा स्नातक तह उत्तीर्ण गरि कम्प्यूटर संचालन सम्वन्धि राम्रो ज्ञान भएको ।
- गैर सरकारी वा विकास साभफ्दोर संस्थाको आर्थिक प्रतिवेदन, वजेट तर्जुमा तथा प्रक्षेपण, भण्डारण तथा जिन्सी सामग्री व्यवस्थापन, आर्थिक अनुगमन, लेखा परिक्षण एवम लेखा प्रणालीमा कम्तीमा १ वर्ष कार्य अनुभव भएको ।
- एकाउन्ट सपफ््टवेयर सम्बन्धि ज्ञान भएको ।
- नेपाली तथा अंग्रेजी दुबै भाषामा सञ्चार शीप भएको ।
बिज्ञापन नं. १४/०७९/८०
पद : In-reach Worker आवश्यक पद संख्या : जम्मा ५ (पाँच) जना
प्यूठान: २ जना (मल्लरानी गाउँपालिका र भिफ्मरुक गाउँपालिका)
अर्घाखाँची ३ जना (भुमिकास्थान नगरपालिका, पाणीनी गाउँपालिका र मालारानी गाउँपालिका)
सेवाको किसिम : करार ।
आवश्यक न्यूनतम योग्यता :
- मान्यताप्राप्त शिक्षण संस्थाबाट १०+२ वा सो सरह उत्तीर्ण गरेको ।
- ल्याव असिस्टेन्ट, सि.एम.ए. वा अ.न.मि. कोर्स उत्तीर्ण गरेको उम्मेदवारलाई प्राथमिकता प्रदान गरीनेछ ।
- स्थानिय तहमा सरोकारवाला निकायहरुसंग समन्वय गर्न सक्ने ।
- सम्बन्धीत जिल्ला भित्र बिभिन्न क्षेत्रहरुमा भ्रमण गर्न सक्ने ।
- कम्प्यूटर अपिफ्स प्याकेज (MS Word, Excel) लगायत ईमेल तथा ईन्टरनेट सम्बन्धी सामान्य ज्ञान भएको ।
- नेपाली भाषामा राम्रो सञ्चार शीप भएको ।
- सम्बन्धीत क्षेत्रमा अनुभवी तथा मोटर साइकल चलाउन सक्ने उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ ।
बिज्ञापन नं. १५/०७९/८०
पद : ल्याव असिस्टेन्ट (कोभिड) आवश्यक पद संख्या : १ (एक) अर्घाखाँची
सेवाको किसिम : करार ।
आवश्यक न्यूनतम योग्यता :
- मान्यताप्राप्त शैक्षिक संस्थाबाट ल्याव असिस्टेन्ट कोर्स उत्तीर्ण गरी सम्बन्धीत परिषदमा दर्ता भएको ।
- स्थानिय सरोकारवालाहरुसंग समन्वय गर्न सक्ने ।
- सम्बन्धीत जिल्ला भित्र बिभिन्न क्षेत्रहरुमा भ्रमण गर्न सक्ने ।
- कम्प्यूटर अफिस प्याकेज MS Word, Excel लगायत ईमेल तथा इन्टरनेट सम्बन्धी सामान्य ज्ञान भएको ।
- नेपाली भाषामा राम्रो सञ्चार शीप भएको ।
- सम्बन्धीत क्षेत्रमा अनुभवी तथा मोटर साइकल चलाउन सक्ने उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ ।
- Ø दरखास्त बुभफउने अन्तिम मिति : मिति २०७९ माघ २५ गते कार्यालय समय भित्र ।
- Ø दरखास्तसाथ पेस गर्नुपर्ने कागजातहरु : उम्मेदवारको व्यत्तिफ्गत विवरण ९ऋख्०, नागरीकता, शैक्षिक योग्यता, तालिम एवं अनुभवको प्रमाणपत्रका प्रतिलिपिहरु तथा हालसालै खिंचेको पासपोर्ट साइजको पफेटो ३ प्रति ।
- Ø दरखास्त बुभफउने स्थान : मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको कार्यालय, मल्लरानी गा.पा.–४ खलंगा, प्यूठान वा स्थाको ईमेल ठेगाना mrdcc.vacancy@gmail.com मा पनि दरखास्त पेस गर्न सकिनेछ ।
- Ø सम्पर्क मिति : दरखास्त बुभफउने अन्तिम मितिको भोलीपल्ट कार्यालय समयमा ।
- Ø परीक्षा हुने मिति : सम्पर्क मितिमा तोकिनेछ ।
- Ø छनौट परीक्षाको किसिम : संक्षिप्त सुची (Shortlist) एवं लिखित, मौखिक र प्रयोगात्मक परीक्षाहरु मध्ये पदपूर्ति समितिको निर्णय बमोजिम सबै वा केहि ।
- Ø तलब तथा अन्य सुविधा : संस्था तथा कार्यत्रफ्मको नियम अनुसार हुनेछ ।
- Ø महिला, दलित, आदिवासी जनजाती एवं स्थानिय उम्मेदवारहरुलाई प्राथमिकता दिइनेछ ।
- Ø म्याद नाघी प्राप्त भएका वा रीत नपुगेका दरखास्तहरुलाई छनौट प्रकृयामा संलग्न गराइने छैन ।
बिज्ञापन सम्बन्धी बिस्तृत जानकारीका लागि संस्थाको पफेन नं. ०८६–४२०३१८ वा ४२००१९ मा सम्पर्क गर्न सकिनेछ ।
Job Overview
Category | |
Posted Date | 31 Jan, 2023 |
Apply Before | 08 Feb, 2023 |
City |