Supplier Register
The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.
Details / requirements:
मानवसेवा आश्रम
(गैर–सरकारी संस्था)
आपूर्तिकर्ता सूचीकृत सूचना
सुचना नं.: MSA/0३/2082/83
सूचना प्रकाशन मिति: २०८३/०२/१४ गते (May 28, 2026, A.D.)
मानवसेवा आश्रम
मानवसेवा आश्रम एक गैर-नाफामूलक सामाजिक संस्था हो, जसको स्थापना २९ अगस्ट २०१२ मा मकवानपुरको हेटौंडामा गरिएको हो । यस संस्थाको मुख्य उद्देश्य नेपाललाई “सडक मानवमुक्त राष्ट्र” बनाउने रहेको छ ।
आश्रमले विशेषगरी सडक पेटी, सार्वजनिक स्थल तथा खुला आकाशमुनि अत्यन्त कष्टकर जीवन बिताउन बाध्य भएका असहाय, गरिब, अशक्त, घरबारविहीन, शारीरिक रूपमा कमजोर तथा मानसिक वा मनोवैज्ञानिक समस्या भएका व्यक्तिहरूको उद्धार, संरक्षण र सेवामा समर्पित रूपमा कार्य गर्दै आएको छ । मानवसेवा आश्रम द्रुत गतिमा विस्तार हुँदै गएको संस्था हो र हाल नेपालभर ३३ वटा शाखा सञ्चालनमा रहेका छन्।
निम्न अनुसारका सेवा–सुविधा प्रदान गर्ने कम्पनी, फर्म तथा संस्थाहरूको सूचीकृत हुनका लागि सूचना प्रकाशन गरिएको छः
१. House Keeping (सफाइ कर्मी)
२. Care Giver (स्याहारकर्ता)
३. Cook (भान्से)
इच्छुक फर्म/कम्पनीहरूले निम्न लिखित कागजातहरू पेश गर्नुपर्नेछ:
१. कम्पनी दर्ता प्रमाणपत्र
२. भ्याट/प्यान दर्ता प्रमाणपत्र
३. आव २०८१/८२ को लागि कर निकासा प्रमाणपत्र
४.
संक्षिप्त कम्पनी प्रोफाइल/प्रस्ताव जसमा समावेश हुनुपर्ने:
- पृष्ठभूमि (स्थापनादेखि हालसम्म)
- हाल सेवा प्रदान गर्दै आएका २ वटा
कम्पनी/फर्महरूको सम्पूर्ण जानकारी ।
नियम तथा शर्तहरू
आवेदन पेश गर्ने अन्तिम मिति यदि सरकारी बिदामा परेमा, त्यसको भोलिपल्टको कार्यदिनलाई अन्तिम मिति मानिनेछ। म्यादमा कुनै परिवर्तन हुनेछैन। मानवसेवा आश्रमले कुनै पनि कारण नखुलाई प्राप्त भएका कुनै पनि वा सबै प्रस्तावहरू पूर्ण वा आंशिक रूपमा स्वीकार वा अस्वीकार गर्ने पूर्ण अधिकार सुरक्षित राख्दछ। आपूर्तिकर्ताले आवश्यक कागजातहरूको हार्ड कपी मानवसेवा आश्रमको कुनै पनि शाखामा वा Supplier.registration@msa.org.np इमेल ठेगानामा सूचना प्रकाशन मिति: २०८३/०२/२१ गते (Jun 4, 2026, A.D.) भित्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
आवेदन पेश गर्ने विवरण
(आपूर्तिकर्ता दर्ताको प्रयोजनका लागि मात्र)
आपूर्ति तथा प्रकाशन अधिकृत
पेश गर्ने ठेगाना: मानवसेवा आश्रमको कुनै पनि शाखा
सम्पर्क नम्बरहरू:
९८५५०७६०८९, ९८५५०७६०३१, ९८५५०७६०३२
मानवसेवा आश्रमले योग्य तथा सक्षम सुरक्षा सेवा प्रदायकहरूलाई यस दर्ता प्रक्रियामा सहभागी हुन प्रोत्साहन गर्दछ।