टेण्डर बोलपत्र आह्वान गरिएको सूचना
Details / requirements:
टेण्डर बोलपत्र आह्वान गरिएको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/२/२४)
राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा केयर नेपालसँगको साझेदारीमा संचालन भईरहेको Nurture every Future-Poshan Project पोषण परियोजना अन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी न.पा., अग्निसाइर कृष्णासवरण गाउँपालिका, रुपनी गाउँपालिका, बलान बिहुल गाउँपालिका तथा सिरहा जिल्लाको भगवानपुर गाउँपालिका, सखुवानन्कारकट्टी गाउँपालिका, धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, बरियारपट्टी गाउँपालिका र नरहा गाउँपालिकामा स्वास्थ्य चौकीहरूमा हात धुने स्टेशन, शुद्ध खानेपानी व्यवस्थापनको लागि र किसान समूहहरूका लागि सिँचाई वोरिङ जडान गरी समरसियवल वा मोनोव्लक मोटर जडान, धारा जडान, पानी सप्लाईका लागी पाईप फिटिंग तथा यससँग सम्बन्धित थप व्यवस्थापनका कार्यहरू गर्नु पर्ने भएकोले मूल्य अभिवृद्धि करमा दर्ता भएका इच्छुक आपूर्तिकर्ताहरूबाट यो सूचना प्रकाशन भएको मितिले ७ औ दिन (२०८३– जेष्ठ ३० गते वेलुका ५:०० बजे भित्र तपसिलको शर्त बमोजिम आपूर्तिकर्ताहरूको लेटर प्याडमा दरभाउ तथा शर्तनामाहरु खुलाई कार्यालयमा उपस्थित भई वा ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com मार्फत टेण्डर वोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । ईमेल मार्फत कोटेशन पेश गर्दा फा्ईल प्रोटेक्ट गरेर पठाउनु पर्ने छ । कोटेशन खोल्ने समयमा पास वर्ड उपलब्ध गराउनु पर्ने छ ।
तपसिल
कृपया तल दिइएको लिंक खोलेर टेण्डरको बोलपत्रको लागि फाराम प्राप्त गर्नुहोला ।
३. बोलपत्रका साथ पेश गर्नु पर्ने आवश्यक कागजातहरू:
क. फर्म दर्ता प्रमाण–पत्रको प्रतिलिपि १ थान,
ख. फर्म भ्याटमा दर्ता भएको प्रमाण–पत्रको प्रतिलिपि १थान,
ग. आर्थिक वर्ष २०८१–०८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि १ थान
घ. व्यावसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी १ थान,
ङ. बैक खातानं., सम्पर्कनं., इमेल ठेगाना संलग्न गरी पेश गर्नु पर्नेछ ।
च. सम्बन्धित कामको अनुभव भए सो को प्रतिलिपि
छ. शिलबन्दी बोलपत्रको खाम बाहिर बोलपत्रदाताको नाम, ठेगाना, सम्पर्क नम्बर तथा फर्मको छाप अनिवार्य हुनुपर्नेछ । बोलपत्र फारम खामबन्दगरी लाहा छापले शिलबन्द गरिएको हुनु पर्नेछ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्य हुने छैन ।
ज. टेन्डर दर्ता शुल्क रु १,०००। (अक्षरेपि एक हजार रुपैयाँ मात्र) (फिर्ता नहुने गरी) र धरौटी रकम बोलपत्रको आधारमा २ प्रतिशत रकम संस्थाको तपसिलको खातामा जम्मा गरेको बैक भौचर सहित पेश गर्नुपर्नेछ । (कार्यसम्पन्न भएपछि फिर्ता हुने गरी)
बैकको नाम: कृषि बिकास बैक, बानेश्वर शाखा
खाताको नाम: National Farmers Group Federation Nepal
खाता नम्बर: 0210201600857019
४. बोलपत्र फाराममा उल्लेखित प्रत्येक सामग्रीको दररेट माथि उल्लेखित पालिकाह्रुको तोकिएको कृषक समूहहरू र स्वास्थ्य संस्थाह्रुको तोकिएको स्थान सम्म ढुवानी गरि जडान समेत गर्नु पर्ने भएकोले सो समेतको दर भाउ खुलाई अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक र अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
५. म्यादनाघी वा रितनपूगीआएका बोलपत्र उपर कुनै कारबाही हुने छैन । थप जानकारी आवश्यक परेमा तल उल्लेखित फोन नम्बरमा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।
६. तोकिएको मिति भित्र प्राप्त भएका शिलबन्दी टेन्डर खोल्ने मिति २०८३ साल जेष्ठ ३१ गते आइतबार दिउँसो १:०० बजे आपूर्तीकर्ताहरूको उपस्थितिमा खोलिनेछ । अनलाईन माध्यमबाट टेण्डर खोल्ने प्रकृयामा सहभागि हुन चाहने आपूर्तीकर्ताहरूले पूर्व जानकारी गराउनु पर्ने छ । टेन्डर खोल्ने समयमा प्रतिनिधिहरूको उपस्थिति नभए पनि तोकिएको मिति र समयमा टेण्डर खोल्न कुनै बाधा पर्ने छैन । छनौटमा परेको आपुर्तिकर्ताले २०८३ साल असारको १३ गते भित्रमा काम सम्पन्न गरिसक्नुपर्नेछ ।
७. अन्य शर्तनामाहरू राष्ट्रिय कृषक समूह महासंघ नेपालको सामग्री खरिद नीति नियमावली र नेपाल सरकारको प्रचलीत कानून बमोजिम हुनेछ । सर्वाधिकार राष्ट्रिय कृषक समूह महासंघ नेपालमा नीहित रहेको छ ।
- यौन शोषण, दुर्ब्यवहार, यौन उत्पीडन, अधिकारको दुरुपयोग र भेदभाव रहित राष्ट्रिय कृषक समूह महासंघ, नेपाल शून्य सहनशीलताप्रति प्रतिवद्ध छ ।
बोलपत्र प्राप्त गर्ने, पेश गर्ने र खोलिने ठेगानाः
राष्ट्रिय कृषक समूह महासंघ, नेपाल (NFGF, Nepal)
मधेश प्रदेश कार्यालय
लहान न.पा. वडा नं.– १, सिरहा – (लहान NCELL center छेउमा रहेको तरकारी बजार भन्दा ५० मिटरभित्र)
फोन नं. ०३३–५६४०७३
ईमेल ठेगाना nfgfmadeshpradesh2075@gmail.com
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 07 Jun, 2026 |
| Apply Before | 11 Jun, 2026 |
| City | Saptari |