टेन्डर आह्वानको सूचना

Panchtara Yuwa Samrakshak Manch (PTYSM) Jajarkot

Details / requirements:

प्रथम पटक प्रकाशित मिति: २०८०/१०/०७

विषय: टेन्डर आह्वानको सूचना ।

उपरोक्त सम्बन्धमा Save The Children, पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट र पहाडी क्षेत्र विकास अभियान (HRDC) द्धारा सञ्चालित ECHO परियोजनाकोलागि तपसिल बमोजिमको सामाग्रीहरू विभिन्न समयमा विभिन्न परिमाणमा आवश्यक परेकोले नेपाल सरकारबाट बस्तु तथा सेवासँग सम्बन्धित कार्यको इजाजत प्राप्त निम्न लिखित शर्तको अधिनमा रहि कार्य गर्नका लागि इच्छुक आपुर्तीकर्ताबाट टेन्डर आह्वान गरिएको छ ।

टेन्डर प्रकाशन भएको मितिले ७ औँ  दिन अर्थात मिति २०८०/१०/१ गते ५ बजे सम्म यस संस्थाको कार्यालयमा वा आधिकारीक इमेलमा दर्ता गराई सक्नु पर्ने छ ।

टेन्डर पेश गर्ने इमेल: ptysmhrdc@gmail.com

सामग्री उपलव्ध गराउनु पर्ने स्थान: भेरी नगरपालीका- ३/४, खलंगा जाजरकोट 

Email बाट टेन्डर पेस गर्दा PDF बनाइ पासवर्ड राखी पेस गर्न सकिने छ ।

शर्तहरू

  • टेन्डर आफ्नो पसल तथा फर्मको लेटर प्याडमा निवेदन लेखी पेश गर्नु पर्नेछ ।
  • टेन्डर तोकिएको मिति र समय भित्र सम्बन्धित कार्यालयमा दर्ता गराई सक्नु पर्ने छ ।
  • शिलबन्दी दरभाउ पत्र पेस गर्ने वा निजको प्रतिनिधिको उपस्थिति वा अनुपस्थितिमा यस कार्यालयमा खोलिने छ ।
  • टेन्डर पत्र दाता आफुले कबोल गरेको दररेट तथा कुल रकम अंक र अक्षरमा प्रष्ट हुने गरी उल्लेख गर्नु पर्ने छ । अङ्क र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।
  • टेन्डर पत्र दाताले शिलबन्दी दरभाउ पत्रको खाम बाहिर फर्मको नाम, ठेगाना र शिलबन्दी दरभाउ दाताको नाम, ठेगाना र सम्पर्क नम्बर स्पष्ट लेख्नु पर्ने छ ।
  • टेन्डर पत्र पुर्ण वा आंशिक रुपमा स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस संस्थालाई हुने छ ।
  • टेन्डर पत्र सम्बन्धि अन्य थप जानकारी लिनु परेमा यस कार्यालयमा सम्पर्क राख्न सकिने छ ।
  • रित नपुगी आएका टेन्डर उपर कुनै किसिमका कारवाही हुने छैन ।
  • सामान उपलब्ध गराउने सकिने समय स्पष्ट रुपमा उल्लेख भएको हुनुपर्नेछ ।
  • टेन्डर फर्मको प्राप्त गर्नको लागि यस संस्थाको कार्यालय वा संस्थाको Web Site: https://ptysm.org.np/?p=1167  बाट प्राप्त गर्न सकिने छ ।
  • प्रस्ताबित मूल्यको २।५ प्रतिशत धरौटी यस संस्थाकाको ग्लोबल आइएमइ बैंक थलह शाखामा रहेको निम्नानुसारको खातामा जम्मा गर्नु पर्नेछ वा सोही मुल्य बराबरको बैक ग्यारेन्टि पेस गर्न सकिने छ । 
    • खाताको नाम: Paach Tara Yuba Samrakshak Manch
    • खाता नं.: 26401010000121
    • शाखा: Chhedagad Branch
  • वा,
    • Account Name: Hilly Region Dev. Campaign JKT Branch
  • Account Number: 0360100000473201 Citizen Bank International Ltd. Jajarkot.

दर रेटका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

    १. स्थाई लेखा नम्बर वा मु.अ. करमा दर्ता भएको हुनुपर्ने ।

    २. आ.व. २०७९/८० सम्मको आयकर चुक्ता भएको प्रमाण पत्र लिएको हुनुपर्ने ।

    ३. व्यवसाय सेवा दर्ता र नविकरणको प्रमाण पत्रहरु हुनुपर्ने ।

तपशिल

न्यानो कपडा तर्फ

wHU97oVmW3hKQAAAABJRU5ErkJggg==

शौचालय निर्माण तर्फ

GDzJbCHkAAAAAElFTkSuQmCC

थप जानकारीका लागि

पाचतारा युवा संरक्षक मञ्च तथा पहाडी क्षेत्र विकास अभियान

खलंगा जाजरकोट

कार्यालयको सम्पर्क नं. ९८५८०६९८०२, ९८४९९८७२०९, ०८९-४३००६८ / ४३००८९ मा फोन गरी जानकारी प्राप्त गर्न सकिन्छ।

खरिद समिति

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 21 Jan, 2024
Apply Before 27 Jan, 2024
City Jajarkot